Tuesday, September 29, 2020

सुदूरपश्चिममा २१७ टावरबाट नेपाल टेलिकमको फोरजी सेवा सुरु

- Advertisement -

वीरेन्द्र भट्ट
धनगढी । नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियाले फोरजी (चौथो पुस्ताको) इन्टरनेट सेवा सञ्चालनका लागि २१६ टावर सञ्चालनमा ल्याएको छ । टेलिकमले २०७६ असोजमा पहिलोपटक सुदूरपश्चिम प्रदेशको धनगढीसहितका १२ ठाउँमा फोरजी इन्टरनेट सेवा शुरू गरेकोमा हाल प्रदेशका नौओटै जिल्लामा गरी २१७ टावरमार्फत उक्त सेवा प्रदान गर्दै आएको नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियाका निर्देशक नामाकर न्यौपानेले जानकारी दिए ।

प्रदेशभर फोरजी सेवाके पहुँच पु¥याउन ३८४ टावर निर्माण गर्नुपर्ने योजना थियो । तर लकडाउन र जारी निषेधाज्ञाका कारण २०७६ चैतदेखि सबै काम बन्द रहेको प्रादेशिक कार्यालय अत्तरियाले बताएको छ । टावर निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिइएकाले कम्पनीका प्राविधिक आउन नसक्दा टावर निर्माण प्रभावित भएको निर्देशक न्यौपानेको भनाइ छ ।

हाल टेलिकमको फोरजी सेवा कैलाली कञ्चनपुरसहित पहाडी जिल्लाका बजार क्षेत्रमा सञ्चालनमा छ । सवै टावरको निर्माण सम्पन्न भएपछि सुदूरपश्चिमका सवै नागरिकले सहज रूपमा सबै स्थानबाट उच्चस्तरको सेवा प्राप्त गर्न सकिने बताइएको छ ।

बाँकी रहेका टावर निर्माणको काम १ सातापछि शुरू गरिने प्रादेशिक कार्यालय अत्तरियाले जानकारी गराएको छ । गतवर्ष फोरजी सेवा सुदूरपश्चिम प्रदेशको धनगढी, चटकपुर, चौमाला, टीकापुर, मसुरिया, लम्की, सुखड, पच्चीसघर, बुढीतोला, अत्तरिया, झलारी र महेन्द्रनगरमा शुरू गरिएको थियो ।

फोरजी सेवा शुरू भएसँगै टेलिकमका उपभोक्ताले उच्च गतिको इन्टरनेट चलाउन पाउनेछन् । फोरजी इन्टरनेट सेवा थ्रीजीभन्दा उच्च क्षमतायुक्त र तीव्रगतिको हुने टेलिकमका प्राविधिक बताउँछन् । यो इन्टरनेटको गति प्रतिसेकेन्ड १०० एमबीपीएसभन्दा माथि हुने गरेको बताइन्छ । सुदूरपश्चिम प्रदेशमा नेपाल टेलिकमको सिम प्रयोगकर्ताको संख्या पनि बढ्दै गएको पाइएको छ ।

प्रदेशभर गरी अहिलेसम्म नेपाल टेलिकमका १६ लाख सिम विक्रीवितरण भएको प्रादेशिक कार्यालय अत्तरियाले बतााएको छ । कार्यालयका अनुसार टेलिकमबाट ल्याण्डलाइनसँगै इन्टरनेट सेवा लिनेहरू पनि वर्षेनि बढ्दो क्रममा छन् । कोरोना महामारी र लामो समयको लकडाउन तथा हालको निषेधाज्ञाले कार्यालयले अपेक्षित काम गर्न नसकेको बताइएको छ ।– आर्थिक अभियान

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

बिश्व रेबिज दिबसको अवसरमा नेल्टा कंचनपुरद्धारा एक दिने निशुल्क रेबिज सिबिर...

लालबहादुर एस के पुनर्वास- आईतबार १४ औ बिश्व रेबिज दिबस सुदूरपश्चिममा पनि मनाइएको छ । दिवसको अबसर पारेर नेपाल पशु स्वास्थ सेवा प्राबिधिक संघ...

खुसिको खबर – दशैंको अफरमा आयो अहिलेसम्मकै सस्तो मुल्यको आकर्षक पल्सर...

बजाज मोटरसाइकलको लागि नेपालका लागि आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले आजबाट चाडपर्व लक्षित ग्राहक योजना सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको ग्राहक योजनामा...

अपराध अनुसन्धानमा अब्बल ईन्सपेक्टर चन्द बेलौरीबाट १४ महिनापछि विदाई

बेलौरी, ११ असोज कञ्चनपुरको बेलौरी नगरपालिका भारतसंग जोडिएको क्षेत्र हो । भारतबाट चोरी तस्करीले बेलौरीको शान्ति सुरक्षामा चुनौती थप्दै आएको छ ।गत बर्ष ०७६...

नेपाली सेनाले खोल्यो कालापानी जाने घोरेटो बाटोको ट्र्याक

दार्चुला, असोज १० नेपाली सेनाले व्यासको घाँटीबगर इलाकामा कडा चट्टान रहेको भिरमा घोरेटो बाटोको ट्र्याक खुलाएको छ। गत जेठ ९ गतेदेखि काम शुरु गरेको सेनाले...

बैतडीको पाटन नगरपालिका: कोरोना नियन्त्रणको नाममा ५३ लाख भ्रष्टाचार भएको ठहर

कोरोना नियन्त्रण र अन्य शीर्षकमा बैतडीको पाटन नगरपालिकामा गत आर्थिक वर्षमा ५३ लाख १५ हजार ७२१ रुपैयाँ अनियमितता भएको पाइएको छ । नगरपालिकाको छानबिन समितिले...

दार्चुलामा राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण संकलन शुरु

असोज ९, दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत विवरण संकलनका काम शुरु गरेको छ । जिल्ला समन्वय समिति प्रमुख करवीर...

सुदूरपश्चिमका कोरोना पुष्टी भएका तीन जनाको एकैदिन मृत्यु

पछिल्लो २४ घण्टामा सुदूरपश्चिमका तीन कोरोना संक्रमितको मृत्यु भएका छ। बैतडीका ३० वर्षीय पुरुष, कैलालीका ३० वर्षीय पुरुष र बझाङका एक पुरुषको मुत्यु भएको...

बैतडीः पञ्चेश्वर गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

असोज ९ बैतडीको पञ्चेश्वर गाउँपालिकाले गत आर्थिक वर्षको सार्वजनिक सुनुवाई कार्याक्रम सम्पन्न गरेको छ । गत आर्थिक वर्ष ७६÷७७ मा गरेका विकास निर्माणका कार्यहरुको...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया