Sunday, September 27, 2020

नेपाली विद्यार्थीबाट वर्षेनि अर्बौं कमाउँदै भारत

- Advertisement -

मदन लम्साल

काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि जाने नेपाली विद्यार्थीबाट भारतको अर्थतन्त्रमा वर्षेनि अर्बौं रुपैयाँ बराबरको योगदान पुग्ने गरेको छ ।

भारतमा अध्ययनका लागि पुग्ने विद्यार्थीमध्ये सबैभन्दा बढी नेपाली हुने गरेको त्यहाँको मानव संसाधन विकास मन्त्रालयको तथ्यांकले देखाएको हो । तर, यो तथ्यमा कमै मात्र चासो र चर्चा हुने गरेको छ ।

भारतीय शिक्षण प्रतिष्ठान नेपाली विद्यार्थीतर्फ उन्मुख हुँदै गएका छन् । नेपाली नीति निर्माताहरू भने वर्षेनि हजारौं विद्यार्थी किन बाहिरिइरहेका छन् र कसरी स्वदेशमै अवसर दिन सकिन्छ भन्नेमा खासै गम्भीर देखिएका छैनन् ।

भारतले अहिले रणनीतिक रूपमै विदेशी विद्यार्थीलाई आकर्षित गर्ने योजना अघि सारेको छ । त्यसमा नेपाली विद्यार्थी मुख्य प्राथमिकतामा छन् ।
भारतको मानव संसाधन विकास मन्त्रालयले सन् २०१९ मा सार्वजनिक गरेको ‘अल इन्डिया सर्भे अन हाइअर एजुकेशन–२०१८र१९’ ले भारतमा उच्च शिक्षाका लागि जाने विदेशीमध्ये नेपाली विद्यार्थी अग्रस्थानमा रहेको देखाएको छ ।

कुल विदेशी विद्यार्थीमा नेपाली २६ दशमलव ८८ प्रतिशतसहित प्रथम स्थानमा रहेको अध्ययन प्रतिवदेनमा उल्लेख छ । त्यस शैक्षिक वर्षमा भारतका विभिन्न शिक्षण प्रतिष्ठानमा ४७ हजार ७ सय २४ विदेशी विद्यार्थी भर्ना भएका थिए । तीमध्ये नेपाली विद्यार्थीको संख्या मात्रै करीब १३ हजार हाराहारी छ ।

विभिन्न तहलाई औसत ५ वर्षको अवधि मान्दा भारतका विभिन्न विश्वविद्यालयमा करीब ६५ हजार नेपाली विद्यार्थीले अध्ययन गरिरहेको अनुमान गर्न सकिन्छ । नेपाली विद्यार्थीले भर्ना, पढाइ, आवास शुल्क, यातायातलगायतमा अर्बौं खर्च गर्छन् ।

नेपाली अभिभावकले भारतमा आफ्ना सन्तानका लागि वार्षिक ८ लाख भारतीय रुपैयाँ (भारू) खर्च गर्ने गरेको भनाइका आधारमा भारतीय शैक्षिक संस्थाहरूलाई नेपाली विद्यार्थीबाट वर्षेनि ५२ अर्ब भारू आय भइरहेको छ ।

देहरानदुन, नैनीताल, लखनऊ, दार्जिलिङलगायत कन्भेन्ट स्कूलमा पढ्न जाने नेपाली विद्यार्थीको आँकडालाई जोड्ने हो भने यो अंक खर्ब हाराहारीमा पुग्ने जानकारहरू बताउँछन् ।

सरकारले शिक्षाको पूर्वाधार र प्रणाली व्यवस्थित तुल्याउन नसक्दा नेपालबाट विद्यार्थी बाहिरिने अवस्था आएको प्राडा दीपक शाक्यको बुझाइ छ । ‘सरकारको शिक्षा नीति नै स्थिर छैन । पर्याप्त पूर्वाधार र अवसरको कमी विद्यार्थी बाहिरिने मूल कारण हो,’ शाक्यले भने ।

शिक्षामा भित्रिइरहेको विश्वव्यापीकरण र अवसर निश्चित हुने हो भने अध्ययनका लागि बाहिर जाने अवस्थाको अन्त्य हुन सक्ने प्राडा शाक्यको दाबी छ । सरकारले अहिलेसम्म विद्यार्थीलाई बाहिर पठाउने मात्र सोचिरहेको भन्दै आवश्यक पूर्वाधार र शैक्षिक क्षेत्रको प्रवर्द्धनको नीति लिए बाहिरका विद्यार्थीसमेत आकर्षित गर्न सकिने उनको तर्क छ ।

भारतले त्यहाँका शैक्षिक प्रतिष्ठानलाई विभिन्न सहुलियत दिएर प्रवर्द्धन गरिरहेकाले सस्तो खर्चमै शिक्षा दिइरहेको जानकारहरूको भनाइ छ । विदेशी विद्यार्थी आकर्षित गर्न भारत सरकारले प्रवद्र्धनका कार्यक्रममा करोडौं खर्चिरहेको छ ।

भारत सरकारले सन् २०१८ देखि २०२० सम्म प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्न डेढ अर्ब भारू स्वीकृत गरेको छ ।

भारतको मानव संसाधन विकास मन्त्रालयले अबको ५ वर्षभित्र २ लाखभन्दा बढी विदेशी विद्यार्थी भित्र्याउने लक्ष्य राखेको छ । भारतले त्यहाँका नाम चलेका शिक्षण प्रतिष्ठानलाई विदेशी विद्यार्थीका लागि वर्षमा १५ हजार सीट छुट्ट्याउन भनेको छ ।

शैक्षिक क्यालेन्डर निश्चित नहुँदा पनि नेपाली विद्यार्थी बाहिरिएको अनुभव सहप्राध्यापक इन्दुशेखर मिश्रको छ । ‘भारतमा अहिले पनि स्नातक तहमा प्राविधिकबाहेकका शैक्षिक कार्यक्रम ३ वर्षे छन् । हामीकहाँ ४ वर्ष राखिएको छ । ४ वर्ष भनिए पनि तोकिएको समयमा पूरा हुँदैनन्,’ सहप्राध्यापक मिश्रले भने । सकारले शिक्षामा पूर्वाधार बढाएर तुलनात्मक सस्तो बनाउने र अध्ययनपछि रोजगारीको अवसर निश्चित हुने हो भने विद्यार्थी बाहिरिने क्रम घट्दै जाने विश्वास मिश्रको छ ।-यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

खुसिको खबर – दशैंको अफरमा आयो अहिलेसम्मकै सस्तो मुल्यको आकर्षक पल्सर...

बजाज मोटरसाइकलको लागि नेपालका लागि आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले आजबाट चाडपर्व लक्षित ग्राहक योजना सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको ग्राहक योजनामा...

हातको औँला यस्तो हुने व्यक्ति हुन्छन् अधिक पैसावाल,तपाइँको कस्तो छ,ढिलो चाडो...

काठमाडौँ । हस्तरेखा अनुसार हातको पहिलो औँलालाई इंडेक्स फिंगर अर्थात चोर औँला भन्ने गरिन्छ। यस औँलाको मूनी हत्केलामा जुन क्षेत्र हुने गर्दछ, त्यसलाई गुरु...

अपराध अनुसन्धानमा अब्बल ईन्सपेक्टर चन्द बेलौरीबाट १४ महिनापछि विदाई

बेलौरी, ११ असोज कञ्चनपुरको बेलौरी नगरपालिका भारतसंग जोडिएको क्षेत्र हो । भारतबाट चोरी तस्करीले बेलौरीको शान्ति सुरक्षामा चुनौती थप्दै आएको छ ।गत बर्ष ०७६...

भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित दुई पक्राउ

भारतबाट ल्याउँदै गरेको सुनका गहनासहित प्रहरीले पुनर्वास नगरपालिका–११ डोकेबजारबाट दुई जनालाई शनिबार साँझ पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयअन्तर्गतको क्षेत्रीय अनुसन्धान समूह...

मेची महाकाली बुहारी संयुक्त आवाज कञ्चनपुरको अध्यक्षमा ज्ञानु ऐर

मेची महाकाली बुहारी संयुक्त आवाज कञ्चनपुरको अध्यक्षमा ज्ञानु ऐर चयन भएका छन् । जिल्लाका अगुवा महिलाको भेलाले मेची महाकाली बुहारी संयुक्त आवाज कञ्चनपुरको कार्य...

कोलकाताले ७ विकेटले हरायो हैदरावादलाई

११ असोज, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई सात विकेटले हराएको छ । अबुधाबीको मैदानमा हैदरावादले कोलकाता सामु १४३...

अब बाह्रैमास छाङरुमा बस्ने सशस्त्र प्रहरी

१० असोज, दार्चुला । सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म बाह्रैमास व्यास गाउँपालिका–१ छाङरुमै बस्ने भएको छ । स्थायीरुपमा संरचना निर्माण नभए पनि...

नेपाली सेनाले खोल्यो कालापानी जाने घोरेटो बाटोको ट्र्याक

दार्चुला, असोज १० नेपाली सेनाले व्यासको घाँटीबगर इलाकामा कडा चट्टान रहेको भिरमा घोरेटो बाटोको ट्र्याक खुलाएको छ। गत जेठ ९ गतेदेखि काम शुरु गरेको सेनाले...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया