Saturday, September 26, 2020

महाकाली बहुमुखी क्याम्पसमा वृहत् रक्तदान कार्यक्रम

- Advertisement -

कञ्चनपुर, २९ भदौ । सामान्यतया रक्तदान भन्नाले कुनै पनि मानिसको स्वेच्छाले आफ्नो रगत दान गर्नुलाई जनाउँछ । रगतले शरीरभित्र पोषण, लवण, हर्मोन, भिटामिन, अक्सिजन, रोगसँग लड्ने एन्टिबाइटिक सँगै कार्बनडाइअक्साइड, युरियाजस्ता बिकार ओसारपसार गर्छ । हामीले व्यापक रूपमा सुन्ने गरेका छौं, ’रक्तदान जीवनदान’ । रक्तदान गर्नु पुण्यको काम हो । किनभने हामीले दिएको रगतबाट कसैले नयाँ जीवन पाउँछ । रक्तदान गर्नाले अन्य व्यक्तिको जीवन मात्रै बच्दैन, बल्कि रक्तदान गर्ने व्यक्तिको शरीर समेत स्वस्थ रहन्छ ।

सोही अभिप्रायका साथ कञ्चनपुरको बेलौरीमा रहेको श्री महाकाली बहुमुखी क्याम्पसले समेत वृहत् रक्तदान कार्यक्रम गरेको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणका कारणले यो समयमा नेपालमा पनि देशभर रगतको अभाव भइरहेको अवस्थालाई मध्यनजर गर्दै नेपाल युवा रेडक्रस सर्कल श्री महाकाली बहुमुखी क्याम्पसको आयोजनामा सोमबार रक्तदान कार्यक्रम गरिएको क्याम्पस प्रमुख धर्म राज जोशीले बताउनु भएको छ ।

महाकाली बहुमुखी क्याम्पसको सभाहलमा आयोजित रक्तदान कार्यक्रममा एक सय तीन जनाले रक्तदान गरेको क्याम्पस अन्तर्गतको नेपाल युवा रेडक्रस सर्कलका सभापति नवराज अवस्थीले जानकारी दिनुभयो । रक्तदान कार्यक्रममा रेडक्रस बेलौरी उपशाखा, कञ्चनपुर शाखा र कैलाली शाखाको प्राविधिक सहयोग तथा शोभाताल मध्यवर्ती सामुदायिक बनको आर्थिक सहयोग रहेको थियोे ।

त्यस्तै डिसिए नेपाल, एनएनएसडब्लुए र महालक्ष्मी लाइफ इन्स्योरेन्स बेलौरीको कार्यक्रममा सौजन्य रहेको थियो । उक्त कार्यक्रममै एनएनएसडब्लुए अन्तर्गतको उत्थान परियोजनाका संयोजक विनोद विक्रम जैरूले ओजोन तह संरक्षण सम्बन्धी सहजीकरण गर्नुभएको थियो । त्यसैगरी महालक्ष्मी लाइफ इन्स्योरेन्स बेलौरीका शाखा प्रबन्धक प्रदीप तिवारीले रक्तदान कार्यक्रम नियमित रुपमा गर्ने व्यवस्था मिलाउन आवश्यक रहेकोमा जोड दिनुभयो ।

रक्तदान कार्यक्रममा सहयोग गर्ने सबै प्रति क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरेन्द्र सिंह बिष्टले आभार व्यक्त गर्नुभएको छ । उहाँले महाकाली बहुमुखी क्याम्पसमा गुणस्तर सुनिश्चितताको प्रत्यायन प्रमाण पत्र ( क्युएए ) प्राप्तिको प्रक्रिया अगाडि बढाउनका लागि समेत यस क्षेत्रका सबै पक्षको सहयोग महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

मानव शरीरमा पुरानो रगतको क्षय प्रक्रिया लगातार चलिरहने हुनाले त्यसै नष्ट भएर खेर जाने रगत नियमित रूपमा दान गर्दा फाइदाजनक हुन्छ । अहिले बिभिन्न सामाजिक संघसंस्थाहरूले बृहत रक्तदान कार्यक्रम तथा जनचेतनामुलक अभियानहरू संचालन गरी रगत संकलन कार्यलाई प्रभावकारी बनाउन सकारात्मक प्रयास पनि गरिरहेको देखिन्छ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

सुदूरपश्चिमका कोरोना पुष्टी भएका तीन जनाको एकैदिन मृत्यु

पछिल्लो २४ घण्टामा सुदूरपश्चिमका तीन कोरोना संक्रमितको मृत्यु भएका छ। बैतडीका ३० वर्षीय पुरुष, कैलालीका ३० वर्षीय पुरुष र बझाङका एक पुरुषको मुत्यु भएको...

बैतडीः पञ्चेश्वर गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

असोज ९ बैतडीको पञ्चेश्वर गाउँपालिकाले गत आर्थिक वर्षको सार्वजनिक सुनुवाई कार्याक्रम सम्पन्न गरेको छ । गत आर्थिक वर्ष ७६÷७७ मा गरेका विकास निर्माणका कार्यहरुको...

गाइबाँधे–लिप्ना सडकखण्डमा कालोपत्रेका लागि काम शुरु, मन्त्री बोहराद्वारा शिलान्यास

हरिश चन्द, डडेलधुरा प्रदेश गौरवको योजना दैजी–जोगबुडा–सलौन–चिरकिट्टे–पोखरा–बेलापुर–ढुंगाड सडक खण्ड अन्तरगत गाइबाँधे लिपना खण्ड कालोपत्रे गरिने भएको छ । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री...

दार्चुलामा जताजता सशस्त्र प्रहरी, उतैउतै भारतीय एसएसबी

दार्चुला- नेपालले दार्चुलास्थित नेपाल-भारत सीमा र भारत अतिक्रमित कालापानी क्षेत्रमा सुरक्षा उपस्थित बढाएसँगै भारतीय पक्षले पिछा गर्न थालेको छ। पछिल्लो समय नेपालले सीमा क्षेत्रमा...

बैतडी, दार्चुला र बझाङ जिल्ला जोड्ने सडक विस्तारको काम शुरु

असोज ७, बैतडी । बैतडी, दार्चुला र बझाङ जिल्ला जोड्ने सडकको रूपमा रहेको बैतडीको महत्वपूर्ण गन्ना–गनैखान सडकको ट्र्याक विस्तार गर्ने कार्य शुरु भएको छ...

कतारमा रोजगारी गुमाएकाले पनि अर्को काम खोजेर गर्न सक्ने, कसरी गर्ने...

काठमाण्डौ – कतारमा रोजगारी गुमाएर घर फर्कने दिन कुरिरहेकाहरुले पनि अर्को काम खोजेर गर्न सक्ने भएका छन् । कतार सरकारले पछिल्लो समय प्रमोट गरिरहेको ‘रि...

कैलाली मालपोतका कर्मचारीमा कोरोना पुष्टि, कार्यालयका सेवा बन्द गरियो

भूमिसुधार तथा मालपोत कार्यालय कैलालीका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। कार्यालय प्रमुख सुरेन्द्र केसीले दिएको जानकारी अनुसार कार्यालयमा कार्यरत पुरुष कर्मचारीमा संक्रमण...

शुक्लाफाँटाको न्यायिक समितिद्वारा १६ बढी मुद्दाको किनारा

देशैभर बन्दाबन्दी (लकडाउन) भएको बेलामा शुक्लाफाँटा नगरपालिका न्यायिक समितिको काम सुचारु नै रह्यो । बढ्दै गएको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै न्यायिक समितिले स्वास्थ्य...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया