सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शुक्लाफाँटामा सत्ताधारी पार्टीले माग्यो नगर प्रमुख ऐरको राजिनामा  

कञ्चनपुर, भाद्र, २४ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा अनियमितता भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शुक्लाफाँटा नगरपालिका घेराउ गरेको छ ।
खप्तड शिक्षा सदन नामको नक्कली झोलामा राखिएको फर्जी विद्यालयलाई स्थानान्तरण सहमति दिएको, क्वारिन्टिन व्यवस्थापनमा भएको खर्च विवरण सार्वजनिक गर्नुपर्ने र छाडा गाईगोरु व्यवस्थापनको नाममा भएको खर्च विवरण माग गर्दै नगरपालिका परिसरमा नारावाजी गरेका छन ।
World Link Ads
Mahakali Polytechnic
नेकपा शुक्लाफाँटा नगर कमिटी अध्यक्ष भक्तराज जोशी लगायत नेकपा नेता कार्यकर्ताको टोलीले कार्यपालिका वैठकको निर्णय कार्यान्वयन हुनुपर्ने, नगर प्रमुखले राजीनामा दिनुपर्ने र शिक्षा शाखा प्रमुख टिकेन्द्र राज भट्टलमई कार्वाही गर्नुपर्ने माग गरेका छन् ।
Sana Kishan
यस्तै छानवीन समितिको प्रतिवेदनले दोषी देखाइएका व्यक्तिहरुलाई कार्वाही नगरिए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ । आफूहरुको माग सम्बोधन गर्न आज अपराह्न ४ बजेसम्म अल्टिमेटम दिएको छ ।
Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.