Monday, September 21, 2020

राणा, पञ्‍चायत र राजासँग लड्यौं, अब कम्युनिस्टसँग लड्छौं

- Advertisement -

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार कोरोना भाइरसको नाममा भ्रष्टाचार गरिरहेको आरोप लगाएका छन् । प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०७ औं जन्मजयन्तीका अवसरमा बुधबार आयोजित ‘बीपीको विचार नेपालको समुन्‍नतिको मुल बाटो’ विषयक ‘भर्चुअल’ विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले सरकार कोरोनाको नाममा भ्रष्टाचार गरिरहेको आरोप लगाएका हुन् ।

“यो सरकारले कोरोना रोकथामका लागि कुनै कामै गर्न सकेको छैन,” सभापति देउवाले भने, “कोरोनाको नाममा पैसा उठाउने, पैसा कमाउने, भ्रष्टाचार गर्नुबाहेक केही काम गर्न सकेको छैन । कोरोना डर लाग्दो अवस्थामा पुगेको छ ।” उनले कोरोनाबाट बच्‍न जनतालाई आफै सजगता अपनाउन पनि आग्रह गरे ।

सभापति देउवाले केपी ओली नेतृत्वको सरकारबाट प्रजातन्त्रमाथि खतरा रहेको बताए । “प्रजातन्त्रमाथि धेरै ठूलो खतरा छ । यिनीहरुले प्रजातन्त्रका अधिकारहरु विस्तारविस्तारै खोस्‍न खोजिरहेका छन् । प्रेस स्वतन्त्रता खोस्‍न खोजिरहेका छन्, टेलिफोन ट्यापिङ गर्न खोजिरहेका छन्,” उनले भने, “कुनै पनि हालतमा यस्ता अप्रजातान्त्रिक कुराहरु स्वीकार्य हुन सक्दैनन् । आन्दोलन गर्नुपर्ने बेला आउन सक्छ । हामी त आन्दोलन गर्ने पक्षमा थियौं । तर, कोरोनाले गर्न सकिएन ।”

सभापति देउवाले प्रजातन्त्रका लागि राणा, पञ्चायत र राजा ज्ञानेन्द्रसँग लडेको स्मरण गर्दै अब कम्युनिस्टसँग लड्नुपर्ने अवस्था आउने बताए । “अहिले कोरोनाका कारण आन्दोलन गर्न नसकिए पनि भोलिका दिन कुनै पनि बेला आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्छ । सबै तयार हुनुपर्छ, हामी तयार हुनुपर्छ,” उनले भने ।

सभापति देउवाले कोरोना महामारीका कारण आशन्‍न महाधिवेशन पूर्वनिर्धारित समयमा आयोजना गर्न समस्या देखिए पनि महाधिवेशनका बारेमा पार्टीभित्र छलफल गरेर अगाडि बढ्ने बताए । “अधिवेशन हुनुहुन्‍न भनेर म कहाँ भन्छु । कोरोनाका कारण हुन सकेन भने मैले के गर्न सक्छु र ? त्यस कारण सबै साथीहरुले साथीहरुले जे भन्नुहुन्छ म तयार छु, गर्नुपर्ने भए कहिले गर्ने, सार्नु पर्ने भए कहिले सार्ने,” उनले भने, “नेपालको संविधानले दिएभन्दा बढी त बढाउनै पाउँदैन, त्यो कुरा त मलाई पनि थाहा छ नि । त्यस कारण कसैले भन्‍नै पर्दैन ।

सभापति देउवाले पार्टीमा देखिएको विवादतर्फ इंगित गर्दै पार्टीभित्रको झगडा पुरानै भएको बताए । “पार्टीको झगडा पहिलेदेखिकै हो । सत्यलाई लुकाउने कुरै छैन । गणेशमानजीले पार्टी छोड्नुभएकै हो, भट्टराईजीले पार्टी छोड्नु भएकै हो,” उनले भने, “तर, म कसैले पनि पार्टी छोड्न नपरोस् भनेर लागेको छु, सबै साथीहरुले एक हुन जरुरी छ ।”
स्रोतः बाह्रखरी

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

पानी भरिएको रानीपोखरी भाइटीकाबाट संचालनमा आउने

काठमाडौं । संघीय राजधानी शहर काठमाडौंको प्रमुख आकर्षणका रुपमा रहेको रानीपोखरी ५ वर्षपछि भरिएको छ । खानेपानी मन्त्रालयको सहयोगमा आयोजना कार्यान्वयन निर्देशनालयले रानीपोखरीमा पानी...

सेनाले जिम्मा लिएको काठमाडौ(तराई(मधेश द्रूतमार्गको काम द्रुत : यस्तो देखिन थाल्यो

काठमाडौ । कोभिड–१९ बाट उत्पन्न परिस्थितिले उपकरण र जनशक्ति व्यवस्थापनमा कठिनाई भई सुस्ताएको राष्ट्रिय गौरवको काठमाडौ–तराई – मधेश द्रूतमार्गको निर्माणको कामले पुनः गति लिएको...

जनकपुर-जयनगर रेल: भारतै फर्काइए रेल सेट

काठमाडौं । सरकारले डेढ वर्षदेखि निर्माणाधीन जनकपुर–जयनगर रेलमार्गमा रेल सञ्चालन गर्ने घोषणा गरे पनि आवश्यक पूर्वतयारीमा चुक्दा नेपालमा आएको रेल पुनः भारततर्पm नै फिर्ता...

जनावरले पनि मान्छेले जस्तै यौनजीवनको आनन्द उठाउँछन् ?

काठमाडौं । यदि विदेश जाँदा समुद्रको किनारामा एउटा विशाल स्वरमा कसैको चरम आनन्द आउँदाको जस्तो आवाज दिइरहेको छ भने त्यो समुद्रको किनारामा बसिरहेका प्रेम...

वेदकोटले वृक्षारोपण गरेर मनायो संविधान दिवस

महेन्द्रनगर ३ अशोज । कञ्चनपुरको वेदकोट नगरपालिकाले संविधान दिवस वृक्षारोपण गरेर मनाएको छ । नगरपालिकाले कार्यालय परिसर नजिकै रहेको पार्कमा वृक्षारोपण गरि दिवस मनाएको हो...

ठप्प विकास निर्माण: नेपालका साइट खुलेनन्, श्रमिक भारततिर

निर्माण क्षेत्र विकासशील अर्थतन्त्रको मरुदण्ड हो । नेपाल निर्माण व्यवसायी महासंघका अनुसार नेपालमा वर्षमा करिब रु.८ खर्ब बराबरको आर्थिक कारोबार हुने गरी ठेक्कामार्फत काम...

२ असोज, काठमाडौं । नेपालमा एकै दिन कोरोना संक्रमितको संख्या २...

नेपालमा कोरोना संक्रमितको कुल संख्या ६१ हजार ५ सय ९३ पुगेको छ । शुक्रबारसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ जना रहेका छन् ।...

जनकपुरधामको स्टेशनमा रेल हेर्नेको बालबालिकादेखि युवक र वृद्वसम्म

२ असोज, जनकपुरधाम । जनकपुरको रेल्वे स्टेशन बिस्तारै भरिँदैछ । बालबालिकादेखि युवक र वृद्वसम्मका व्यक्तिको जमघट छ । कोही बिहानैदेखि बसिरहेका छन् भने कोही...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया