Saturday, September 26, 2020

खानेपानी विभागले पायो पहिलो महिला महानिर्देशक, को हुन महानिर्देशक श्रेष्ठ?

- Advertisement -

मीना श्रेष्ठ

काठमाडौं, भदौ २७- नेपालभर खानेपानी र ढल व्यवस्थापनको जिम्मेवारी बोकेको खानेपानी तथा ढल व्यवस्थापन विभागले इतिहासमै पहिलो महिला महानिर्देशक पाएको छ।

करिब पाँच दशक लामो इतिहास बोकेको विभागमा खानेपानी मन्त्री बिना मगरले पहिलो महिला महानिर्देशकको रुपमा मीना श्रेष्ठलाई नियुक्त गरेकी हुन्। श्रेष्ठ यसअघि विभागको उप–महानिर्देशक पदमा कार्यरत थिइन्।

विभागका महानिर्देशक सुनिलकुमार दास मन्त्रालय सरुवा भएसँगै विभागमा श्रेष्ठलाई नियुक्त गरिएको हो। श्रेष्ठले शुक्रबारदेखि नै आफ्नो जिम्मेवारी सम्हालेको मन्त्रालयका सहसचिव तथा प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए।

खानेपानी विभागको उपमहानिर्देशकमा कार्यरत श्रेष्ठलाई खानेपानी मन्त्रालयको शुक्रबारको बैठकले महानिर्देशकमा पदस्थापन गर्ने निर्णय गरेको प्रवक्ता शाक्यले बताए। श्रेष्ठ, खानेपानी विभागमा कार्यरत वरिष्ठ सहसचिवहुन। ‘उहाँलाई वरिष्ठताको आधारमा खानेपानी तथा ढल व्यवस्थापन विभागको महानिर्देशकमा पदस्थापन गर्ने निर्णय गरिएको हो’, प्रवक्ता शाक्यले भने।

श्रेष्ठ खानेपानी विभागको करिब ५० वर्षे इतिहासमै महानिर्देशकमा नियुक्त पहिलो महिला हुन। खानेपानी र ढल व्यवस्थापनसम्बन्धी सेवा सञ्चालनको व्यवस्था गर्न २०२९ सालमा खानेपानी तथा ढल व्यवस्थापन विभाग स्थापना गरिएको थियो।

वरिष्ठताका आधारमा पनि अगाडि रहेकी श्रेष्ठलाई महानिर्देशक नियुक्त गरेर मन्त्रालयले सकारात्मक सन्देश दिएको छ।

को हुन महानिर्देशक श्रेष्ठ?

वि.सं. २०५३ देखि सरकारी सेवामा रहेकी श्रेष्ठ अनुभवी र क्रियाशील कर्मचारी हुन। नेपाल सरकारको कोटाबाटै स्नातक तहसम्मको पढाई पुल्चोक इन्जिनियरिङ कलेजबाट पूरा गरेकी श्रेष्ठले स्नातकोत्तर तहको पढाई भने स्ट्रक्चरल इन्जिनियरिङतर्फ बैंककबाट पूरा गरिन्।

२०६६ साल चैत १२ गते लिखित परीक्षाबाटै बिल्डिङ एन्ड आर्किटेक उपसमूहको सिनियर डिभिजनल इन्जिनियर (उपसचिव) पदमा बढुवा भएकी श्रेष्ठ २०७१ सालमा स्यानिटरी उपसमूह अन्तर्गत सहसचिव पदमा पदोन्नति भएकी थिइन्।

स्यानिटरी उपसमूह अन्तर्गत सहसचिव पदमा बढुवा भएपछि उनी २०७१ माघ ८ गतेदेखि खानेपानी मन्त्रालयमा प्रवेश गरेकी हुन्।

पछिल्लो समय सामाजिक सञ्जालमार्फत सुशासनको पैरवी गर्दै आएका खानेपानी मन्त्रालयका पूर्वसचिव भीम उपाध्याय अन्य मन्त्रालय तथा निकायमा वरिष्ठता मिचिएको तथा सम्मान नगरिएको भन्दै सरकारको आलोचना भइरहेको समयमा खानेपानी विभागमा वरिष्ठतालाई मन्त्रीले सम्मान गर्दा सकारात्मक सन्देश प्रवाह भएको बताउँछन्। ‘पछिल्लो समय सरकारले गरेको नियुक्तिमा निकै विवाद आइरहेको बेला खानेपानी मन्त्रीले वरिष्ठ कर्मचारीलाई विभागको जिम्मेवारी दिनु सकारात्मक छ। यसले त्यहाँ कार्यरत अन्य कर्मचारीलाई पनि मोटिभेसन हुन्छ र परिणाम पनि सकारात्मक आउँछ’, उपाध्यायले भने।

श्रेष्ठले आफूलाई मन्त्रालयले विश्वास गरेर प्रदान गरेको जिम्मेवारी सबैको सहकार्यमा सफलतापूर्वक सम्पन्न गर्ने बताइन्। ‘पक्कै पनि विभागको प्रमुख हुँदा काम गर्ने अवसर र चुनौतीहरु धेरै छन्। तर, मन्त्रीज्यू, मन्त्रालयको सहयोग, मेरो अनुभव र सबै कर्मचारीहरुको सहयोगबाट लक्ष्य पूरा गर्न सफल हुने ठानेकी छु’, उनले भनिन्। आफूले मन्त्रालय र मन्त्रीको स्पिडसँग काम गर्दै विभागलाई त्यही अनुरुप अघि बढाउने स्पष्ट पारिन्।

पछिल्लो समय कोभिड–१९ को महामारीले सरसफाइको महत्व थप स्पष्ट पारेको बताउँदै श्रेष्ठले ‘वाटर सप्लाई र स्यानिटेसन’को क्षेत्रमा मुख्य रुपमा काम गर्नुपर्ने आवश्यकता रहेको बताइन्। ‘कोभिड महामारीले पनि हामीलाई सरसफाई, पानीको उपयोग, ढल व्यवस्थापन जस्ता विषयमा महत्वपूर्ण सन्देश दिएको छ। यी क्षेत्रमा विभागले प्रभावकारी ढंगले काम गर्नुपर्छ र यसमा विभाग पूर्णरुपमा लाग्नेछ’, श्रेष्ठले भनिन्।

विभागले हाल गुणस्तर सुधार तथा सेवा नियमन, योजना अनुगमन तथा मूल्यांकन, आर्थिक प्रशासनका कार्यहरु गर्दै आएको छ। विभाग अन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाहरु, इलेक्ट्रोमेकानिकल तथा हाइड्रो जियोलोजिकल, ढल व्यवस्थापन तथा वातावरणीय सरसफाइ, राष्ट्रिय खानेपानी तथा सरसफाइ प्रशिक्षण केन्द्र, डिजाईन अनुसन्धान तथा उपयुक्त प्रविधि विकास शाखाहरु रहेका छन्। विभाग अन्तर्गत साना सहरी खानेपानी तथा सरसफाई, जलवायु अनुकुलित बृहत खानेपानी आयोजना, सहलगानी खानेपानी तथा सरसफाई आयोजनाहरु सञ्चालनमा रहेका छन्।-नेपालखबर

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले सुरु ग¥यो अनलाइन परीक्षा

महेन्द्रनगरः कोरोना कहरका बीच सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले शुक्रबारदेखि अनलाइन प्रणालीबाट परीक्षा सञ्चालन गरेको छ। मुलुककै शैक्षिक गतिविधि कोरोनाका कारण प्रभावित भइरहेका बेला विश्वविद्यालयले भने यहाँ...

कञ्चनपुरमा युवतीलाई बन्धक बनाएर सामूहिक बलात्कार गर्ने दुई युवक पक्राउ

कञ्चनपुर प्रहरीले सामूहिक बलात्कारमा संलग्न भएको आरोपमा थप दुई जनालाई पक्राउ गरेको छ। गत भदौँमा जिल्लाको बेल्डाडी गाउँपालिकामा १६ वर्षीया किशोरीलाई बन्धक बनाएर सामूहिक बलात्कार...

बैतडीः पञ्चेश्वर गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

असोज ९ बैतडीको पञ्चेश्वर गाउँपालिकाले गत आर्थिक वर्षको सार्वजनिक सुनुवाई कार्याक्रम सम्पन्न गरेको छ । गत आर्थिक वर्ष ७६÷७७ मा गरेका विकास निर्माणका कार्यहरुको...

तयार रहनुहोस् : स्थगित परीक्षा सञ्चालनबारे यस्तो आयो त्रिविको पछिल्लो अपडेट

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ । त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र...

गृहमन्त्री थापाद्वारा छाङरुमा सशस्त्र प्रहरीको गुल्म शिलान्यास

दार्चुला — ब्यास गाउँपालिका १ छाङरुमा सशस्त्र प्रहरी गुल्मको शिलान्यास गरिएको छ । गृहमन्त्री रामबहादुर थापाले शुक्रबार दिउँसो सशस्त्र प्रहरी बल नेपाल नम्बर ५०...

लोक सेवाले लिने भयो रोकिएका परीक्षा, यस्तो छ नयाँ तालिका

९ असोज, काठमाडौं । लोक सेवा आयोगले लकडाउनका कारण रोकिएका परीक्षाहरुको नयाँ तालिका सार्वजनिक गरेको छ । आयोगले शुक्रबार शाखा अधिकृत, नायब सुब्बा र स्थानीय...

कृष्णपुरको वाणिमा ६ कोठे विद्यालय भवन उद्घाटन

नरेश गिरी कञ्चनपुरको कृष्णपुर नगरपालिका २ वाणिमा रहेको सरस्वती माविमा ६ कोठे पक्की भवनको उद्घाटन गरिएको छ । सुदूरपश्चिम प्रदेश सभा सदस्य महेश दत्त जोशीको...

फार्मेसी संगठनद्धारा ‘फार्मासिस्ट दिवस’को अवसरमा फलफुल र औषधी वितरण

महेन्द्रनगर ९ अशोज । सुदूरपश्चिम फामेर्सी संगठनले विश्व फार्मासिस्ट दिवस मनाएको छ । संगठनले दिवसको अवसरमा फलफुल तथा औषधि वितरण गरेको छ । शुक्रबार दिवसको अवसरमा...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया