Friday, October 2, 2020

बेलौरी प्रहरीद्वारा ब्राउन सुगर सहित तीन जना पक्राउ

- Advertisement -

लाल बहादुर एस.के  बेलौरी, २५ भदौ ।             बेलौरी प्रहरीद्वारा एकैदिनमा फरक फरक समय र स्थानबाट ब्राउन सुगर सहित तीन जनालाई पक्राउ गरेको छ ।
बुधबार मध्यराति बेलौरी नगरपालिका–४ शान्तिपुरबाट दुई जना र बिहिबार दिउँसो मध्याह्नतिर लालझाडी गाउँपालिका–६ चान्देवबाट एक जना गरी तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

विशेष खबरका आधारमा बुधवार राती करिब १२ बजेको समयमा यु.पि. ३१ ए.जेट.३८१९ नम्बरको मोटरसाइकलमा सवार भइरहेको अवस्थामा दुई जना पक्राउ परेका थिए भने बिहीवार दिउँसो करिब बाह्र बजेको समयमा से.१प.६६६९ नम्बरको मोटरसाइकल सहित एक जना गरी तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बेलौरी नगरपालिका–४ का ३० वर्षीय शेरबहादुर चन्द, सोही ठाउँका अर्का ३४ वर्षीय मनोज बिष्ट र बेल्डाडी गाउँपालिका–३, बैवाह घर भएका ४५ वर्षिय हरिप्रसाद चौधरी रहेको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले जानकारी दिए ।

प्रहरी निरिक्षक चन्दका अनुसार जिल्ला प्रहरी कार्यालय कंचनपुरबाट खटी आएको सिभिल प्रहरी टोली र ईप्रका बेलौरीको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी चेकजाँच गर्दा मोटरसाइकलको लेगगार्डमा राखेको हेल्मेट भित्र लुकाएको अवस्थामा १९ ग्राम २६ मिलिग्राम खैरो हिरोईन (ब्राउन सुगर) बरामद गरिएको र त्यस्तै पक्राउ परेका अर्का चौधरीबाट ७ ग्राम २१ मिलिग्राम ब्राउन सुगर बरामद गरेको बताए ।

पक्राउ परेका तिनै जनामाथि थप अनुसन्धान भइरहेको र उनीहरूलाई आज नै जिल्ला प्रहरी कार्यालय कंचनपुरबाट म्याद थप गरी लागुऔषध सम्बन्धि मुद्दा दर्ता गरिने प्रहरी निरीक्षक चन्दले जानकारी दिए ।

प्रहरीको सकृयतामा लागुऔषध कारोबारीहरु पक्राउ परेपनि सन्तोषजनक तरिकाले रोकथाम हुननसकेको स्थानीयले गुनासो गरेका छन् । पछिल्लो समय बेलौरी, पुनर्वास र बेलडाँडीको खुल्ला नाकाबाट भइरहेको लागुऔषध ओसारपसारलाई नियन्त्रण गर्न प्रहरीले सशक्त कदम उठाउँनु पर्ने स्थानीयहरुले माग गरेका छन् ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

चेतन बोहराको दशै गित ‘फूलको माला ’ सार्वजनिक(भिडियो सहित)

मदन गिरी महेन्द्रनगर १५ असोज । उदयमान युवा गायक तथा मोडेल चेतन बोहराको दशैँ गित फूलको माला सार्वजनिक भएको छ । गायक चेतना बोहरा र...

विजयादशमीको साइत सार्वजनिक

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । विसं २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको...

वेदकोटमा जेष्ठ नागरिक दिवसको अवसर पारेर स्वास्थ्य परिक्षण फोटो ( फिचर...

१५ असोज कञ्चनपुरको बेदकोट नगरपालिकाले रौटेला धाम स्थीत बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रमा रहेका जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरेको छ । ३० औ जेष्ठ...

निर्मला बलात्काररहत्या प्रकरणः निलम्बनमै सकियो ३ प्रहरीको जागिर, ३ जना काममा...

काठमाडौं, असोज १४ कन्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको मुद्दा अनुसन्धानका क्रममा निलम्बनमा परेका तीन प्रहरीले अवकाश पाएका छन्। सरकारले निलम्बन फुकुवाका लागि कानुन...

 अध्यक्ष धामी भन्छन्– ममाथि तेस्रो पटक आक्रमण भयो

महेन्द्रनगर । बेदकोट नगरपालिका ९ का अध्यक्ष रामसिह धामीसित मंगलबार राति साँघातिक आक्रमण भएपछि उनी घरमा आराम गरि रहेका छन् । पेट र छातीमा...

दल दर्ता गर्न संघीय संरचना अनिवार्य

काठमाडौं, असोज १५। निर्वाचन आयोगले आयोगमा नयाँ दल दर्ता गर्न संविधानअनुसार दलको संघीय संरचना अनिवार्य गरेको छ । https://youtu.be/bv4jKzJhvTM आयोगले संविधानमा भएको संघीय संरचनाअनुसारको मुलुकको ढाँचाको...

सुदूरपश्चिममा बुधवार थपिए १९६ जना कोरोना पुष्टी

– सुदूरपश्चिममा एकैदिन एक सय ९६ जना कोरोना संक्रमित थपिएका छन्। चार वटा प्रयोगशालामा भएको परीक्षणमा एक सय ९६ जनामा संक्रमण पुष्टि भएको हो। सामाजिक...

अछाममा नगरपालिकाका इन्जिनियरलाई कुटपिट गर्ने नगरप्रमुखका छोरासहित ३ जना पक्राउ

अछामः अछाममा नगरपालिकाका कर्मचारीलाई कुटपिट गरेको आरोपमा नगर प्रमुखका छोरासहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार राति अछामको कमलवजार नगरपालिकाका मेयर ओमप्रकाश विष्टका छोरा...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया