Saturday, October 31, 2020

क्रिकेट खेलाडी भण्डारीको शल्यक्रिया

- Advertisement -

 

सडक दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका क्रिकेटका राष्ट्रिय खेलाडी ललितसिंह भण्डारीको हात र खुट्टाको शल्यक्रिया गरिएको छ । काठमाडौंको ग्राण्डी अस्पतालमा डा चक्रराज पाण्डेको टोलीले शल्यक्रिया गरेको हो । हाल उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । शल्यक्रियापछि पनि उनलाई केही समय अस्पतामै राखेर उपचार गर्नुपर्ने अवस्था रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । भण्डारी खेलमा फर्किन भने लामो समय लाग्नेछ ।

उनी गत आइतबार राति कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परि घाइते भएका थिए । उनको कोहलपुर शिक्षण अस्पतालमा उपचार हुन नसकेपछि सोमबार काठमाडौंको ग्रान्डी अस्पताल ल्याइएको हो । दुर्घटनामा उनको दायाँ खुट्टा र दायाँ हात भाँचिएको थियो । धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको मिनिट्रकले भण्डारीले चलाएको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटना लगत्तै झलारीस्थित शुक्लाफाँटा क्लिनिकमा प्राथमिक उपचारपछि भण्डारीलाई थप उपचारका लागि धनगढी लगिएको थियो । उनलाई राति नै बाँकेको कोहलपुर मेडिकल कलेज पु(याइएको थियो ।

भण्डारी राष्ट्रिय क्रिकेट टोलीबाट खेलिसकेका बायाँ हाते तीव्र गतिका बलर हुन् । पछिल्लो समय उहाँ नेपाल पुलिस क्लवबाट घरेलु क्रिकेट खेल्दै आएका थिए । भण्डारी फ्रेन्चाइज लिगका पनि नियमित खेलाडी हुन् । उनले सन् २०१७ मा आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत संयुक्त अरव इमिरेटस् ९यूएई० विरुद्ध राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । भण्डारीले सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्ध एकदिवसीय खेल खेलेका थिए । त्यसअघि उनले नपालका लागि विभिन्न उमेर समूहका प्रतियोगिता खेलिसकेका छन् ।upaharkhabar बाट

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

आईपीएल : चेन्नई सुपर किंग्स विजयी, आज राजस्थान र पञ्जाबबीच खेल...

काठमाडौँ – गएराति भएको आईपीएल खेलमा चेन्नई सुपर किंग्स विजयी भएको छ । चेन्नईले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको हो । यो...

आईपीएल क्रिकेटमा सनराइजर्स हैदराबादासँग दिल्ली ८८ रनले पराजित, प्लेअफको तेस्रो स्थानमा

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्स तेस्रो स्थानमा झरेको छ । https://youtu.be/V4kttcNjwB8 राति भएको खेलमा सनराइजर्स हैदराबादासँग ८८ रनले पराजित भएपछि दिल्ली तेस्रो...

आईपीएल क्रिकेटमा पञ्जाबद्वारा दिल्ली क्यापिटल्स ५ विकेटले पराजित

इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा किङ्स इलाभेन पञ्जाबले शीर्ष स्थानमा रहेको दिल्ली क्यापिटल्सलाई ५ विकेटले हहराएको छ । दुुबईमा भएको खेलमा पञ्जाबले नेपाली लेग स्पिनर...

आईपीएलमा हैदराबादद्वारा पन्जाब ६९ रनले पराजित

काठमाण्डौ ( इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले किङ्स इलाभेन पन्जाबलाई हराएको छ । बिहिबार राति भएको खेलमा हैदराबादले पन्जाबलाई ६९ रनले पराजित गरेको...

अस्पतालबाट डिस्चार्ज भए क्रिकेटर ललित सिंह भण्डारी

नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी ललित सिंह भण्डारी अस्पतालबाट डिस्चार्ज भएका छन् । सडक दुर्घटनामा परि घाइते भएका क्रिकेटर भण्डारी मंगलबार डिस्चार्ज भएका हुन्...

दिल्ली क्यापिटल्सले बैंगलोरलाई ५९ रनले हरायो

२० असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५९ रनले हराएको छ । विशाल अन्तरको...

आईपीएल : चेन्नई सुपर किंग्सको सानदार जीत

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएराति भएको खेलमा किंग्स इलाभेन पन्जाबलाई हराउँदै चेन्नाई सुपर किंग्सले १० विकेटको शानदार जित हात पारेको...

आइपीएल : रोहित शर्माको किर्तिमानी सँगै मुम्बई इन्डियन्स विजयी, किंग्स इलेवन...

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) को १३ औँ खेलमा मुम्बई इन्डियन्सले किंग्स इलेवन पञ्जाबलाई ४८ रनले पराजित गरेको छ । टस हारेर पहिले...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया