सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरमा हात्तीले सखाप परे धानबाली

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्ती पसेको हात्तीको बथानले गएराति धानबाली सखाप पारेको छ । हात्तीको झुण्डले शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका किसानको २ बिघा जग्गामा लगाएको धानबाली नष्ट गरेको हो ।

मध्यरातमा ८ ओटा संख्यामा आएको हात्तीको बथानले स्थानीयवासी चेतराम डगौरा, गंगाराम डगौरा र सिताराम डगौराको धानबाली नोक्सान गरेको वडा अध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताए । ‘हात्तीको बथानले खुट्टाले कुल्चेर तथा खाएर धानबाली नष्ट गरेको छ’, उनले भने, ‘अन्य किसानको खेतमा पनि हात्तीको बथानले यताउता हिँडदै गर्दा खुट्टाले कुल्चेर धानबाली नष्ट गरेको छ ।’

Sana Kishan

जीवन निर्वाहको मुख्य स्रोतका रूपमा रहेको धानबाली हात्तीको बथानले नष्ट गरिदिएपछि किसानको बिजोग भएको उनले बताए । विगत केही वर्षदेखि निकुञ्जको मध्यवर्ती क्षेत्रमा हात्तीको बथानले खेतबारीमा लगाएको धान र गहुँबाली नोक्सान गर्दै आएको छ । हात्ती नियन्त्रणका लागि नगरपालिकाले प्रभावकारी योजना ल्याउन नसक्दा किसानले हैरानी खेप्नु परिरहेको छ ।

World Link Ads
Mahakali Polytechnic

यसैबीच खैरो फड्के किराले कञ्चनपुरका धानबालीमा क्षति पु¥याएको छ । भीमदत्त नगरपालिका र कृष्णपुर नगरपालिकाका धानबालीमा खैरो फड्के किराले नोक्सानी पु¥याएको हो । भीमदत्त नगरपालिका–१८ र कृष्णपुर नगरपालिका–३ मा खैरो फड्के किराको प्रकोप बढी देखिएको छ । ‘१० कठ्ठाभन्दा बढी लगाइएको धानबालीमा फड्के किराको प्रकोप देखिएपछि कृषि प्राविधिकलाई देखाएर सल्लाह लिएका छौं’, उनले भने, ‘अन्य धानका विरुवालाई फड्के किराबाट जोगाउनका लागि विषादी छर्कने कार्यमा लागेका छौं ।’

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.