Thursday, October 22, 2020

जनकपुरधामको स्टेशनमा रेल हेर्नेको बालबालिकादेखि युवक र वृद्वसम्म

- Advertisement -

२ असोज, जनकपुरधाम । जनकपुरको रेल्वे स्टेशन बिस्तारै भरिँदैछ । बालबालिकादेखि युवक र वृद्वसम्मका व्यक्तिको जमघट छ । कोही बिहानैदेखि बसिरहेका छन् भने कोही दुई घण्टादेखि बसिरहेका छन् । अरु मान्छे आउने क्रम पनि रोकिएको छैन ।

यो कुनै भेला, आमसभा अथवा मेलाको दृश्य भने होइन । भारतबाट आउन लागेको रेल हेर्न नागरिकहरु जनकपुरधामको रेल्वे स्टेशनमा जम्मा भएका हुन् ।

कोही आफ्नो बालबालिकालाई समेत लिएर रेल हेर्न आइपुगका छन् । कोही आफ्ना वृद्ध आमाबुवालाई साथमा लिएर रेल देखाउन आएका छन् ।

शुक्रबार दिउँसोसम्म आइपुग्ने रेल हेर्नेहरुको भिडले महामारीको रुपमा फैलिरहेको कोरोना (कोभिड(१९)लाई भने बिर्साइदिएको छ ।

यही भिडमा रहेका जनकपुर उपमहानगरपालिका(१ निवासी संजय यादव बिहान ६ बजेदेखि नै रेल्वे स्टेशनमा बसिरहेका छन् । उनी भन्छन्, ‘रेललाई नहेरिकन खाना खान्नँ ।’

‘पहिला भारततिर रेल हेरेका थियौं, एकताका यहीका रेल पनि चढेका थियौं,’ झण्डै ५५ वर्षका संजयले सम्झिँदै भने, ‘अब आउन लागेको रेल कस्तो छ भन्ने हेर्ने ठूलो धोको छ ।’

पहिला ३५ रुपैयाँ तिरेर जनकपुरबाट जयनगरसम्म गएको स्मरण गर्दै उनले रेल सेवा बन्द भएपछि त्यहाँसम्म पुग्न ३ सय रुपैयाँसम्म खर्च गर्नुपरिरहेको बताए । यद्यपि अब त्यो झन्झट व्यहोर्न नपर्ने उनको विश्वास छ ।

जनकपुरकै युवा विजयकुमार मेस्तर पनि रेलको प्रतिक्षामा छन् । ‘धेरै उत्सुक छु रेल हेर्नका लागि,’ मेस्तरले भने, ‘आज रेल आउन लाग्दा असाध्यै खुशी छु ।’
स्टेशनमा भिड बढ्दै गएपछि नेपाल तथा सशस्त्र प्रहरीको टोली पनि तैनाथ गरिएको छ ।

रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार एउटा इन्जिन र चारवटा बोगीसहितको दुई सेट रेल आउन लागेका छन् ।

बिहारको हाजिपुर स्टेशनमा पछिल्लो एक महिना यता पार्किङमा राखिएको दुईवटा रेलको सेट जनकपुरधाम आउन लागेका हुन् ।

रेल नेपाल छिरिसक्यो  प्रजिअ

 

भारतमा निर्माण गरिएको नेपाली रेल नेपाली भूमिमा प्रवेश गरिसकेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए ।

उनले पहिलो पटक रेल आउन लागेकाले बाटो हेर्दै आउने बताए । रेल जयनगरबाट नेपाल प्रवेश गरिसकेको बताउँदै उनले रुटको बाटोको अवस्था मूल्यांकन गर्दै आउने भएकाले केही समय लाग्न सक्ने उनले बताए । यद्यपि केही घण्टामै रेल आइपुग्ने उनले बताए ।

रेल आएपछि नेपाली पक्षलाई हस्तान्तरण गरिनेछ । एउटा सानो समारोहको आयोजना गरेर रेल नेपालीलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।

उक्त कार्यक्रमको प्रमुख अतिथिमा प्रमुख जिल्ला अधिकारी भट्टराईलाई नै राखिएको छ भने रेल्वे विभागका महानिर्देशक बलराम मिश्र र निर्देशकहरुको सहभागिता रहनेछ । उनीहरु सबै जनकपुरधाम आइपुगेको भट्टराईले बताए । श्रवण देवले अनलाइन खबरमा लेखेका छन ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कञ्चनपुरमा चाडपर्व लक्षित निषेधाज्ञा शुरू

कञ्चनपुर जिल्लामा चाडपर्व लक्षित निषेधाज्ञा शुरू भएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बडादशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी कोरोना संक्रमणको जोखिम थप...

गण्डकी प्रदेशले मुख्यमन्त्री र मन्त्रीहरुको चाडपर्व भत्ता कोरोना कोषमा जम्मा गर्ने

गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री र मन्त्रीहरुको चाडपर्व भत्ता कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको छ। प्रदेश मन्त्रिपरिषद्को बुधबार बिहान बसेको बैठकले...

नेपाल टेलिकमको दशैं तिहार अफर सार्वजनिक

काठमाडौं । नेपाल टेलिकमले मोबाइल सेवामा समर अफरअन्तर्गत अहिले उपलब्ध भइरहेको विभिन्न प्याकेजलाई थपरपरिमार्जन गरी अटम अफर उपलब्ध गराएको छ । यो योजना बिहीबारदेखि...

यस्ता छन् विप्लवले सार्वजनिक गरे सरकारविरुद्ध संघर्षका कार्यक्रम

५ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारविरुद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । सरकारले कोरोनाको परीक्षणमा पनि शुल्क लिने निर्णय...

स्थानीय तहमा बजेट कार्यान्वयन गर्ने कर्मचारीको अभाव

सरकारले विकास निर्माणका लागि बजेट स्थानीय तहमा पठाए पनि बजेट कार्यान्वयन गर्ने कर्मचारीको भने स्थानीय तहमा अभाव देखिएको छ । सरकारले चालू आर्थिक वर्षमा कुल...

कञ्चनपुरमा सशस्त्रका तीन बिओपी स्थापना

कञ्चनपुर ः सीमा क्षेत्रको सुरक्षार्थ सशस्त्र प्रहरीका आज कञ्चनपुरमा तीन वटा बोर्डर आउट पोष्ट (बिओपी) स्थापना कार्य सम्पन्न गरिएका छन्। पुर्नवास नगरपालिका ११ डोकेबजार,...

कञ्चनपुरमा आफ्नै छोरीलाई बलात्कारको प्रयास गरेको आरोपमा बुवा पक्राउ

भुपेन्द्र ओली दोधरा चाँदनी ४ असोज । कञ्चनपुरको माहाकाली नगरपालीकाकाका एक पुरुष आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । माहाकाली नगरपालिकाका ५१ बर्षीय पुरुषले...

सार्वजनिक यातायातले पूरै क्षमतामा यात्रु बोक्न पाउने, भाडा चैत ११ अघिको

काठमाडौं: सार्वजनिक यातायातले पनि आन्तरिक हवाईजहाजले जस्तै सिटभरी यात्रु बोक्न पाउने भएका छन्। असोज २६ गते बसेको मन्त्रिपरिषद्को बैठकले पूरै सिटमा यात्रु बोक्न पाउने...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया