Saturday, September 26, 2020

नेपालमा प्रतिवर्ष ४ लाखको हाराहारीमा नेपालीले रोजगारी पाएको विश्वबैंकको तथ्याङ्क

- Advertisement -

काठमाडौं– सरकारले हरेक वर्ष सार्वजनिक गर्ने नीति तथा कार्यक्रममा स्वदेशमै रोजगारी सिर्जना गर्ने कुरालाई प्राथमिकतामा राखेको हुन्छ । तर वैदेशिक रोजागरीमा जानेहरुको संख्यामा कमी आएको छैन । विश्व बैंकले हालै सार्वजनिक गरेको एक प्रतिवेदनले भने हरेक बर्ष लगभग ४ लाख नेपालीले रोजारी पाएको देखाएको छ

नेपालमा पछिल्लो १० वर्षमा ४० लाख रोजगारी सिर्जना भएको एक अध्ययनले देखाएको छ । विश्व बैंकले हालै सार्वजनिक गरेको नेपाल जब डाइग्नोस्टिक रिपोर्टू नामक प्रतिवेदन अनुसार नेपालको अर्थतन्त्रले गएको एक दशकमा चालिस लाख जनालाई नयाँ रोजगारी दिएको छ । प्रतिवेदन सन् २००८ देखि २०१८ सम्मको अवधिको अध्ययनमा आधारित छ ।

अध्ययनका सुरूका वर्षहरूमा सबैभन्दा बढी व्यक्ति कृषिमा संलग्न रहने गरेकोमा सन् २०१८ मा आएर सेवा क्षेत्रमा संलग्नताको संख्या बढ्दै गएको देखिन्छ । अझ रोजगारी पाएका मध्ये अनौपचारिक क्षेत्रमा ६० प्रतिशत रहेका छन् । यसले कृषिमा आधारित रहँदै आएको अर्थतन्त्र क्रमशः आधुनिक सेवा तर्फ उन्मुख हुँदै गएको देखाउँछ। गएको दशकमा नेपालको अर्थतन्त्रको संरचनात्मक परिवर्तन भएको र यसले श्रमशक्तिका लागि राम्रो अवसर सिर्जना गरेको प्रतिवेदनले उल्लेख गरेको छ।

तर राम्रो आयआर्जन हुने सबैखाले रोजगारीको अवसरमा भने पुरुषहरुकै बाहुल्य देखिन्छ । निर्माण, उत्पादन, उद्योग, यातायात, व्यापार जस्ता क्षेत्रमात्र होइन वैदेशिक रोजगारीमा समेत पुरुष कामदारले नै बढी अवसर पाएको देखिन्छ ।

अधिकांश महिलाहरु अनौपचारिक क्षेत्रमा र ज्याला नपाउने काममा संलग्न रहेको अध्ययनले देखाएको छ । तर पहिलेको तुलनामा महिलाले पनि सेवा क्षेत्रमा आफ्नो पहिचान बढाउदै गएको देखिन्छ । सन् २००८ मा रोजगारीको कूल १७ प्रतिशत मात्र हिस्सा ओगटेका महिलाहरुले सन् २०१८ मा २४ प्रतिशत हिस्सा ओगट्न पुगेको देखिन्छ ।

प्रतिवेदन हालै सार्वजनिक गरिएको र यसमा महामारी पछिको पुनर्स्थापनामा स्थायित्व सहितको सुरक्षित रोजगारीमा जोड दिइएको भएपनि कोभिड–१९ का कारण उत्पन्न आर्थिक गतिरोध र रोजगारी गुमिरहेको सम्बन्धमा भने केही उल्लेख छैन । नेपाल टेलिभिजन

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

मलेसियामा ज्यान गुमाउने श्रमिकका परिवारलाई बाँचुन्जेल तलब

काठमाडौं, असोज ९ अब मलेसियामा रोजगारीका क्रममा ज्यान गुमाउने नेपालीका परिवारले बाँचुन्जेल तलब पाउने भएका छन्। मलेसिया सरकारले सामाजिक सुरक्षा कार्यक्रममा सबै नेपाली श्रमिकलाई समेट्ने...

६ महिना आफ्नै घरमा राखेर भरतले बिदाइ गरे स्विस नागरिकलाई

कैलाली विश्वमा साइकल यात्रामा निस्किएर कैलालीमा रोकिएका स्विस नागरिक लुइस कर्नेली लाई बिदाइ गरिएको छ । कञ्चनपुरको गड्डाचौकी नाका हुँदै नेपाल प्रबेश गरेका उनी लक...

हेर्नुहोस आज सेप्टेम्बर २५ तारीख शुक्रबारको बिनिमय दर

कतार दुबई,मलेसिया लगायतका मुलुकको मुद्राको दरभाउमा पनि .. हेर्नुहोस आजको बिदेसी मुद्राको विनिमय दर‘ नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया...

सवारीसाधनका दसैं अफरमा छुटको प्रतिस्पर्धा

काठमाडौँ — कोभिड–१९ का कारण लकडाउन भएपछि लामो समय अटोमोबाइल्स क्षेत्र ठप्प बन्यो । बजार बन्द रहे । बिक्री र बुकिङ पनि ठप्प नै रह्यो । लकडाउन...

कुलमानलाई नै विद्युत प्राधिकरणमा ल्याउने सरकारको तयारी

काठमाडौं असोज ९(नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै सो पदमा पुनः नियुक्ति गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा गएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री...

अनुगमन टोली देखेपछि प्याजको भाउ आधा घट्यो !

८ असोज, काठमाडौं । बिहिबार बिहान महानगरपालिकाको बजार अनुगमन टोली मनोहराको तरकारी बजारमा पुग्यो । बजारमा रहेको सुनापति आलु प्याज सप्लायर्सले अनुगमन टोलीलाई प्याजको...

बैतडी, दार्चुला र बझाङ जिल्ला जोड्ने सडक विस्तारको काम शुरु

असोज ७, बैतडी । बैतडी, दार्चुला र बझाङ जिल्ला जोड्ने सडकको रूपमा रहेको बैतडीको महत्वपूर्ण गन्ना–गनैखान सडकको ट्र्याक विस्तार गर्ने कार्य शुरु भएको छ...

साउदीको अस्पतालमा रहेका प्रकाश गुरुङको ठेगाना र आफन्त खोज्दै दूतावास

काठमाण्डौ – साउदीको अस्पतालमा उपचाररत प्रकाश गुरुङ को आफन्त र ठेगाना थाहा हुन नसकेपछि नेपाली दूतावासले खोजी गरेको छ । बिरामी प्रकाशको साउदीको थोडिक अस्पतालमा उपचार...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया