Saturday, September 26, 2020

सुदूरपश्चिम प्रदेशमा बुढी पोल्ने पर्व मनाइँदै

- Advertisement -

कञ्चनपुर, ०१ असोज । हरेक वर्ष असोज संक्रान्तिका दिन मनाइने बुढी पोल्ने पर्व सुदूरपश्चिम प्रदेशमा धुमधाम संग मनाईँदै छ । द्वापर युगमा राक्षसनी पुतनाले राजा कंशको आदेशमा भगवान श्रीकृष्णलाई दूधको रुपमा विष खुवाएर मार्न लागेको

बेला भगवान श्रीकृष्णले थाहा पाएर उल्टै राक्षसनी पुतनाको स्तन चुसी मारेको खुशीयालीमा सुदूरपश्चिम प्रदेशमा हरेक वर्ष असोज संक्रान्तिका दिन बुढी पोल्ने पर्व मनाउने प्रचलन रहेको कञ्चनपुरको बेलौरी निवासी प्राध्यापक एवं ज्योतिष पण्डित यज्ञराज पन्तले बताउनु भयो ।

यस पर्वमा गाईवस्तुको हेरचाह गर्ने गोठालाहरुले भाद्र संक्रान्ति अर्थात् ओल्के पर्वको दिन सल्ला, बाँझ, निंगालो आदिका हांगाबिंगाहरु काटेर बनाएको बुढीलाई जलाउने चलन रहेको छ । जासुसी राक्षसनी पुतना दहनका लागि असोज संक्रान्तिका दिन साँझपख सबै घरबाट काँस, अमरिसो लगायत पाँच थरीका घाँसले बेरेको राँको बनाएर बुढी पोल्ने ठाउँमा लैजाने गरिन्छ ।

दोबाटोमा जलाएको पुतना राक्षसनीको आकृतिबाट जलेको खरानीको तिलक गाईलाई लगाउने चलन समेत रहेको छ । साँझ आकाशमा तारा चम्केपछि मात्रै राक्षसनी पुतनाको पुत्ला दहन गरिन्छ । यसो गर्दा गोठमा पालिने जनावरलाई कुनै प्रकारको रोग नलाग्ने धार्मिक विश्वास रहँदै आएको छ ।

तर पछिल्लो समयमा बुढी पोल्ने पर्व लोप हुँदै गएको प्रति संस्कृति संरक्षणकर्मीहरुले चिन्ता व्यक्त गरेका छन् । बुढी पोल्ने पर्व सुदूरपश्चिम प्रदेशका पहाडी समुदायले मनाउनुका साथै छिमेकी देश भारतको कुमाउ, गढवालमा पनि मनाउने गरिन्छ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

बैतडीः पञ्चेश्वर गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

असोज ९ बैतडीको पञ्चेश्वर गाउँपालिकाले गत आर्थिक वर्षको सार्वजनिक सुनुवाई कार्याक्रम सम्पन्न गरेको छ । गत आर्थिक वर्ष ७६÷७७ मा गरेका विकास निर्माणका कार्यहरुको...

गृहमन्त्री थापाद्वारा छाङरुमा सशस्त्र प्रहरीको गुल्म शिलान्यास

दार्चुला — ब्यास गाउँपालिका १ छाङरुमा सशस्त्र प्रहरी गुल्मको शिलान्यास गरिएको छ । गृहमन्त्री रामबहादुर थापाले शुक्रबार दिउँसो सशस्त्र प्रहरी बल नेपाल नम्बर ५०...

कृष्णपुरको वाणिमा ६ कोठे विद्यालय भवन उद्घाटन

नरेश गिरी कञ्चनपुरको कृष्णपुर नगरपालिका २ वाणिमा रहेको सरस्वती माविमा ६ कोठे पक्की भवनको उद्घाटन गरिएको छ । सुदूरपश्चिम प्रदेश सभा सदस्य महेश दत्त जोशीको...

६ महिना आफ्नै घरमा राखेर भरतले बिदाइ गरे स्विस नागरिकलाई

कैलाली विश्वमा साइकल यात्रामा निस्किएर कैलालीमा रोकिएका स्विस नागरिक लुइस कर्नेली लाई बिदाइ गरिएको छ । कञ्चनपुरको गड्डाचौकी नाका हुँदै नेपाल प्रबेश गरेका उनी लक...

विद्यार्थी र शिक्षकका लागि यसरी लिनुहोस् टेलिकमको ह्याप्पी लर्निङ प्याक

काठमाडौं। नेपाल टेलिकमले देशैभरका विद्यार्थी र शिक्षकका लागि ह्याप्पी लर्निङ प्याक सञ्चालन गरिरहेको छ । यो प्याक टुजी, थ्रीजी र फोरजी गरी सबै नेटवर्कमा...

युवतीहरु विवाहपछि मोटाउनुको खास कारण यस्तो छ !

दुव्लो भएका युवा युवती विवाह पछि मोटाएका हामीले धेरै देखेका छौं । अझ साथी भाईहरुबीच त बिहेपछि त मोटाइस् नी भन्ने प्रतिक्रिया दिने गरिएको...

विवाहपछि धेरैजसो महिलालाई हुन्छ यी ५ कुराको पछुतो

यसमा धेरै जसो महिला यस्ता हुन्छन्, जसले पछि गएर आफूले गरेको फैसलामा पछुतो मान्ने गर्दछन्। कुनै समय त उनीहरुलाई विवाह गरेमै पछुतो हुने गर्दछ।...

नयाँ मन्त्री बन्नेको भिडः बालुवाटार र खुमलटारमा – यी नेता बन्दैछन्...

काठमाडौं( मन्त्रीमण्डल पुनर्गठन, संवैधानिक एवं राजनीतिक नियुक्तिको विषयमा सहमति जुटाउन सत्ताधारी दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया