Wednesday, September 23, 2020

पशुपथिनाथले हामी सबैको रक्षा गरुन, हेर्नुहोस आजको राशीफल

- Advertisement -

मेषः– सुखको अनुभूति कम हुनेछ । प्रयत्न पूर्वक गरेमा काममा सफलता मिल्नेछ । हेलचक्र्याई होईन समयमा सचेत हुनु आवस्यक देखिन्छ । आर्थिक कारोवार गर्दा होशियार रहनु होला ।

साथी भाईको भर परेर काम गर्दा धोका हुनेछ । महत्वकाँक्षी योजनामा हात नहाल्नु होला । भाग्यले कम साथ दिनेछ । इज्जतको ख्याल राख्नुहोला ।

वृषः– कार्य क्षमतामा ह्रास आउने छैन । सभा सम्मेलन तथा भोज भतेरमा सहभागि हुने अवसर मिल्नेछ । भाग्य भन्दा कर्ममा जोड दिनु होला । साना तिना समस्यामा नअल्झि काम गर्नु होला ।

व्यापार व्यवसायबाट आम्दानी हुनेछ । अध्ययन अध्यापन कार्यमा थोरै प्रगति हुनेछ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ ।

मिथुनः– दैनिक काम काजमा अवरोध आउने देखिन्छ । अरुको वोझले थिच्नेछ । आर्थिक पक्ष दुर्वल बन्नेछ । व्यापार व्यवसायमा मन्दि आउनेछ । आम्दानी भन्दा नोक्सान बढि होला ।

चोटपटको भय देखिन्छ जोखिम पूर्ण यात्रा नगर्नु होला । राज्यबाट दण्डित हुने अवस्था आउन सक्छ सतर्क रहनु होला । नयाँ क्षेत्रमा लगानी नगर्नु होला ।

कर्कटः– काम गर्ने वातावरण भत्किने छैन सदुपयोग गर्नु होला । कार्य लगशिलता बढाउनु होला । नसोचेका ठाँउबाट धन आउनेछ । व्यापार व्यवसायबाट आय आर्जन राम्रो हुनेछ ।

सहयोगी मन भेटिने छन् । हतारमा गरेका कामबाट कम लाभ हुनेछ । धन सम्पतिको वृद्धि हुने योग छ । मिलेर भने पटक्कै काम नगर्नु होला ।

सिंहः– अविश्वासका बादल हट्ने छन् । काम गर्दा थोरै सहजता महशुस हुनेछ । सरल विधिबाट कार्य सम्पादन हुनेछन् । विशेष गरेर यान्त्रिक तथा औषधी चिकित्सा जस्ता व्यापार,पेशा व्यवसायबाट बढि लाभान्वित हुनुहुनेछ । शत्रु नास हुनेछन् । राजनैतिक क्षेत्रबाट लाभान्वित हुनुहुनेछ । नोकरीमा पदोन्नतिको सम्भावना देखिन्छ ।

कन्याः– समय अरुको काममा बढि खर्च हुनसक्छ,आफ्ना कामलाई केन्द्र विन्दुमा राखेर गर्दा उपयुक्त हुनेछ । रोकिएका काम सुचारु हुनेछन् । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न ।

आफन्तबाट सामान्य सहयोग मिल्ने देखिन्छ । पढाई लेखाईमा प्रगति हुनेछ । धर्मिक विश्वास बढ्नेछ ।

तुलाः– तपाईको यात्रा अनुकुलताबाट प्रतिकुलता तिर मोडिनेछ विचार पु¥याउनु होला । काम गर्दा विभिन्न समस्या झेल्नु पर्नेछ । गरेका कामले पूर्णता पाउने छैन । आस्था र विश्वास घट्नेछ । आलस्यता बढ्नेछ ।

मानसिक एवं शारीरिक दुर्वलता बढ्ने देखिन्छ । व्यापार व्यवसायमा मन्दि आउनेछ । नयाँ क्षेत्रमा लगानी बढाउनु गलत हुनेछ ।

वृश्चिकः– समय परिस्थितिले साथ दिनेछ । उपलब्धिका बाटाहरु देखिने छन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । अरुको भर नपरि काम गर्नु होला । राजनैतिक गतिविधि सक्रिय भएर केहि मिल्ने छैन ।

नोकरीमा नयाँ सम्भावना देखिने छन् । पढाई लेखाईमा थोरै चासो बढ्नेछ । विरोधी कमजोर बन्ने छन् । भाग्यले साथ दिनेछ ।

धनुः– कार्य सम्पादनमा कठिनाई हुनेछ । धैर्यता र लगनशिलताको खाचो देखिन्छ । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् र लाभ पनि हुनेछ । मुद्धा मामिलामा विजय हात लाग्नेछ ।

अहार विहारमा ध्यान दिनु होला स्वास्थ्य कमजोर बन्नेछ । लेनदेन कारोवार गर्दा बढि चनाखो रहनु होला । अरुको पूर्ण विश्वास गर्दा धोका हुनसक्छ ।

 

मकरः– दुविधामा नपरि कार्य क्षेत्रमा अगाडि बढ्नु होला । अरुको भरोसामा मात्रै काम नगर्नु होला । एउटा एउटा चिन्ताले छोड्ने छैन । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ हुने छैन ।

जीवन साथिको सहयोग लिएर काम गर्दा बढि सजिलो हुनेछ । विवादित काममा हात नहाल्नु होला । भय आतुरमा गरेका कामले पछि पिरोल्न सक्छ ।

कुम्भः– समस्याको भूमरीबाट बाहिर निस्कने प्रयत्न गर्नु होला नत्र धेरै उपलब्धि गुमाउनु पर्नेछ । विना तयारी केहि नगर्नु होला नोक्सान बढि हुनेछ । लगनशिल भई काम गर्नु भएको खण्डमा थोरै भए सफलता मिल्नेछ ।

पारिवारिक समस्या बढ्न सक्छन् । परबन्धनको सम्भावनालाई नकार्न सकिन्न । माल समान चोरी वा हराउन सक्छ ।

मिनः– उपलब्धिका दृष्टिबाट दिन राम्रै देखिन्छ । अरुको भर पर्नु पर्ने छैन,आफ्नै बाहुबलबाट धेरै काम सम्पादन हुनेछन् । व्यापार व्यवसायबाट आय आर्जन राम्रै होला । इष्टमित्र,साथि भाईको सहयोग सहानुभूति मिल्नेछ ।

न्याय मार्ग कमजोर देखिन्छ भने वैदेशिक एवं शैक्षिक मार्ग सफल देखिन्छन् । कुरा भन्दा काममा जोड दिनु होला । दैनिक नेपाल न्युज

 

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कञ्चनपुरका सात प्रहरी निरीक्षकको सरुवा

नेपाल प्रहरीका ४ सय ८८ जना इन्सपेक्टरको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागले सोमबार ४ सय ८८ जना प्रहरी निरीक्षक...

बजाजको दशैं अफर: २०% डाउन पेमेन्टमा पल्सर १२५ किन्दा यस्तो छ...

काठमाडौं । बजाज मोटरसाइकलको लागि नेपालका लागि आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले आजबाट चाडपर्व लक्षित ग्राहक योजना सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको...

विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक

काठमाडौं, असोज ६रशिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना, २०७७ सार्वजनिक गरेको छ। कोरोनाको महामारीका कारण शिक्षा क्षेत्रमा देखिएको समस्यालाई मध्यनजर गर्दै मन्त्रालयले...

विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक

काठमाडौं, असोज ६रशिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना, २०७७ सार्वजनिक गरेको छ। कोरोनाको महामारीका कारण शिक्षा क्षेत्रमा देखिएको समस्यालाई मध्यनजर गर्दै मन्त्रालयले...

विवेकशिल युवा क्लबद्धारा वृद्ध सेवा केन्द्रलाई खाद्यान्न सहयोग

महेन्द्रनगर ६ असोज । बिबेकशिल युबा क्लब गज्जरले वृद्ध सेवा केन्द्रमा खाद्यान्न सहयोग गरेको छ । मंगलबार अन्तरास्ट्रिय समाजसेवा दिवशको अवसर पारेर क्लबले लकडाउनको समयमा...

वरिष्ठ नर्स मीना कार्कीको पहिलो नर्सिङ गीत ‘हामी नर्स’ सार्वजानिक

अहिले विश्व नै कोरोना महामारीसँग जुधिरहेको छ। कोरोना संक्रमित उपचारमा नर्स फ्रन्टलाइनमा दिन-रात खटिएका छन्। नर्सको दु:ख, पीडा समेटर पछिल्लो समय गायिका मीना कार्कीले ‘हामी...

‘उद्योगी चन्द’ वाणिज्य संघको कार्य समितिमा चयन

सुदूरपश्चिम प्रदेशका चर्चित उद्योगी तेज बहादुर चन्द कञ्चनपुर उद्योग वाणिज्य संघको कार्य समिति सदस्यमा चयन भएका छन् । काठमाण्डौँबाट ईटा व्यावसाय शुरु गरेका सुदूरका उद्योगी...

वेदकोट नगरपालिकाले जडान ग¥यो राजमार्गका चोक-चोकमा नाईट भिजन क्यामेरा

महेन्द्य्रनगर ६ असोज । कञ्चनपुरको वेदकोट नगरपालिकाले पुर्व पश्चिम राजमार्ग क्षेत्रमा सिसि क्यामेरा जडान गरेको छ । वेदकोट नगरपालिकाले चोरी, दुर्घटना र अपराध नियन्त्रणका लागि...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया