Thursday, October 1, 2020

महाकाली करिडोरले अब गति लिने, ९० करोड वजेट स्विकृत

- Advertisement -

बैतडी,भदौ २८ / महाकाली करिडोरले अब गति लिने भएको छ । सरकारले ट्रयाक खोल्नका लागि एकमुष्ठ रुपमा ठुलो रकम विनियोजन गरेपछि करिडोर निर्माणको कामले तीब्रता पाउने भएको हो । अर्थ मन्त्रालयबाट महाकाली करिडोरका लागि बहुबर्षीय ठेक्का अन्र्तगत ट्रयाक खोल्नका लागि ९० करोड वजेट स्विकृत भएको बैतडीबाट निर्बाचित संघिय सांसद दामोदर भण्डारीले बताउनुभयो । उक्त वजेटबाट कञ्चनपुरको दोधारा चाँदनीदेखि दार्चुलाको तिंकरसम्म करिडोरको ट्रयाक खोलिने बताईएको छ ।

तीन वर्षभित्र ट्रयाक खोलिसक्ने गरी सरकारले वजेट स्विकृत गरेको हो । उनका अनुसार ट्रयाक खुलेपछि दातृ निकायबाट पुल तथा सडक कालोपत्रेका काम अगाडी बढाउने योजना छ। दार्चुलाको खलंगादेखि तिंकरसम्म सडक निर्माणका लागि लामो समयदेखि काम भईरहेको छ। २०६५र०६६ मा करिडोरको अवधारणा आएपछि बैतडीमा पनि ट्रयाक खोल्ने काम सुरु भएको हो। तर कञ्चनपुर र डडेलधुरामा भने फाटफुट बाहेक ट्रयाक खोल्ने काम राम्रो संग अगाडि बढ्न सकेको छैन।

पूर्ब अर्थ राज्यमन्त्री समेत रहेका सांसद दामोदार भण्डारीका अनुसार करिडोरको अनुमानित लागत १८ अर्व रहेको छ । करिडोर निर्माणपछि पञ्चेश्वरबाट दुई घन्टामा ब्रम्हदेव पुग्न सकिन्छ । बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले भने, ‘चारवटै जिल्लाका लागि यो सडक लाइफलाइन हो।’ उनका अनुसार विनियोजित वजेटबाट पञ्चेश्वरमा मात्रै यसवर्ष ५० किलोमिटर ट्रयाक खुल्नेछ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

सुदूरपश्चिममा बुधवार थपिए १९६ जना कोरोना पुष्टी

– सुदूरपश्चिममा एकैदिन एक सय ९६ जना कोरोना संक्रमित थपिएका छन्। चार वटा प्रयोगशालामा भएको परीक्षणमा एक सय ९६ जनामा संक्रमण पुष्टि भएको हो। सामाजिक...

बैतडीमा भीरबाट लडेर एकको मृत्यु

बैतडीः बैतडीमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिगास गाउँपालिका २ धौलाडीका २१ वर्षीय हरिभान सिंह धामी रहेका छन्। बुधबार खर काट्ने...

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक भएको छ । हाल रसुवागढी नाकाबाट निकै कम मात्र कन्टेनर नेपाल भित्रिएकामा दुवै नाका सहज बनाउन...

प्रदेश नम्बर १ लोकसेवा आयोगले छुट्टै लोगो प्रयोगमा ल्याउने, उत्कृष्ट डिजाइनरलाई...

काठमाडौँ – प्रदेश लोक सेवा आयोग विराटनगरले छुट्टै लोगो निर्माण गरी प्रयोगमा ल्याउने भएको छ । आयोगले लोगो डिजाइन गरी पेस गर्न बुधबार सार्वजनिक सूचना...

बेदकोटका वडाध्यक्ष धामीमाथि कुटपीट

कञ्चनपुर, १३ असोज कञ्चनपुरको बेदकोट नगरपालिका ९ का वडाध्यक्ष राम सिह धामीमाथि कुटपिट भएको छ । मंगलबार राती वडाध्यक्ष धामीमाथि सुन्दरपुर क्षेत्रमा आकस्मिक कुटपिटमा परेका...

धनगढी विमानस्थलमा भीओआररडीएमई उपकरण जडान

वीरेन्द्र भट्ट धनगढी । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि सबैभन्दा लामो धावनमार्ग भएको धनगढी विमानस्थलमा भीओआर/डीएमई उपकरण जडान गरिएको छ । भीओआररडीएमई (जहाजलाई बाटो देखाउने उपकरण) जडान...

नायब सुब्बाको जागिर छोडेर किवी खेतीमा लागे तारामणी !

सरकारी जागिरमा प्रवेश गर्ने धेरैको रहर हुन्छ । अझ सरकारी जागिरमा स्थायी नै हुन पाए जीवनमा धेरै दुःख गर्न नपर्ने हामी धेरैको बुझाइ पनि...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया