Sunday, January 24, 2021

असोज १ गतेबाट विद्यालय खुल्ने, विद्यार्थी भर्ना गर्ने बाटो खुला

- Advertisement -

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निषेधाज्ञा खुकुलो भएसँगै असोज १ गते सर्त राखेर विद्यालय खोल्न दिन भएको छ ।

मन्त्रालयका प्रवक्ता दिपक शर्माले मन्त्रिपरिषद्को पछिल्लो निर्णय अनुसार असोज १ गतेदेखि विद्यालय खुल्ने तर भर्ना मात्रै गर्न पाउने बताए ।

उनका अनुसार कोरोना महामारी नियन्त्रणमा नआएका कारण अहिले नै भौतिक रुपमा कक्षा सञ्चालन गर्न सकिने अबस्था नरहेकाले विद्यार्थी भर्ना मात्रै गर्नुपर्नेछ ।

शिक्षा विभागले पनि दूर शिक्षा प्रणाली या वैकल्पिक माध्यमबाट मात्रै विद्यालयस्तरको पढाइ हुने जानकारी दिएको छ । यसका लागि मन्त्रालयले सिकाइ सहजीकरण निर्देशिका २०७७ गत साता सार्वजनिक गरेको थियो ।

त्यसमा विद्यार्थीमा प्रविधिको पहुँचका आधारमा ५ वटा माध्यमबाट पढाउन निर्देशन गरिएको छ । रेडियो, टेलिभिजन, कम्प्युटर, इन्टरनेट भए(नभएको आधारमा कक्षा सञ्चालन गर्न भनिएको छ ।

तर दुई तिहाई बालबालिका अझै दूर शिक्षाको पहुँचमा नभएको युनिसेफले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । चैतदेखि बन्द भएका शिक्षण संस्था अझैसम्म खुल्न सकेका छैनन् ।

त्यस्तै, कोरोना भाईरस कोभिड १९ का कारण पठन पाठन रोकिए पनि शैक्षिक सत्रको गणना भने गत बैशाखबाटै हुने भएको छ।

आगामी चैतमै सकिने गरी सरकारले पाठ्यवस्तुु समायोजन ढाँचा स्विकृत गरेको घोषणा गरेको छ । विद्यालयमा प्रधानाध्यापक, विषय शिक्षक र स्थानीय विज्ञको समितिबाट मूल्याङ्कन योजना बनाउन सक्ने गरी ढाँचा स्विकृत गरिएको शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले बताएका छन् ।

मंगलबार भर्चुअल प्रेस मिट गर्दै मन्त्री पोखरेलले उक्त घोषणा गरेका हुन् ।

मन्त्री पोखरेलले नेपालको भूभाग र सीमा सम्बन्धी स्वाध्याय सामग्री पनि सार्वजनिक गरेका छन् । लिम्पियाधुरा र लिपुलेक सहितको नेपालको नक्सा तयार भए पछि आवश्यक अध्ययनका लागि उक्त सामग्री तयार पारेको मन्त्री पोखरेलले बताए । अनलाइन नेपाल बाट सभार 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

मेलाैली माताको दर्शन गरी मिति २०७७ माघ ६ गते मगलबारको राशिफल...

मेषःमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नगद सापटी लिएका आफन्तहरूले वचन पूरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ । स्वास्थ्यको भने...

धार्मिक तथा पर्यटकीय महत्व बोकेको त्रिवेणीधाम ओझेलमा !

धार्मिक तथा पर्यटकीय महत्वको त्रिवेणीधाम ओझेलमा पर्दै आएको छ । नवलपरासी पूर्व (नवलपुर) बिनयी त्रिवेणी गाउँपालिका ६ मा पर्ने त्रिवेणीधाम ( त्रिवेणी क्षेत्र )...

धेरै रोगको औषधी सिस्नु कसरी खाने ?

सिस्नु के हो ? यस विषयमा सवैलाई थाहा भए पनि फाइदाका विषयमा सवैलाई थाहा नहुन सक्छ । सिन्नुमा पाइने विभिन्न भिटामिनले मानव स्वास्थ्यलाई निकै...

झुक्किएर पनि अरुलाई नसुनाउनुस्, नत्र मिल्दैन लाभ यी ५ सपना देख्नुभयो...

सुदुर पशिम खाबर माघ ५ सोमबार  काठमाडौँ । सपनाको आ–आफ्नै एक अलग संसार हुन्छ। संसारका हरेक व्यक्तिले राती वा दिनमा सुतेको बेला सपना देख्छन्। हिन्दु...

साढे सातको दशा कटाउन के गर्ने ?

सातामा बल्ल त बिदा भयो भन्दै अलिबेर सुत्ने बानी छ भने हटाउनुहोस् किनकी कहिले ढिला कहिले चाँडो उठ्ने बानी स्वास्थ्यको लागि राम्रो होईन ।...

४ बर्षमा २ किलोमिटर सडक पनि नबनाउने ठेकेदारलाई सडक डिभिजन कार्यालयले...

चितवन । दुई किलोमिटर सडक विस्तारको काम चार बर्षमा पनि नसक्ने ठेकेदारलाई सडक डिभिजन कार्यालय भरतपुरले जरिवाना तिराउने भएको छ । भरतपुरको वाइपास सडक विस्तारको...

ज्योतिषी शास्त्र अनुसार थाहा पाउनुहोस्, कुन बार जन्मने मानिसको स्वभाव कस्तो...

सात दिनमा सात बार पर्दछन् र हरेक बारको कारक ग्रह अलग अलग हुन्छन् । आइतबारको कारक ग्रह सूर्य हो भने सोमबारको चन्द्र, मंगलबारको मंगल,...

झगडा हुँदा कसैलाई पनि नभन्नुहोस् यी ४ कुरा, नत्र लिनसक्छ उग्र...

क’पल्स बीच झगडा हुनु आम कुरा हो तर कहिलेकाहीँ सानो कुरा नै ठुलो बन्छ। कहिलेकाहीँ त कुरा यति धेरै बिग्रिन्छ कि स’म्बन्ध नै टुट्ने...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया