Tuesday, September 29, 2020

दूध बिक्रीबाट मासिक एक लाख २५ हजार

- Advertisement -

साठी वर्षभन्दा माथि उमेर समूहका आश्रित समूहमा रिब्दीकोट गाउँपालिका–४, भैरवस्थानका ८१ वर्षीय हुमलाल अधिकारी पर्नुहुन्छ । अन्य सक्रिय समूहका सदस्य जस्तै जुझारु उहाँको काश्यप कृषि तथा पशु विकास फार्म पनि फस्टाएको छ ।

गाइँभैँसीपालन व्यवसायबाट आत्मनिर्भर बन्दै जानुभएका अधिकारीको पशुपालन व्यवसायमा साँझ–बिहान मेहनत उत्तिकै छ । मेहनतानुसार दाम र नाम कमाउनुभएका उहाँ खानपान र स्वास्थ्यमा उत्तिकै सजग भएका कारण आफूलाई बूढेसकालको महसुससमेत नभएको बताउनुहुन्छ ।

अधिकारीको खटनपटनका कारण अहिले दैनिक ८० देखि ९० लिटरसम्म दूध उत्पादन हुन्छ । गाईभँैसीको दूधबाट विदेशमा भन्दा बढी आम्दानी नेपालमै बसेर गर्ने ती वृद्ध किसान दूध बिक्रीबाटै मासिक रू एक लाख २५ हजारसम्म आम्दानी गर्ने गरेको जानकारी दिनुहुन्छ ।रू बीस लाखको लगानीमा गाईपालन व्यवसाय शुरु गर्दा बूढेसकालमा पनि काम गर्नुपरेको भनेर कुरा काट्ने छरछिमेकी अहिले उहाँको प्रशंसा गर्छन् ।

नेपाली समाजमा नौलो काम गर्दा प्रोत्साहनभन्दा हतोत्साही गर्ने परम्पराका कारण धेरै नेपाली युवा विदेशिन बाध्य छन् । दश गाई र तीनवटा भैँसीपालनबाट चार स्थानीय बासिन्दालाई रोजगारी प्रदान गर्न पाउँदा अधिकारी खुशी हुनुभएको छ । स्वदेशमै कृषि तथा पशुपालन गरी आम्दानीसँगै बेरोजगार युवालाई रोजगार बनाउने काम निकै चुनौतीपूर्ण भएपनि निरन्तर अभ्यासबाट सफल भइने उहाँको जिकिर छ ।

आफ्नो गाउँबस्ती छोडेर रोजगारीका लागि अरूका देशमा पलायन हुने युवाका लागि स्वदेशमा पनि केही गर्न सकिन्छ भन्ने नमूना बन्नुभएको छ अधिकारी । विदेशमा ५०–६० डिग्रीको तापक्रममा पसिना बगाउने युवाले स्वदेशमा पनि पसिना बगाउन सके दुईचार पैसा कमाउन बिदेशिन नपर्ने उहाँ बताउनुहुन्छ ।पछिल्ला वर्षहरुमा यहाँका युवा व्यावसायिक रूपमा पशुपालन गरी दूध र मासु उत्पादन गरेर आत्मनिर्भर हुन थालेका छन् । दूध र मासुमा पाल्पा जिल्ला आत्मनिर्भर भएकामा जिल्लावासी खुशी छन् Internet Khabar

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

प्याब्सन र एनप्याब्सनमा आबद्ध विद्यालयलाई मेगा बैंकको आकर्षक कर्जा

काठमाडौ । मेगा बैंक नेपाल लिमिटेडले प्याब्सन र एनप्याब्सनसँग आबद्ध निजी विद्यालयहरुलाई आकर्षक कर्जा सुविधा प्रदान गर्ने भएको छ । https://youtu.be/V4kttcNjwB8 प्याब्सन र एनप्याब्सनसँग आबद्ध निजी...

अब मासिक ९९ रुपैयाँमा फोन र इन्टरनेट सहित असीमित सुविधा :...

काठमाडौं । सरकारी तथा सार्वजनिक विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावको लागि खुशीको समाचार छ । उनीहरुले मासिक ९९ रुपैयाँमा असीमित फोन र इन्टरनेट सेवा...

सुपथ मूल्य पसल १५ गतेदेखि

काठमाडौं । नजिकिँदै गरेको दशैंतिहार लाई लक्षित गर्दै सरकारले असोज १५ गतेदेखि सुपथ मूल्य पसल खोल्ने निर्णय गरेको छ । सोमवार दिउँसो उद्योग, वाणिज्य...

खुसिको खबर – दशैंको अफरमा आयो अहिलेसम्मकै सस्तो मुल्यको आकर्षक पल्सर...

बजाज मोटरसाइकलको लागि नेपालका लागि आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले आजबाट चाडपर्व लक्षित ग्राहक योजना सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको ग्राहक योजनामा...

बैतडीको पाटन नगरपालिका: कोरोना नियन्त्रणको नाममा ५३ लाख भ्रष्टाचार भएको ठहर

कोरोना नियन्त्रण र अन्य शीर्षकमा बैतडीको पाटन नगरपालिकामा गत आर्थिक वर्षमा ५३ लाख १५ हजार ७२१ रुपैयाँ अनियमितता भएको पाइएको छ । नगरपालिकाको छानबिन समितिले...

हेर्नुहोस आज सेप्टेम्बर २५ तारीख शुक्रबारको बिनिमय दर

कतार दुबई,मलेसिया लगायतका मुलुकको मुद्राको दरभाउमा पनि .. हेर्नुहोस आजको बिदेसी मुद्राको विनिमय दर‘ नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया...

सवारीसाधनका दसैं अफरमा छुटको प्रतिस्पर्धा

काठमाडौँ — कोभिड–१९ का कारण लकडाउन भएपछि लामो समय अटोमोबाइल्स क्षेत्र ठप्प बन्यो । बजार बन्द रहे । बिक्री र बुकिङ पनि ठप्प नै रह्यो । लकडाउन...

कुलमानलाई नै विद्युत प्राधिकरणमा ल्याउने सरकारको तयारी

काठमाडौं असोज ९(नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै सो पदमा पुनः नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा गएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया