सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिमका ९ हजारलाई तत्काल रोजगारी दिन १५ करोड विनियोजन

वीरेन्द्र भट्ट
धनगढी । कोरोना महामारीका कारण रोजगारी गुमाएकाहरूलाई तत्काल रोजगारी सृजना हुने कार्यक्रम सञ्चालनका लागि सुदूरपश्चिम प्रदेश सरकारले रू. १५ करोड बजेट विनियोजन गरेको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले उक्त संख्याका बेरोजगारलाई तत्कालै रोजगारी उपलब्ध गराउन बजेटसहितको कार्यक्रम अघि बढाउन लागेको हो ।

मन्त्रालयले चालू आर्थिक वर्षमा कोरोना प्रभावित तथा विदेशबाट फर्केका र बेरोजगार युवालाई लक्षित गरी स्वरोजगारमूलक विभिन्न कार्यक्रम ल्याएको सूचना अधिकारी गोकुल बोहराले जानकारी दिए । विशेषगरी कृषि, पशुपालन लगायतबाट रोजगारी सृजना हुनेगरी कार्यक्रम बनाइएको मन्त्रालयले बताएको छ ।

Sana Kishan

विदेशबाट फर्किएका तथा स्वदेशभित्रै कोभिड–१९ का कारण रोजगारी गुमाउन पुगेका युवालाई लक्षित गरी कृषितर्फका कार्यक्रममा रोजगारी दिन आवेदन संकलनको काम शुरू भइसकेको बोहराले जानकारी दिए । ‘अहिले प्रदेशका नौओटै जिल्लाबाट आवेदन संकलनको काम भइरहेको छ,’ उनले भने, ‘कृषि ज्ञान केन्द्र र विज्ञ केन्द्रहरूबाट सञ्चालन हुनेगरी उक्त कार्यक्रम कार्यान्वयनमा ल्याउने तयारी भइरहेको छ ।’ संकलन भएका आवेदन छनोट गरी अनुदान वितरण गरिने उनको भनाइ छ ।

World Link Ads
Mahakali Polytechnic

कृषि कार्यक्रम अन्तर्गत बढीभन्दा बढि रोजगारी सृजना गर्न सक्ने निवेदकलाई प्राथमिकताका साथ छनोट गरी अनुदान उपलब्ध गराइने मन्त्रालयको भनाइ छ । ५० हजारदेखि १ लाख रुपैयाँसम्म अनुदान उपलब्ध गराउने गरी कार्यक्रमको ढाँचा तयार पारिएको मन्त्रालयले बताएको छ ।

Dirghayu Ads

कर्मशील एवं मेहनती युवा उद्यमीलाई कृषि कार्यक्रमका अन्य योजनामा पनि समावेश गरिनेछ । तत्काल रोजगारी सृजनाका लागि मन्त्रालयले अहिले तरकारीखेती, च्याउखेती, मौरीपालन, भेडा वाख्रापालन, बंगुरपालन, फलफूलखेती, गाईभैंसीपालन, माछापालन, स्थानीय कुखुरा, हास लगायत मासु प्रयोजनका पन्छी पालन, नर्सरी तथा पुष्प व्यवसाय र अन्य गरी १० ओटा क्षेत्रमा काम गर्न इन्छुक व्यक्तिलाई अनुदानमा समेटिने सूचनामा उल्लेख छ । मन्त्रालयले पशुपन्छी तथा कृषि एकीकृत कार्यक्रमका लागि थप रू. १६ करोड बजेट विनियोजन गरेको छ ।-आर्थिक अभियान

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.