Sunday, January 24, 2021

मोदीलाई जन्मदिनको शुभकामना दिँदै ओलीले भने– सम्बन्ध मजबुत बनाउन मिलेर काम गर्नेछौं

- Advertisement -

१ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन् । उनले दुई देशबीचको सम्बन्ध मजबुत बनाउन मिलेर काम गर्ने पनि बताएका छन् ।

मोदीको आज ७० औं जन्मदिन हो । उनको जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत् शुभकामना दिएका हुन् ।

समकक्षी मोदीलाई मेन्सन गर्दै ओलीले लेखेका छन्, ‘तपाईंको जन्मदिनको शुभअवसरमा हार्दिक बधाई । म तपाईंको सुख र सुस्वास्थ्यको कामना गर्दछु । हामी हाम्रा दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउनका लागि मिलेर काम जारी राख्नेछौं ।’

हिन्दुस्तान टाइम्सका अनुसार मोदीको जन्मदिनको अवसरमा भारतीय जनता पार्टी (भाजपा) ‘सेवा सप्ताह’ अभियान सुरु गरेको छ ।

यस अभियानमा वृक्षरोपण, कोरोना संक्रमितको उपचार हुने अस्पतालहरुमा फलफूल वितरण, औषधि उपकरण वितरणलगायतका कार्यक्रम गरिने भाजपाले जनाएको छ ।

भाजपाले मोदीको जन्मदिन यस्तै सेवामुलक कार्यक्रम गरेर एक हप्तासम्म मनाउन जिल्ला जिल्ला समितिहरुलाई परिपत्र गरेको छ । online khabar बाट सभार

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

चीनले बनायो भारतीय भूमिमा १०१ घर भएको सिंगो गाउँ !

चीन र भारतको विवादित क्षेत्र अरुणाञ्चल प्रदेशमा चीनले एउटा गाउँ नै निर्माण गरेको भारतीय मिडियाले जनाएका छन् । एनडीटिभीका अनुसार चीनले निर्माण गरेको उक्त गाउँमा...

भारतमा कोरोना भाइरसविरुद्धको खोप लगाएका ५२ जनामा साइडइफेक्ट, १ जनाको अवस्था...

काठमाडौं – भारतमा शनिबारदेखि कोरोना खोप दिन सुरु गरिएका छ । यहाँ कोरोना भाइरसविरुद्धको खोप लगाएका ५२ जनामा साइडइफेक्ट देखिएको छ । एक जनाको...

भूकम्पको कारणले अस्पताल भत्कदा इन्डोनेसियामा दर्जनौँ मानिसको मृत्यु

इन्डोनेशियाको सुलावेसी द्वीपमा भूकम्पका कारण एउटा अस्पतालसहित भवनहरू भत्किएपछि कम्तीमा ४२जना मानिसको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।उद्धारकर्ताहरूले भग्नावशेषमा खोजी गरिरहेकाले मृतकको सङ्ख्या बढ्ने अनुमान...

भारतमा कोरोना विरु द्धको खोप अभियान सुरु !!

On भारतमा कोरोना विरु द्धको खोप अभियान सुरु !! भारतमा आजदेखि कोरोना भाइरसविरु द्धको खोप अभियान सुरु भएको छ । आउने जुलाइसम्ममा ३० करोडलाई खोप...

भारतीय समकक्षीसँग परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको प्रस्ताव( सीमा सम्बन्धी वार्ता तत्कालै थालौं

माघ, काठमाडौं । भारत भ्रमणका रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय समकक्षी एस जसशंकरसँग दुई देशको बीचमा रहेको सीमा विवादलाई समाधान गर्न तत्काल वार्ताको थालनी...

नेपालमै पीसीआर जांच गरेको रिपोर्ट देखाएर दिल्लीबाट यात्रु नेपालमा !

काठमाडौं । नेपाल एयरलाइन्स चढेर १५ पुसमा दिल्लीबाट काठमाडौं आएका ६ जना यात्रुको साथमा पीसीआर नेगेटिभ रिर्पोट नभएको भन्दै त्रिभुवन विमानस्थलस्थित हेल्थ डेस्कले क्वारेन्टिन...

इन्डोनेशियामा भूकम्प : सात जनाको ज्यान गयो

काठमाडौँ – – इन्डोनेशियामा गएको भूकम्पमा सात जनाको ज्यान गएको छ । कयौँ घाइते भएका छन् । बिहान सुलावेसी द्वीपमा ६ दशमलव २ रेक्टर...

हैदरावाद हाउसमा सुरु भयो नेपाल–भारत संयुक्त बैठक

काठमाडौं। नेपाल(भारत संयुक्त आयोगको बैठक नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा सुरु भएको छ। बैठकअघि नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय विदेश मन्त्री एस जयशंकरबीच अनौपचारिक...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया