Saturday, September 26, 2020

नेकपा स्थायी कमिटीको बैठक : महाधिवेशनको मिति तय, दुई अध्यक्षको कार्यविभाजन

- Advertisement -

काठमाडौं– आन्तरिक विवादका कारण पटक–पटक बिथोलिँदै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक महाधिवेशनको मिति तय गर्दै सकिएको छ ।

बैठकले पार्टीको केन्द्रीय महाधिवेशनको मिति तय गरेको छ भने दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालको कार्यविभाजन गरेको छ ।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले संवाददाताहरुलाई दिएको जानकारी अनुसार नेकपाको महाधिवेशन आगामी चैत २५ देखि ३० गतेसम्म काठमाडौंमा हुनेछ । ‘महाधिवेशनबारे गृहकार्य गर्न कात्तिक १५ देखि १७ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरिएको छ,’ उहाँले भन्नुभयो ।

दुई अध्यक्षको कार्यविभाजन
बैठकले अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई सरकार सञ्चालन र अध्यक्ष दाहाललाई पार्टी काममा केन्द्रित हुने गरी कार्यविभाजन गरेको छ । यस्तै कार्यविभाजन २०७६ मंसिर ५ गतेको बैठकमा नै नेकपाले गरिसकेको थियो ।

असार १० देखि सुरु भएको बैठक पटक–पटक अबरुद्ध हुँदै शुक्रबार सकिएको हो ।

एमसीसी परिमार्जनसहित अनुमोदन
नेकपा बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई आवश्यकताअनुसार संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय गरेको छ । वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलको सुझावलाई ध्यानमा राखेर छलफल गर्ने र संशोधनसहित प्रक्रिया अगाडि बढाउने निर्णय भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

दुई अध्यक्षको समापन मन्तव्य
स्थायी कमिटी बैठक समापनमा अध्यक्षद्वय ओली र दाहालले संक्षिप्त सम्बोधन गर्नुभएको थियो । उहाँहरुले यसबीचमा भएका उतारचढावबाट शिक्षा लिँदै पार्टीलाई नयाँ उचाईको एकता र संकल्पसहित अगाडि बढाइने प्रतिबद्धता जनाउनुभएको थियो ।

बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानीको अतिक्रमित भूभागसहितको नयाँ नक्सा जारी गर्ने, संविधान संशोधन गर्ने कार्य गरेकोमा सरकारलाई धन्यवाद दिएको छ ।

यसैगरी कोभिड– १९ नियन्त्रण, रोकथाम र उपचारमा सरकारले बढाएका योजनालाई सकारात्मक लिँदै बैठकले थप प्रभावकारी कार्य गर्न आग्रह गरेको छ ।

बैठकमा १३ जना नेताहरुले आ–आफ्नो धारणा राख्नुभएको थियो । नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, अमृतकुमार बोहरा, युवराज ज्ञवाली, भीम रावल, घनश्याम भूसाल, अष्टलक्ष्मी शाक्य, देव गुरुङ, मातृकाप्रसाद यादव, रघुजी पन्त, लिलामणि पोखरेल, भीम आचार्यले सुझाव राख्नुभएको थियो ।

‘माधव नेपालको असन्तुष्टि छैन’
नेकपा प्रवक्ता श्रेष्ठले बैठकका निर्णयमा वरिष्ठ नेता माधवकुमार नेपालको असन्तुष्टि नरहेको जिकिर गर्नुभएको छ । ‘उहाँले असन्तुष्टि राख्नुभएको छैन,’ प्रवक्ता श्रेष्ठले भन्नुभयो, ‘सकारात्मक टिप्पणी गर्नुभएको छ ।’ नेपाल टेलिभिजन

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

गृहमन्त्री थापाद्वारा छाङरुमा सशस्त्र प्रहरीको गुल्म शिलान्यास

दार्चुला — ब्यास गाउँपालिका १ छाङरुमा सशस्त्र प्रहरी गुल्मको शिलान्यास गरिएको छ । गृहमन्त्री रामबहादुर थापाले शुक्रबार दिउँसो सशस्त्र प्रहरी बल नेपाल नम्बर ५०...

कृष्णपुरको वाणिमा ६ कोठे विद्यालय भवन उद्घाटन

नरेश गिरी कञ्चनपुरको कृष्णपुर नगरपालिका २ वाणिमा रहेको सरस्वती माविमा ६ कोठे पक्की भवनको उद्घाटन गरिएको छ । सुदूरपश्चिम प्रदेश सभा सदस्य महेश दत्त जोशीको...

६ महिना आफ्नै घरमा राखेर भरतले बिदाइ गरे स्विस नागरिकलाई

कैलाली विश्वमा साइकल यात्रामा निस्किएर कैलालीमा रोकिएका स्विस नागरिक लुइस कर्नेली लाई बिदाइ गरिएको छ । कञ्चनपुरको गड्डाचौकी नाका हुँदै नेपाल प्रबेश गरेका उनी लक...

विद्यार्थी र शिक्षकका लागि यसरी लिनुहोस् टेलिकमको ह्याप्पी लर्निङ प्याक

काठमाडौं। नेपाल टेलिकमले देशैभरका विद्यार्थी र शिक्षकका लागि ह्याप्पी लर्निङ प्याक सञ्चालन गरिरहेको छ । यो प्याक टुजी, थ्रीजी र फोरजी गरी सबै नेटवर्कमा...

युवतीहरु विवाहपछि मोटाउनुको खास कारण यस्तो छ !

दुव्लो भएका युवा युवती विवाह पछि मोटाएका हामीले धेरै देखेका छौं । अझ साथी भाईहरुबीच त बिहेपछि त मोटाइस् नी भन्ने प्रतिक्रिया दिने गरिएको...

कुलमानलाई नै विद्युत प्राधिकरणमा ल्याउने सरकारको तयारी

काठमाडौं असोज ९(नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै सो पदमा पुनः नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा गएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री...

विवाहपछि धेरैजसो महिलालाई हुन्छ यी ५ कुराको पछुतो

यसमा धेरै जसो महिला यस्ता हुन्छन्, जसले पछि गएर आफूले गरेको फैसलामा पछुतो मान्ने गर्दछन्। कुनै समय त उनीहरुलाई विवाह गरेमै पछुतो हुने गर्दछ।...

नयाँ मन्त्री बन्नेको भिडः बालुवाटार र खुमलटारमा – यी नेता बन्दैछन्...

काठमाडौं( मन्त्रीमण्डल पुनर्गठन, संवैधानिक एवं राजनीतिक नियुक्तिको विषयमा सहमति जुटाउन सत्ताधारी दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया