सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

वेदकोटले वृक्षारोपण गरेर मनायो संविधान दिवस

महेन्द्रनगर ३ अशोज ।

कञ्चनपुरको वेदकोट नगरपालिकाले संविधान दिवस वृक्षारोपण गरेर मनाएको छ । नगरपालिकाले कार्यालय परिसर नजिकै रहेको पार्कमा वृक्षारोपण गरि दिवस मनाएको हो ।

नगर प्रमुख अशोक कुमार चन्दले लामो समयपछिको राजनीतिक संषर्घपछि नेपालले संविधान पाएको महत्वपुर्ण दिनको अवसरमा वृक्षारोपण कार्यक्रम गरिएको बताए । उनका अनुसार लामो समयपछि देश पाएको नेपालको संविधान आम देशवासि हक अधिकारको सुरक्षासँगै नयाँ राज्य व्यवस्थाको आधारशिलाका रुपमा रहेको बताए ।

World Link Ads
Mahakali Polytechnic

नगरपालकाले निर्माण गरेको पार्कमा विभिन्न प्रजातिका फुल र सौन्दर्यमुखी बोटहरु रोपिएको छ । नगरपालिकाले फोक्सटेल, बोटल पम्प, बबुल, स्वामी, मेरिना फर्म, सितारा, सिरियम,लगायतका विरुवा रोपेको हो ।

Dirghayu Ads

वृक्षारोपण कार्यक्रम जनप्रतिनिधि, राजनितिक दलका प्रतिनिधि, कर्मचारी पत्रकार लगायत स्थानीयको उपस्थिती रहेको थियो ।

 

Sana Kishan

 

 

 

 

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.