सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दशैं अफरको तयारीमा मोटरसाइकल बिक्रेता, नगद छुट प्राथमिकतामा

काठमाडौं । दशैं-तिहार जस्ता ठूला चाडपर्व पारेर मोटरसाइकल तथा स्कुटर बिक्रेता कम्पनीहरुले विभिन्न किसिमका आफरहरु विगतका वर्षहरुदेखि नै ल्याउने गरेका हुन् । यस वर्ष कोभिड १९ को संक्रमण फैलिरहेकाले कम्पनीहरुले कुनै निर्णयमा पुग्न सकेका छैनन् ।

उसोत कम्पनीहरुले पहिलो पटक भएको करिब ८२ दिनको लकडाउनपछि नै ग्राहकलाई आकर्षण गर्न विभिन्न किसिमका अफरहरु ल्याएका थिए । त्यसमा ग्राहकको प्रतिक्रिया पनि निकै राम्रो रहेको थियो । तर, भदौ ४ गतेपछि पुन निषेधाज्ञा जारी भएपछि सबै किसिमका कारोबार उपत्यका लगायत देशका धेरै क्षेत्रमा बन्द भयो । अहिलेपनि मोटरसाइकल बिक्रेता कम्पनीको आधिकारीक वेभसाइटमा पुरानो अफर निरन्तर रहेको उल्लेख छ ।

‘सबै कम्पनीहरुले दशैको लागि नयाँ अफर बाहिर ल्याउने छन् । संभवत असोजको पहिलो हप्ताबाट यस्ता अफरहरु बाहिर आउने छन्’, एक मोटरसाइकल बिक्रेता कम्पनीका संचालकले भने ।

World Link Ads
Mahakali Polytechnic

अहिल्यै यस्तो प्रडक्ट ल्याउँदै छौं भन्दा, अन्य कम्पनीले त्यसलाई पहिल्यै ल्याइदिने खतरा रहन्छ । त्यसैले अर्को हप्तासम्म कुर्दा ठिक हुने उनको भनाई छ ।

अर्को कम्पनीका संचालक भन्छन् ‘डिस्काउन्ट लकडाउनपछि आएको अफर हाराहारीमा नै हुन्छ होला तर, सर्भिस लगायतका केही थप अफरहरु ल्याउने तयारी भइरहेको छ ।’

यसबाट के प्रष्ट हुन्छ भने प्रायः सबै कम्पनीहरु नयाँ अफर ल्याउन जोड तोडले लागेका छन् । तर, उनिहरुमा कोभिड संक्रमण कसरी अगाडि जान्छ भन्ने डर कायमै रहेको पाइन्छ ।

Sana Kishan

लकडाउन पछि चल्तीका कम्पनीहरुले १५ हजारसम्म नगद छुट, तीन वर्षसम्मको किस्ता, सून्य प्रतिशतसम्मको व्याजदर लगायतका स्कीम दिएका थिए । अब चाडपर्वको मुखमा आउने नयाँ स्कीम त्योभन्दा राम्रो ल्याउनु पर्ने दबाबमा कम्पनीहरु रहेका छन् ।

अहिले बजारमा बजाज, होन्डा, यामाहा, टीभीएस, हिरो, सुजुकी, भेष्पा, अप्रिलिया, मोटरहेड, टेकन, एमभी अगष्टा, सिएफ मोटो, बेनेली, बिएमडब्ल्यू, एसडब्ल्यूएम, हार्ले डेभिड्सन, महिन्द्रा, केटीएम, रोयल इन्फिल्ड लगायत करिब २ दर्जन ब्राण्डले आफ्ना उत्पादन बिक्री वितरण गर्दै आएका छन् ।

पछिल्ला दिनमा इलेक्ट्रीक स्कुटर तथा मोटरसाइकलहरु समेत उल्लेखनिय रुपमा वृद्धि भएकाले दशैंमा यी कम्पनीहरुले समेत विभिन्न किसिमका अफरहरु ल्याउन सक्ने देखिएको छ ।

कति आउला छुट ?

धेरै मोटरसाइकल बिक्री गर्ने कम्पनीहरुको प्राथमिकतामा नगद छुट नै पर्ने देखिन्छ । यसले सहजै ग्राहकलाई आकर्षित गर्ने भएकाले नगद छुट मुख्य हिस्सा हुने छ । यस्तोमा मोटरसाइकल बिक्रेता कम्पनीहरुले १५ हजारसम्मको नगद छुट, एक्स्चेन्ज अफर, एक्स्चेन्ज बोनस, हेलमेट, ४ देखि १६ वटासम्म निःशुल्क सर्भिस सुविधा, एक वर्षको सडक कर जस्ता अफरहरुको तयारी कम्पनीहरुले गरिरहेको बुझिएको छ ।

नेपालमा बिक्री हुने मोटरसाइकल तथा स्कुटरको वार्षिक बिक्रीको ४० प्रतिशत चाडपर्वको समयमा नै बिक्री हुने भएकाले कम्पनीहरुले आक्रमक अफर ल्याउने तयारी गरिरहेका हुन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.