धनगढीमा एउटै गणमा कार्यरत ४३ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय धनगढीमा कार्यरत ४३ जनामा संक्रमण पुष्टि भएको हो प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
कार्यालयका निमित्त प्रमुख तथा प्रहरी बरिष्ठ उपरिक्षक मुकेश सिंहले सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा तीन दिनमा ४३ जनामा संक्रमण पुष्टि भएको बताए।
आज ३७ जना, बुधवार चार जना र त्यसअघि दुई जना प्रहरीमा संक्रमण पुष्टि भएको उनले बताए। एक जना प्रहरी नायव निरिक्षक, एक जना प्रहरी सहायक निरिक्षक, तीन जना प्रहरी हवल्दार र ३८ जना प्रहरी जवानमा संक्रमण पुष्टि भएको सिंहले जानकारी दिए। उनका अनुसार सुदूरपश्चिम प्रदेशमा भने संक्रमित प्रहरीको संख्या ८३ पुगेको छ।