Tuesday, September 29, 2020

शिक्षा मन्त्रालयले विद्यार्थीलाई निःशुल्क इन्टरनेट दिने, यसरी लिनुहोस् सेवा

- Advertisement -

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सिकाइ सहजीकरणका लागि विद्यार्थी र विद्यालयलाई आगामी असोजबाट निःशुल्क इन्टरनेट उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट १९ भदौमा पारित विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकामा शिक्षा मन्त्रालयले निःशुल्क इन्टरनेट दिनुपर्ने उल्लेख छ ।

‘नेपाल टेलिकम लगायत इन्टरनेट सेवा प्रदायक संस्थाबाट शैक्षिक प्रयोजनका लागि मात्र हुने गरी निःशुल्क वा सहुलियत शुल्कमा डाटा प्याकेज प्राप्त गरी विद्यालय र विद्यार्थीलाई निःशुल्क उपलब्ध गराउने’ निर्देशिकामा मन्त्रालयको भूमिकाबारे स्पष्ट लेखिएको छ ।

 

काठमाडौं, डिल्लीबजारस्थित विजय स्मारक माध्यमिक विद्यालयका प्रधानाध्यापक डिल्लीप्रसाद शर्मा डाटा किनेर अनलाइन कक्षा सञ्चालन गर्दा दुई कक्षाका लागि २०० रुपैयाँसम्म खर्च हुने गरेको बताउँछन् । उनी भन्छन्, ‘हाम्रा विद्यार्थीका अभिभावक मध्ये धेरैका लागि यो रकम क्षमता भन्दा बाहिरको कुरा हो ।’

 

अभिभावक संघ नेपालका अध्यक्ष केशव पुरी भने सरकारले निःशुल्क इन्टरनेट उपलब्ध गराउने व्यवस्था कार्यान्वयन हुनेमा आशंका व्यक्त गर्छन् । सुरुमा आफैंले निःशुल्क भनेको अनलाइन कक्षालाई यही निर्देशिकामार्फत सशुल्क बनाउनुले पनि सरकारको भनाइ र गराइमा भिन्नता देखिएको उनको भनाइ छ । ‘आफैंले बनाएको निर्देशिका अनुसार मन्त्रालयले १ असोजदेखि निःशुल्क इन्टरनेट दिन्छ की दिँदैन हेर्छौं,’ अध्यक्ष पुरी भन्छन्, ‘यदि दिएन भने यो निर्देशिका कागजको खोस्टो मात्रै रहेछ भनेर बुझ्छौं ।’

यो निर्देशिका १ असोजबाट अनिवार्य कार्यान्वयनका लागि शिक्षा मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहका निकाय र सरोकारवालालाई निर्देशन दिइसकेको छ ।

मन्त्रालयद्वारा जारी निर्देशिका कार्यान्वयन सम्बन्धी सूचनामा राष्ट्रिय पाठ्यक्रम प्रारुपले निर्दिष्ट गरेका सिकाइ उपलब्धीहरू हासिल गर्न र विद्यालय उमेरका बालबालिकालाई आफ्नो उमेर अनुकुल सिक्ने वातावरण सिर्जना गर्नका लागि तिनै तहका सरकारले निर्देशिका कार्यान्वयन गर्नुपर्ने भनिएको छ ।

विद्यालय र विद्यार्थीहरूले इन्टरनेट महँगो भएर अनलाइन कक्षा प्रभावित भएको गुनासो गरेपछि मन्त्रालयले निःशुल्क इन्टरनेटको व्यवस्था गर्नुपर्ने उल्लेख गरेको हो । जनबोली न्यूज 

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

गिट्टी निकाल्ने क्रममा पहिरो जादा एक जनाको ज्यान गयो, २ जना...

स्याङ्जा- स्याङ्जाको वालिङमा पहिरो जाँदा एक जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन् । https://youtu.be/UqEVwe1lT1c गिट्टी निकाल्ने क्रममा माथिबाट पहिरो सहितको ढिस्कोले पुरिएर वालिङ...

पुनः नियुक्तिको माग गर्दै उदयपुर सिमेन्टका मजदूरहरु आन्दोलित

उदयपुर- उदयपुर सिमेन्टका मजदूरहरुले पुनः नियुक्तिको माग गर्दै आन्दोलित भएका छन् । कोरोना भाइरस सङ्क्रमणका कारण केही समयका लागि उद्योग बन्द हुँदा आफूहरुलाई बिदा दिएको...

दु‌ई नयाँ अध्यादेशमा के छ ?

काठमाडौं- तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७७ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ जारी भएपछि अब...

असोज २० गतेबाट दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव

काठमाडौं – यातायात व्यवस्था विभागले असोज २० गतेबाट सार्वजनिक सवारीमा दशैंको अग्रिम टिकट बुकिङ खुलाउन प्रस्ताव गरेको छ । यातायात व्यवसायीहरुसँग छलफल गर्दै विभागले असोज...

बैतडीको पञ्चेश्वर गाउँपालिकामा कर्मचारी तदर्थ समिति गठन

नरेश तिवारी  बैतडीको पञ्चेश्वर गाउँपालिकामा स्थानीय तहका कर्मचारीहरुको हक हित संरक्षण तदर्थ समिति गठन गरिएको छ। गाउँपालिकामा असोज ९ गते गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत...

दुई वर्षसम्म सुदूरपश्चिमको स्थायी राजधानी जंगलमै

भानुभक्त आचार्य कैलाली । घोषणा भएको २ बर्षसम्म पनि सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी कार्यान्वयन हुन सकेको छैन । स्थायी राजधानी घोषणा गरिएको वन क्षेत्रको जग्गासमेत...

महासचिव विष्णु पौडेल मन्त्री बन्दै

काठमाडौं । सत्तारुढ दल नेकपा मन्त्रिमण्डल पुनर्गठनको तयारीमा जुटेपछि नयाँ बन्ने मन्त्री र फालिने मन्त्री को–को पर्लान् ? सबैको चासो अहिले यसमै छ । त्यसमा...

यि हुन प्रचण्डले छानेका १० मन्त्रालय, ओली ९ मात्र दिने अडानमा

काठमाडौ रनेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् पुनर्गठन गर्ने सहमति भए पनि मन्त्रालय मिलाउने क्रममा खटपट...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया