Wednesday, October 28, 2020

विदेशभन्दा गाउँमै बढी आम्दानी

- Advertisement -

 

धादिङ- मेहनत गरे स्वदेशमै गतिलो अर्थोपार्जन सम्भव छ भन्ने उदाहरण यहाँका युवाले दिएका छन् । मध्यधादिङस्थित साङ्कोषका लेकबहादुर आलेले व्यावसायिक रुपमा कुखुरा पालन व्यवसाय गरेर स्वदेश बसेरै रु पाँच लाख आर्जन गरेका छन् । बन्दाबन्दीको समयमा पनि बोइलर कुखुरा पालेर आम्दानी लिँदै आउनुभएका लेकबहादुर विदेश जान नपाएपछि परिवारसँगै पौरख गर्न थाल्नु भएको हो ।

“पहिला पनि विदेश बसेर काम गरेको अनुभव थियो । यस वर्ष पनि विदेश जानका लागि पासपोर्ट भिसा तयारी गरेका थिए । जब विदेश जाने समय आयो मुलुकमा जारी बन्दाबन्दीका कारण जान पाइएन”, उहाँले भन्नुभयो, “कतारमा सेक्युरिटी गार्डको जागिर मिलेको थियो । विदेशमा सेक्युुरिटी गार्डको काम गरेर आम्दानी गर्ने योजना हुँदाहुँदै पनि कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण जारी बन्दाबन्दीले त्यसतर्फ जान पाइएन् ।” विदेश जान नपाएपछि आफ्नै जग्गामा व्यवसायिक रुपमा कुखुरापालन व्यवसाय गर्नुभएका लेकबहादुर बन्दाबन्दीको अबधिमा रु पाँच लाखभन्दा बढी आम्दानी लिन सफल हुनुभएको छ ।

थोरै लगानी र छिटै आम्दानी लिन सकिने कुखुरापालन व्यवसाय रोजेर काम गर्दा फाइदा पुग्ने थाहा पाएर आफूले यो व्यवसाय रोजेको उहाँको भनाइ छ । छ सय बोइलर कुखुरा पालेर रु पाँच लाखभन्दा बढी आम्दानी लिन सफल हुनुभएका लेकबहादुरले आफूलाई यही पेसाले काम र आम्दानी दुवै दिएको बताउनुभयो । विदेशमा भन्दा आफ्नै गाउँठाउँमा परिवारसँग बसेर बढी आम्दानी हुने भएपछि लेकबहादुरले अब विदेश जाने सोचाइ छाडेर यही व्यवसायमा रमाउने बताउनुभयो । विदेशमा गरिने कमाइभन्दा घरमै बसेर गरिएको मेहनतको आम्दानीले आफूलाई सन्तुष्टी दिएको उहाँको भनाइ छ ।

लेकबहादुर एउटा प्रतिनिधि पात्र मात्र हुन् । कोरोना महामारी ९कोभिड–१९० ले सिर्जना गरेको बरोजगारीले धादिङलगायत मुलुकका अन्य क्षेत्रका युवाका लागि स्वदेशमा नै व्यवसाय गर्ने अवसर प्राप्त भएको छ । यस्ता उद्यमीलाई राज्यले प्रोत्साहन गरेर बढ्दो बेरोजगार समस्याको समाधान गर्नुपर्ने देखिन्छ । हजारौं लेकबहाखुरले नेपालमा यस्तै प्रकृतिको भरपर्दो व्यवसाय गरे कुनै पनि नेपालीलाई विदेश जानु पर्दैन, स्वदेशमै बसेर मनग्य आम्दानी लिन सकिन्छ ।upaharkhabar बाट

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

गोप्य राख्नुहोस् संधै यी ७ कुराहरुः तपाईको जीवन सफल हुनेछ !

कतिपय कुराहरु हामिले आफ्नो सोचेर अरुलाई आफ्नो कुराहरु खोल्छौ । धेरै जसो कुराहरु अरुलाई खोल्दा पनि त्यसले हानि गर्न सक्छ । त्यसैले हामीले जीवनमा...

फेसबुकमा च्यालेन्ज गर्नेलाई च्यालेन्ज !

 मिलन तिमिल्सिना अरु देश कोरोनाविरुद्धको खोप बनाउने च्यालेन्ज गर्दैछन् । जन्मेदेखि नै बहादुर उपमा पाएका हामी नेपालीलाई किन चाहियो खोप ? गुर्जो, हर्रो, बर्रो,...

जानि राख्नुस् यस्ता महत्वपुर्ण प्रेरणादायी भनाइ

खप्तड बाबाले भनेका छन्, ‘सफलताको लागि तीन कुराको आवश्यक हुन्छ– लगाव, निरन्तर प्रयास र ढृढ संकल्प ।’ सफलता(असफलताका विषयमा मात्र होइन, जीवनका अरु आयमिक...

आयुर्वेद भनेको के हो र यसको महत्व देवराज पुरुष

आयुर्वेदको अनुसार सबै यो संसारमा पाइने सबै प्रकारका वनस्पति, बोक्रा, पात, जराहरूमा औषधीय गुण हुन्छ । यसै अनुसार आयुर्वेदले शरीरलाई पूरै रूपमा उपचार गर्छ...

कोरोनाले संसार हिलाइ दियो : दिपकराज बडु

कोरोनाले सबकि दुख सन्सार हिलाइ दियो। सोचेको सपना सबै मट्टि मिलाइदियो।। किस्तामा गाडि छ दाइकि इन्जन खियालाग्यो। कसेर तिर्नु हो कर्जा चोट त हिया लाग्यो।। भाइले ठुलो होटल...

गर्भावस्थाको जोखिम: ख्याल राख्नुपर्ने केही कुरा

डा.बालकृष्ण साह कोरोना भाइरस अनियन्त्रित फैलिएसँगै गर्भवती एवं सुत्केरीहरु बढी जोखिममा परेका छन् । गर्भावस्थामा नियमित अस्पताल धाउनुपर्ने, स्वास्थ्य जाँच गर्नुपर्ने हुन्छ । त्यसैगरी प्रसुती...

पिताजी…….

पिताजी स्रष्टा हुन् अनुभव नयाँ जीवन दिने प्रभा ज्योत्स्ना छर्ने हर दिन पिता साथ रहने । पिता नै हुन् ब्रह्मा जनक शिव वा राम पनि हुन् पिता...

नेपालकै कान्छी उपाध्यक्ष भन्छिन,( कमाउने मान्छे राजनीतिमा नआउ

काठमाडौं । नेपालकै सबैभन्दा कान्छी उमेरकी गाउँपालिका उपाध्यक्ष हुन सिन्धुपाल्चोक,जुगल गाउंँपालिकाका उपाध्यक्ष सिर्जना तामाङ् । सानैदेखि बहुप्रतिभाशाली उनी पढाइमा समेत उत्तिकै अब्बल थिइन् ।...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया