Sunday, January 24, 2021

६ महिनापछि खुल्यो चन्द्रागिरि केवलकार, प्याकेज लिँदा छुट

- Advertisement -

काठमाडौं । ६ महिनादेखि पूर्णरुपमा बन्द रहेको चन्द्रागिरि केवलकार सञ्चालनमा आएको छ । गत चैत ९ गतेदेखि बन्द रहेको केवलकार आज अर्थात् असोज १ गतेदेखि सञ्चालन गरिएको चन्द्रागिरि हिल्स प्रालिका महाप्रबन्धक अभिषेकविक्रम शाहले जानकारी दिए ।

‘लामो समयदेखिको बन्दाबन्दी र निषेधाज्ञाका कारण गत चैत ९ गतेदेखि बन्द रहेको केबलकार विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य मन्त्रालयले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी सबै मापदण्डको परिपालना गरेर आजदेखि सञ्चालनमा ल्याएका छौं,’ महाप्रबन्धक गिरिले क्लिकमाण्डूसँग भने, ‘केवलकारमा ५० प्रतिशतमात्रै यात्रु राखिने छ ।

क्बलष्mब द्यबलप एचष्यचष्तथ एबकक क्ष्लत्रगष्चथ
यसअघि ८ जनासम्म राखिने गरेको केवलकारको एउटा डब्बामा अब भने ४ जनामात्रै राखिने गिरिले जानकारी दिए ।

‘एउटै परिवारका सदस्य भए ८ जनालाई नै एउटा केवलकारको एउटै डब्बामा राखिने छ’ उनले भने, ‘एउटै परिवारको नभएको अवथामा ४ जनामात्रै राखिने छ ।’

यात्रुलाई सामाजिक दूरी कायम गराउन प्रवेशद्वारदेखि हरेक ठाउँमा गोलो घेरा लगाउने, मास्क, स्यानिटाइजर र पञ्जाको अनिवार्य व्यवस्था गरिएको छ ।

केवलकारसँगै चन्द्रागिरि रिसोर्ट पनि सञ्चालन गरिएको छ । केवलकार चड्न जानेहरुले प्याकेज लिएर छुटको उपयोग पनि गर्न सक्नेछन् । केवलकार, ब्रेक फास्ट, लञ्च र स्वीमिङ पुलको प्याकेज करसहित १२ हजार रुपैयाँमा उपलब्ध गराइएको गिरिले जानकारी दिए । सामान्य अवस्थामा उक्त प्याकेजको १५÷१६ हजार रुपैयाँ पर्थ्यो ।

सामान्य समयमा निकै घुईचो हुने चन्द्रागिरी केवलकार ६ महिना पछि खुलेको पहिलो दिन बिहीबार चाप निकै कम छ ।

‘पहिलेके जस्तो पर्यटकको चाप छैन,’ गिरीले भने, ‘तर फाट्टफुट्ट पर्यटकहरु आइरहनु भएको छ । क्लिकमान्डु बाट सभार 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

नेपाल बाल संगठन बालमन्दिरको नयाँ कार्यसमिति गठन – सभापतिमा बुढा...

महेन्द्रनगर । नेपाल बाल संगठन बालमन्दिरको नयाँ कार्य समिति गठन भएको छ । संगठनको सभापतिमा राम बहादुर बुढा चयन भएका छन् । महिला बालबालिका तथा सामाजिक...

अमेरिकाले विद्यार्थीका लागि १० हजार डलरको स्कलरसिपको घोषणा गर्यो नेपाली योग्य

❒ अमेरिकाको टेक्सासमा रहेको मायाज देसी बुटिकले हेम सरिता पाठक फाउण्डेशनसँगको सहकार्यमा १० हजार अमेरिकी डलरको स्कलरसिपको घोषणा ❒ अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीका रुपमा भर्ना भएको,...

सुदूरपश्चिमका ८७ स्थानीय तहमा वाणिज्य बैंकको पहुँच पुग्यो !

      सुदूरपश्चिम । बझाङको एक स्थानीय तह बाहेक सुदूरपश्चिम प्रदेशका बाँकी सबै ८७ स्थानीय तहमा वाणिज्य बैंकको पहुँच पुगेको छ । प्रदेशका सबै नौ जिल्लामा...

बेलौरीमा मोटरसाइकल दुर्घटना, दुई गम्भीर घाइते !

कञ्चनपुर- बेलौरीमा मोटरसाइकल दुर्घटना हुदा दुई जना गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय बेलौरीका अनुसार सोमबार राति करिब ९ः३० बजे तिर बेलौरी...

स्थानियको लाखौं रकम लिएर सहकारीकी अध्यक्ष फरार :रकम असुल उपर गराइदिन...

शुक्लाफाँटा नगरपालिका वडा नम्बर– १ की एकजना महिला ठूलो रकमसहित फरार भएकी छिन् । वडाको सानाकिसान कृषि सहकारी संस्था लिमिटेड पिपलाडीकी अध्यक्ष कलावती दमाई...

शरीरको इम्युनिटी पावर बढाउन यी खानेकुरा खानुहोस् !!

खानपानमा ध्यान नदिंदा इम्यूनिटी पावरमा कमी आउँछ ।अहिले केही रिपोर्ट्सहरूले इम्यूनिटी पावर कमजोर भएकाहरूलाई कोरोना भाइरस संक्रमणको खतरा बढी हुने जनाइरहेका छन् । ​ खानपानमा...

अटोरिक्सा चालक अन्योलमा, कोही स्वदेशमै भविष्यको खोजि गर्दै, कोही विदेश जाने...

भजनी। कैलालीको टीकापुर नगरपालिका–१ एकतानगर शिविरका बलबहादुर टमट्टा रोजगारीका लागि २०७१ सालमा मलेसिया पुग्नुभयो । त्यहाँ पुग्दा दलालको फन्दामा पर्नुभएका उहाँले शुरुमा महिनामा रु...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया