Wednesday, November 25, 2020

पुनर्वासमा रक्तदान कार्यक्रम सम्पन्न

- Advertisement -

लालबहादुर एस के पुनर्वास –जिल्लाको दक्षिणी क्षेत्रमा रहेको सिद्धार्थ युवा क्लब पर्नवास र नेपाल रेडक्रस सोसाईटी उपशाखा पुर्नवासको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम गरिएको छ ।

“रक्तदान जीवन दान” भन्ने मुल नाराका साथ बुधबार पर्नवास नगरपालिकाको वडा नं. ७ स्थित शिदार्थ युवा क्लबको खेलमैदानमा भएको रक्तदान कार्यक्रममा नगर प्रवक्ता भारमल सुनार सहित ४९ जना व्यक्तिहरुले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी पुनर्वास उपशाखाका सचीव रुपेश खरेलले बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी पुनर्वास उपशाखाका सभापति युवराज सुयलको सभाध्यक्ष तथा पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नगर उपप्रमुख शरदा बिष्टको विशिष्ट आतिथ्य रहेको थियो ।

रेडक्रस जिल्ला कन्चनपुर सदस्य राजेन्द्र कुमार श्रेष्ठ ,विष्णु तिवारी,पुनर्वास -७ का वडा अध्यक्ष रामदुलारे राना ,नगर प्रवक्ता भारमल सुनार ,पुनर्वास जनता माविका प्रधानाध्यापक मान बहादुर तामाङ ,कैलाली शाखाका रक्त सञ्चार प्रमुख धरडी प्रसाद पन्त लगायतका व्यक्तिहरुको आतिथ्य रहेको थियो ।

प्रमुख अतिथिको तर्फबाट बोल्नु हुँदै नगर प्रमुख थापाले स्वस्थ्य जिवनका लागि रक्तदान निकै महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले रक्तदान गर्दा पुण्य हुने पनि बताउनुभयो । त्यस्तै नगर उपप्रमुख बिष्टले रक्तदान गर्नाले अन्य व्यक्तिको जीवनमात्र बच्दैन, रक्तदान गर्ने व्यक्तिको शरीर समेत स्वस्थ रहने बताउनुभयो ।

कैलाली रक्त सञ्चार सेवाको प्राविधिक सहयोगमा सञ्चालन गरिएको कार्यक्रममा शिदार्थ युवा क्लबका उपाध्यक्ष धिरज तामाङले स्वागत मन्तव्य प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको संचालन नेपाल रेडक्रस सोसाइटी उपशाखा पुनर्वासका सचीव रुपेश खरेलले गर्नुभएको थियो ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

बैतडीमा जीप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो

गोकुल जोशी महेन्द्रनगर । बैतडीमा मंगलवार दिउँसो भएको यात्रुबाहक जिप दुर्घटनाका मृतक र घाइतेहरुको पहिचान खुलेको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना...

बैतडीको झुलाघाटमा जिप दुर्घटना हुदा पेन्सन बुझेर घर फर्किरहेका ...

महेन्द्रनगर । बैतडीमा मंगलवार यात्रुबाहक जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउदै गरेको ना १ ज २१९६ नम्बरको...

बिबिसीको १०० प्रभाबशाली महिलाको सुचिमा सपना रोका मगर

काठमाडौ । बेवारिसे शबको व्यबस्थापन गर्दे आउनु भएकी सपना रोक्का मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी को प्रभावशाली महिलाको सूचिमा पर्नुभएको छ ।...

कृष्णपुरका जनता अब लालपुर्जाका मालिक सांसद धामीको पहल ५० औँ बर्षपछि...

कञ्चनपुरको कृष्णपुर नगरका जनता लालपुर्जाका मालिक बन्ने भएका छन । ‘जमिन नभएका, जमिन भएरपनि लालपुर्जा नभएका भूमिहित दलित, भूमिहिन सुकुमबासी एव अव्यवस्थित बसोबासी...

वेदकोटमा खुर्सानी पकेट क्षेत्र विस्तार गरिदै

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा खुर्सानी पकेट क्षेत्र सञ्चालन हुने भएको छ । युएनडिपी र वेदकोट नगरपालिकाको आर्थिक सहयोगमा पकेट क्षेत्र सञ्चालन हुने भएको...

कञ्चनपुर पुग्यो भूमि सम्बन्धी समस्या समाधान आयोग : लालपूर्जाका मालिक बन्ने...

कञ्चनपुरको कृष्णपुर नगरका जनता लालपूर्जाका मालिक बन्ने भएका छन् । भूमिहीन दलित, भुमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी नागरिक अब लालपूर्जाका मालिक भन्ने भएका हुन्...

भूमि सम्बन्धी समस्या यथाशीघ्र समाधान तर्फ आयोग केन्द्रित छ : अध्यक्ष...

कञ्चनपुर, ०९ मंसिर । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्न गठन गरिएको भूमि सम्बन्धी समस्या समाधान आयोगले तीब्र गतिमा कार्य अगाडि...

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ५३ हजार

काठमाडौं । अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ लाख ५३ हजार ९३१ पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ४७१ संक्रमितको मृत्यु...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया