Friday, September 25, 2020

दुर्घटनामा घाईते क्रिकेटर ललित भण्डारीको अवस्थामा सुधार,थप उपचारका लागि कोहलपुर रेफर

- Advertisement -

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनपुरको झलारी बजारमा मोटरसाइकल दुर्घटनामा परेका राष्ट्रिय क्रिकेटर ललित भण्डारीलाई थप उपचारका लागि कोहलपुर लगिएको छ । उनको खुट्टा, कम्मर र टाउकोमा चोट लागेको छ । निसर्ग अस्पतालमा उपचार गरिँदा टाउकोको चोटको सिटी स्क्यान सम्भव नभएपछि  नेपालगञ्ज रेफर गरिएको हो ।                            त्यहाँ पुगेपछि उनको उपचार हुनेछ । त्यहाँ पनि सम्भव हुन सकेन भने उनलाई हेलिकप्टरमा काठमाडौ लैजाने तयारी भएको छ । उनको टाउकोको चोटका कारण केहि चिन्ताजनक अवस्था रहेको बताइएको छ । जसका कारण उनी अझै पनि पुर्ण रुपमा होसमा आएका छैनन् । यदपी मान्छेलाई चिन्ने अवस्थामा पुगेका छन् । निसर्ग अस्पतालको एम्बुलेन्स बिग्रिएकोले महेन्द्रनगरबाट एम्बुलेन्स मगाएर नेपालगञ्ज पठाइएको हो ।

धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको से १ ख १३२४ नंम्बरको ट्रक र म २ प ४७०५ नम्बरको एक आपसमा ठोक्किदा मोटरसाइकलमा सवार क्रिकेटर भण्डारी घाइते भएका हुन् । कोरोना महामारीका कारण भण्डारी अहिले घरमै थिए । दुर्घटनामा शुक्लाफाटा नगरपालिका १० भण्डारी र उनका भाइ नाता पर्ने करन ठगुन्ना पनि घाइते भएका हुन । भण्डारी सवार मोटरसाइकललाई ठक्कर दिने ट्रकका चालक भने फरार रहेका छन् ।

 

ललित पछिल्लो समय चोटका कारण राष्ट्रिय टोलीबाट बाहिर रहेका छन् । नेपाल पुलिस क्लबबाट घरेलु क्रिकेट खेल्दै आएका उनी फ्रेन्चाइज लिगमा नियमित खेलिरहेका खेलाडी हुन् । भण्डारीले सन् २०१७ देखि राष्ट्रिय क्रिकेट टोलीमा सहभागी भई क्रिकेट खेल्दै आएका छन् । २०१७ डिसेम्बरको विश्व क्रिकेट लिग च्याम्पियनसिपमा युएईसंग खेल्दै डेब्यु गरेका भण्डारी त्यसपछि नियमित रुपमा टिममा रहेका छन् ।        नेपालले नेदरल्याण्डसंग अगस्टमा खेलेको एकदिवसीय सिरिज अन्तर्गत टिममा रहेका भण्डारीले नेपाल १ रनले विजयी हुँदै पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय जित हासिल गर्ने क्रममा २ विकेट लिएका थिए । नेपाल पुलिस क्लबको लागि नियमित घरेलु क्रिकेट खेल्ने भण्डारीले सन् २०१३ को यु–१९ युथ एसिया कपमा नेपाली अन्डर–१९ टिमको लागि पहिलो पटक खेल्ने मौका पाएका थिए ।डेब्युमा पाकिस्तानसंग २ विकेट लिएका उनले त्यस प्रतियोगितामा कुल ३ खेलमा ५ विकेट लिंदै प्रभावित बनाएका थिए ।- खबरकुञ्ज अनलाइनवाट साभार

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

गाइबाँधे–लिप्ना सडकखण्डमा कालोपत्रेका लागि काम शुरु, मन्त्री बोहराद्वारा शिलान्यास

हरिश चन्द, डडेलधुरा प्रदेश गौरवको योजना दैजी–जोगबुडा–सलौन–चिरकिट्टे–पोखरा–बेलापुर–ढुंगाड सडक खण्ड अन्तरगत गाइबाँधे लिपना खण्ड कालोपत्रे गरिने भएको छ । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री...

दार्चुलामा जताजता सशस्त्र प्रहरी, उतैउतै भारतीय एसएसबी

दार्चुला- नेपालले दार्चुलास्थित नेपाल-भारत सीमा र भारत अतिक्रमित कालापानी क्षेत्रमा सुरक्षा उपस्थित बढाएसँगै भारतीय पक्षले पिछा गर्न थालेको छ। पछिल्लो समय नेपालले सीमा क्षेत्रमा...

बैतडी, दार्चुला र बझाङ जिल्ला जोड्ने सडक विस्तारको काम शुरु

असोज ७, बैतडी । बैतडी, दार्चुला र बझाङ जिल्ला जोड्ने सडकको रूपमा रहेको बैतडीको महत्वपूर्ण गन्ना–गनैखान सडकको ट्र्याक विस्तार गर्ने कार्य शुरु भएको छ...

कतारमा रोजगारी गुमाएकाले पनि अर्को काम खोजेर गर्न सक्ने, कसरी गर्ने...

काठमाण्डौ – कतारमा रोजगारी गुमाएर घर फर्कने दिन कुरिरहेकाहरुले पनि अर्को काम खोजेर गर्न सक्ने भएका छन् । कतार सरकारले पछिल्लो समय प्रमोट गरिरहेको ‘रि...

कैलाली मालपोतका कर्मचारीमा कोरोना पुष्टि, कार्यालयका सेवा बन्द गरियो

भूमिसुधार तथा मालपोत कार्यालय कैलालीका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। कार्यालय प्रमुख सुरेन्द्र केसीले दिएको जानकारी अनुसार कार्यालयमा कार्यरत पुरुष कर्मचारीमा संक्रमण...

शुक्लाफाँटाको न्यायिक समितिद्वारा १६ बढी मुद्दाको किनारा

देशैभर बन्दाबन्दी (लकडाउन) भएको बेलामा शुक्लाफाँटा नगरपालिका न्यायिक समितिको काम सुचारु नै रह्यो । बढ्दै गएको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै न्यायिक समितिले स्वास्थ्य...

पुनर्वास नगरपालिकामा स्थानीय हक अधिकार मंच गंठन- अध्यक्षमा भानसिंह धामी सर्व-सहमत

लाल बहादुर एस के / कंचनपुर कंचनपुरको पुनर्वास नगरपालिकामा स्थानीय हक अधिकार मंच गठन भएको छ ।स्थानीय हक अधिकार मंचको अध्यक्षमा भानसिंह धामी सर्वसहमत चुनिनु...

आइपीएलमा चेन्नाइको विजयी सुरुवात

मुम्बई इन्डियन्सलाई ५ विकेटले पराजित गर्दै चेन्नाई सुपर किङ्सले १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी(ट्वान्टी क्रिकेटमा विजयी सुरुवात गरेको छ। युएईको अबुधाबीमा शनिबार...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया