Wednesday, November 25, 2020

काठमाडौंदेखि मन्थलीसम्म विद्युतीय मिनी बस गुड्यो

- Advertisement -

काठमाडौं । नेपालमा बिजुलीबाट लामो दूरीमा चल्ने मिनी बस सञ्चालनमा ल्याइएको छ ।

श्री भवलक्ष्मी इन्भेस्टमेन्ट कम्पनी प्रालिले पहिलोपटक लामो दूरी अर्थात् काठमाडौंबाट रामेछापको सदरमुकाम मन्थलीसम्म दैनिक रुपमा सञ्चालनमा ल्याएको सो मिनी बसको आज पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले शुभारम्भ गर्नुभएको हो । कोटेश्वरबाट आज दुईवटा मिनी बस मन्थलीतर्फ प्रस्थान गरेका छन् ।

सो अवसरमा उहाँले आयातित इन्धन डिजेल र पेट्रोललाई विस्थापित गरी स्वदेशी विद्युत्बाट सवारी साधन सञ्चालन गर्दा वातावरणीय स्वच्छता कायम हुनुको साथै राष्ट्रिय अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो । उहाँले विद्युत्लाई व्यावसायिक प्रयोजनमा उपयोग गर्न सकिए भोलिका दिनमा विद्युत् खपतको समस्या नरहने र आयातित इन्धनको निर्भरता कम गर्न सकिन्छ भन्नुभयो ।

विश्वका अधिकांश मुलुकहरुले विद्युतीय सवारी साधनलाई प्राथमिकता दिएको अवस्थामा विद्युतीय सवारी साधनलाई कर लगाउनु उपयुक्त होइन भन्नुहुँदै पूर्व प्रधानमन्त्री नेपालले यस्ता सवारीलाई प्रोत्साहन पुग्ने गरी नीतिगत व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभयो ।

बीस सिट क्षमता रहेका ती मिनी बस एनबी ग्रीनटेक इन्टरनेशनल प्रालिले चीनबाट भित्र्याएको हो । कम्पनीका प्रबन्ध निर्देशक नेमकृष्ण मानन्धरका अनुसार मिनी बसमा ८६ किलोवाट घण्टा लिथियम ब्याट्री, पिकपावर ११० किलोवाटको इलेक्ट्रिक मोटर, एयर कण्डिशनर, मोवाइल चार्जर, एयरब्यागका साथै आरामदायी फोल्डिङ सिट छन् । गाडीको अधिकतम् गति ११० किलोमिटर प्रतिघण्टा रहेको उहाँले जानकारी दिनुभयो ।

बस सञ्चालक कम्पनी भवलक्ष्मीका निर्देशक ऋतुप्रसाद चौलागाईंले यस्ता किसिमका बिजुली बसले वातावरण संरक्षणमा योगदान गर्नुको साथै आफ्नै देशमा उत्पादित बिजुलीको खपत भई आयातित इन्धनको समेत प्रतिस्थापन हुने बताउनुभयो ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कञ्चपुरमा फरवार्डका चार शाखाको औपचारिक रुपमा उद्घाटन

कञ्चनपुर । ग्रामिण क्षेत्रको विकास गर्न तथा त्यहाँ रहेका गरिब, कमजोर आर्थिक अवस्था भएका जनतालाई आर्थिक शशक्तिकरणमा जोड्ने हो भने माइक्रोफाइनान्स क्षेत्रलाई सरकारले प्राथमिकता...

कोरोना कहरले फेरियो कञ्चनपुरका व्यवसायीको व्यवसाय

महेन्द्रनगर । दुई दशकदेखि कञ्चनपुरको महेन्द्रनगरमा प्रतिष्ठित जोशी टेन्ट हाउसका सञ्चालक पुष्पराज जोशी अचेल भीमदत्तनगरपालिका–१० जिमुवामा कागतीखेती र पशुपालनमा खटिएका छन् । कोरोना कहरमा...

घट्यो सुनको मूल्य

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बुधबार सुनको मूल्य तोलामा ९५ हजार १ सयमा कारोबार भएकोमा आज तोलामा ७ सयले...

किसानहरुले उत्पादन गरेको तरकारीले बजार पाउन थाल्यो !

बैतडी : पछिल्लो समय बैतडीमा किसानहरुले गरेको तरकारी उत्पादनले बजार पाउन थालेको छ । लामो समयदेखिको कोरोना महामारीका कारण बाहिरबाट तरकारीको आयात बन्द हुदा जिल्लामा...

९५ रुपैयाँमै टेलिकमको भ्वाइससहित ८ जीबी डेटा प्याक, फेसबुक र युट्युवमा...

नेपाल टेलिकमले तिहार, नेपाल संवतको नयाँ वर्ष तथा छठ पर्वको अवसरमा विभिन्न छुट र अफर सहितको नयाँ प्याकेज ल्याएको छ । कम्पनीले फेस्टिभल अफरका...

भारतबाट आलु आयत नभएपछि नेपालको आलुले राम्रो मूल्य पायो

विश्वभर फैलिएको कोरोना भाइरसका कारण भारतबाट आउने आलु बन्द हुँदा यो वर्ष सल्यानमा उत्पादित आलुले राम्रो मूल्य पाएको छ । विगतका वर्षहरूमा १५ देखि २५...

आज बुधवार सोच्नै नसकिने गरि बढ्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार...

आज बुधवार सुनको मूल्य बढेको छ । मंगलवार ३ हजार रुपैयाँले घटेको सुनको मूल्य बुधवार फेरि बढेको छ । बुधवार सुन तोलामा १०० रुपैयाँले बढेर ९४...

कञ्चन झलारी बचत तथा ऋण सहकारीद्वारा ६७ करोड बढीको कारोबार

शुक्लाफाँटा नगरपालिका वडा नं. १० मा केन्द्रीय कार्यालय रहेको कञ्चन झलारी बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७६÷०७७ मा कुल ६७ करोड ८०...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया