Wednesday, September 30, 2020

यी फलफूलहरु खानुस्, चम्किलो छाला बनाउनुहोस्‘

- Advertisement -

मानिस बूढो हुनु प्राकृतिक प्रक्रिया हो । बढ्दो उमेरसंंगै छालाको तन्किने खुम्चने क्षमता (इलास्टीसीटी) गुम्नुका साथै छालाको चमक हराउन थाल्छ । यो हुन नदिन धेरैले कृतिम क्रिम तथा लोसनको प्रयोग गर्ने गर्छन् । तर यो भन्दा उत्तम तपाईँकै घरमा पाइने फलफूलनै हुन् सक्छ । के के हुन् ती फलफूलहरु ः

१. सुन्तला ः

सुन्तलामा प्रसस्त मात्रामा पौष्टिक तत्वहरु पाईन्छन् । त्यसमध्ये एक भिटामिन सी हो जुन कोलाजीन नामक छालाका रेसाहरु बनाउन चाहिन्छ । यति नभई सुन्तलाको रस र बोक्राले छालामा मालिस गर्नाले छालाको प्वालमा जम्मा भएका फोहर हटाई छाला स्वस्थ राख्दछ ।

२. स्याउ ः

छालामा चमक ल्याउन स्याउको एकदम ठूलो भूमिका हुन्छ । यसमा हुने करि र भिटामिन सी छालाको लागि फइदा जनक छन् । यति मात्र नभई स्याउमा प्रसस्त मात्रामा पाइने पोटासियम छालाको लागि जरुरी हुन्छ ।

३. मेवा ः

मेवालाई पहिरनको फल पनि भनिन्छ । मेवामा प्रसस्त मात्रामा इन्जाइम र पौष्टिक तत्वहरु पाइन्छन् । यसले तपाईँको छालालाई भर्खरको र ताजा राख्छ । त्यसैगरी मेवाको कालो दानाहरु पिसेर लगाउनाले छालाको बिषादी र मरेका कोषहरु फाल्न मद्दत गर्छ ।

४. खर्बुजा ः

खर्बुजामा प्रसस्तमात्रामा हुने पानीले शरीरलाई सदैव हाइड्रेटेड राख्न मद्दत गर्छ । यसमा हुने लाइकोपिन, भिटामिन सी र भिटामिन एले छाला बूढो हुनबाट जोगाउँछ । खर्बुजाको रस छालामा लगाउनाले छालामा जम्मा भएका फोहर सफा गर्न र छाला स्वस्थ राख्न मद्दत गर्छ ।

५. अनार ः

आनारमा उच्च मात्रामा प्युनिसिक एसिड, एलाजिक एसिड र एन्टीअक्सीडेन्ट पाइन्छ । यसमा पाइने ओमेगा ३ फ्याक्टी एसिड ले छालाका कोष पुननिर्माण गर्न मद्दत गर्छ । त्यस्तै रातो रक्तकोषको मात्रा बढाई स्वस्थ रक्त प्रवाहको लागि पनि आवश्यक हुन्छ । अनार एक प्राकृतिक मोस्चराइजर भएकाले सुख्खा छालाका लागि पनि यो फाइदाजनक हुन्छ । (नेपाली हेल्थ)

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

सुदूरपश्चिममा बुधवार थपिए १९६ जना कोरोना पुष्टी

– सुदूरपश्चिममा एकैदिन एक सय ९६ जना कोरोना संक्रमित थपिएका छन्। चार वटा प्रयोगशालामा भएको परीक्षणमा एक सय ९६ जनामा संक्रमण पुष्टि भएको हो। सामाजिक...

गुर्जो सेवन गर्ने विधि, फाइदा र नोक्सानको बारेमा जानकारी लिनुहोस

मानिसको शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने गुर्जो नेपालका जहाँसुकै रोप्न सकिने अमूल्य जडिबुटी हो । नेपालमा धेरै ठाउँमा घर वरिपरि वा गमलामा रोपेर नियमित...

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक भएको छ । हाल रसुवागढी नाकाबाट निकै कम मात्र कन्टेनर नेपाल भित्रिएकामा दुवै नाका सहज बनाउन...

प्रदेश नम्बर १ लोकसेवा आयोगले छुट्टै लोगो प्रयोगमा ल्याउने, उत्कृष्ट डिजाइनरलाई...

काठमाडौँ – प्रदेश लोक सेवा आयोग विराटनगरले छुट्टै लोगो निर्माण गरी प्रयोगमा ल्याउने भएको छ । आयोगले लोगो डिजाइन गरी पेस गर्न बुधबार सार्वजनिक सूचना...

दिउँसो सुत्ने बानी स्वास्थको लागि राम्रो की नराम्रो? यस्तो सम्म हुन्छ...

को’रोना भ’य र लकाउनको कारण अधिकांश घरभित्रै खुम्चिए । घरभित्र बस्दा के गर्ने ? कामधन्दाको मेलोमेसो नपाएकाहरुलाई समय कटाउन गाह्रो भयो । भान्साको काम...

बेदकोटका वडाध्यक्ष धामीमाथि कुटपीट

कञ्चनपुर, १३ असोज कञ्चनपुरको बेदकोट नगरपालिका ९ का वडाध्यक्ष राम सिह धामीमाथि कुटपिट भएको छ । मंगलबार राती वडाध्यक्ष धामीमाथि सुन्दरपुर क्षेत्रमा आकस्मिक कुटपिटमा परेका...

धनगढी विमानस्थलमा भीओआररडीएमई उपकरण जडान

वीरेन्द्र भट्ट धनगढी । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपछि सबैभन्दा लामो धावनमार्ग भएको धनगढी विमानस्थलमा भीओआर/डीएमई उपकरण जडान गरिएको छ । भीओआररडीएमई (जहाजलाई बाटो देखाउने उपकरण) जडान...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया