Sunday, January 24, 2021

लक्ष्मीका आठ रुपलाई विशेष रुपमा पुजा तथा साधक हरुले साधना गर्ने

- Advertisement -

महालक्ष्मी अनुष्ठान,व्रत आश्विन कृष्णपक्षको सप्तमी तिथि अर्थात भद्र २४ गते बुधबारबाट समापन हुदैछ । विशेषगरी धन,सम्पत्ति तथा वैभवका लागि उक्त व्रत बस्ने विधान रहेको छ । यो लगातार १६ वर्षसम्म बस्नुपर्ने नियम रहिएको छ । व्रत बसेको १६ वर्ष भित्र समस्त मनोरथ पूर्णहुने पनि शास्त्रमा उल्लेख गरिएको छ । पितृ पक्षमा समापन हुने भएकाले पनि शक्तिशाली व्रतको रुपमा लिएको छ ।

विशेषगरी अष्टलक्ष्मीको पुजा तथा पाठ पारायण हुनेहुनाले यसलाई महालक्ष्मी व्रत भनेर भनिएको हो ।र यो पनि आफ्नो घरमा राख्नुहोस् यी पवित्र चीज, सदैव मिल्छ धनकी देवी लक्ष्मीको कृपा मानिसको जीवनमा सबैभन्दा ठूलो समस्या भनेकै गरीबी अर्थात निर्धनता नै हो ।शास्त्रमा उल्लेख गरिए अनुसार मान(सम्मान र प्रतिष्ठा प्राप्त गर्नु पनि लक्ष्मी कै रुप हो भनेर उल्लेख गरिएको छ ।

लक्ष्मीका आठ रुपलाई विशेष रुपमा पुजा तथा साधक हरुले साधना गर्ने गर्दछ जसलाई अष्ट लक्ष्मी भनेर शास्त्रमा व्याख्या गरिएको छ।पहिलो धन लक्ष्मी दोस्रो गज लक्ष्मी तेस्रो अधि लक्ष्मी चौथो सन्तान लक्ष्मी पाँचौ धान्य लक्ष्मी छैटौं ऐश्वर्य लक्ष्मी सातौ विजय लक्ष्मी र अन्यत्यमा आाठैं वीर लक्ष्मी भनेर व्याख्या गरिएको छ ।

हरेक मानिसले अष्ट लक्ष्मी मध्ये कुनै एक लक्ष्मीको साधना गरिरहेका हुन्छन र यहीँ अनुसार आफ्नो जीवन चलाई रहेका हुन्छन् ।लक्ष्मी लाई चन्चल स्वरुप भनेर भनिएको छ । जुन जोकोही संगपनि एकै स्थानका अडिन नसक्नुका साथै एक स्थानबाट अर्काे स्थानमा तुरुन्तै जाने गरेको शास्त्रमा उल्लेख गरिएको छ ।

धनको राजा भनेर कुबेर लाई मानिएको छ र कुबेरको निवास भनेर उत्तर दिशा लाई भनिएको छ त्येसैले उत्तर दिशा संसारमा शक्तिशाली दिशा भनेर भनिएको छ। लक्ष्मीको अलक्ष्मी रुपपनि हुनेहुदा दिनहु झैझगडा हुने घरमा कहिल्यै लक्ष्मीको बास नहुने उल्लेख गरिएको छ ।

मानिस जन्मिएको समयमा धनको राजा भनेर भनिने कुबेर योग तेस्तै चन्द्रमा र मंगल तथा शुक्र चन्द्रमा मिलेर बनाउने महालक्ष्मी र लक्ष्मी योग बृहस्पति तथा चन्द्रमा मिलर बनाउने गजकेशरी योग लगाएत अन्य योगमा जन्मेका मानिस हरुले संसारको जुनसुकै कुनामा गएर बसेपनि लक्ष्मीको कृपा रहिरहन्छ यस्ता व्यक्तिलाई लक्ष्मीको स्वरुप भनेर पनि भन्ने गरिन्छ । जहाँ जोसंग जुन काममा लागि रहेका छन् त्येस स्थानमा धनको वर्षा गराउने गर्दछन ।

त्येस्ता मानिसहरू कसैले गुमाउन चाहदैनन् र लामो समयसम्म उनीहरूकै कामका लागि रहेका हुन्छन् । जसको कारणबाट दुबै जनालाई सदैब लक्ष्मीको कृपा भैरहने हुन्छ ।यदी यस्ता व्यक्ति उक्त कामबाट निस्कनु या निकालिनु परेमा चलिरहेको कार्य तथा व्यबहार बिग्रने वास्तुविद् हरुले जानकारी गराएका छन् ।प्राचीन समयमा समुन्द्र मन्थन गर्नु भन्दा अघि सम्पूर्ण देवी देवता निर्धन तथा एश्वर्य बिहिन भएका थिए ।

उक्त मन्थनको समयमा लक्ष्मी प्रकट भएपछि भगवान् इन्द्रले माता लक्ष्मीको स्तुति गरेपछि लक्ष्मी प्रशन्न भएर महालक्ष्मीले देवराज इन्द्रलाई वरदान दिएको प्रसङ्ग पनि उल्लेख गरिएको छ । जुन व्यक्तिले माता लक्ष्मीको नियमित रुपमा श्रीशुक्त पाठ तथा पुजा गर्दछन या आफू निवास गर्ने स्थानमा राख्दछन भने कहिल्यै लक्ष्मीले साथ नछाड्ने र सदैव धन सम्पत्तिले परिपुर्ण हुने उल्लेख गरिएको छ ।श्रीशुक्त माता लक्ष्मीको सबैभन्दा ठूलो र शक्तिशाली निवास गर्ने स्थान हो ।

(लेखक रिजाल ज्योतिष तथा वास्तुविद् हुन् । उनी दक्षिण एसियाली ज्योतिष महासंघ नेपालका महासचिव पनि हुन । उनको सम्पर्क नम्बर ९८५१०६११२४ र रहेको छ)

source : sanjal nepal

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

नेपाल बाल संगठन बालमन्दिरको नयाँ कार्यसमिति गठन – सभापतिमा बुढा...

महेन्द्रनगर । नेपाल बाल संगठन बालमन्दिरको नयाँ कार्य समिति गठन भएको छ । संगठनको सभापतिमा राम बहादुर बुढा चयन भएका छन् । महिला बालबालिका तथा सामाजिक...

अमेरिकाले विद्यार्थीका लागि १० हजार डलरको स्कलरसिपको घोषणा गर्यो नेपाली योग्य

❒ अमेरिकाको टेक्सासमा रहेको मायाज देसी बुटिकले हेम सरिता पाठक फाउण्डेशनसँगको सहकार्यमा १० हजार अमेरिकी डलरको स्कलरसिपको घोषणा ❒ अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीका रुपमा भर्ना भएको,...

सुदूरपश्चिमका ८७ स्थानीय तहमा वाणिज्य बैंकको पहुँच पुग्यो !

      सुदूरपश्चिम । बझाङको एक स्थानीय तह बाहेक सुदूरपश्चिम प्रदेशका बाँकी सबै ८७ स्थानीय तहमा वाणिज्य बैंकको पहुँच पुगेको छ । प्रदेशका सबै नौ जिल्लामा...

बेलौरीमा मोटरसाइकल दुर्घटना, दुई गम्भीर घाइते !

कञ्चनपुर- बेलौरीमा मोटरसाइकल दुर्घटना हुदा दुई जना गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय बेलौरीका अनुसार सोमबार राति करिब ९ः३० बजे तिर बेलौरी...

स्थानियको लाखौं रकम लिएर सहकारीकी अध्यक्ष फरार :रकम असुल उपर गराइदिन...

शुक्लाफाँटा नगरपालिका वडा नम्बर– १ की एकजना महिला ठूलो रकमसहित फरार भएकी छिन् । वडाको सानाकिसान कृषि सहकारी संस्था लिमिटेड पिपलाडीकी अध्यक्ष कलावती दमाई...

शरीरको इम्युनिटी पावर बढाउन यी खानेकुरा खानुहोस् !!

खानपानमा ध्यान नदिंदा इम्यूनिटी पावरमा कमी आउँछ ।अहिले केही रिपोर्ट्सहरूले इम्यूनिटी पावर कमजोर भएकाहरूलाई कोरोना भाइरस संक्रमणको खतरा बढी हुने जनाइरहेका छन् । ​ खानपानमा...

नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोनाभाइरस पुष्टि

काठमाडौँ – नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोनाभाइरस पुष्टि भएको छ । २८ वर्षीया महिला तथा ६७ र ३२ वर्षीय पुरुषमा नयाँ प्रजातिको कोरोनाभाइरस...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया