Saturday, September 26, 2020

यस बर्ष “Food for Good” चुनौतीमा रहेर सुदूरपश्चिमाञ्चल बिश्वबिद्धालयमा “हल्ट प्राईज” होस्ट गर्ने

- Advertisement -

यो बर्ष पश्चिममै पहिलो पटक, सुदूरपश्चिमाञ्चल बिश्वबिद्धालयले अन्तर्राष्ट्रिय वार्षिक व्यापार उद्यमशीलता चुनौती हल्टप्राइज २०२०/ २१ होस्ट गर्ने भएको छ । यसको तयारी तीब्र रुपमा भईरहेको छ। यो प्रतिस्पर्धालाई विद्यार्थीहरूका लागि नोबेल पुरस्कार भनेर चिनिन्छ। विजेताहरुका लागि १ मिलियन अमेरिकी डलर पुरस्कार रहेको छ । यस वर्षको भव्य कार्यक्रमका लागि क्याम्पस निर्देशक प्रेम प्रकाश बुढाथोकी नेतृत्वमा हुने छन ।

साथै यस कार्यक्रमलाई सफल र भब्य बनाउन उनका टोलि सदस्यहरुले सघाउने छन । के हो त हल्ट प्राइज ?? हल्ट प्राइज ऊर्जावान युवाहरु को लागी एक अबसर हो, जो एक उद्यमी, व्यापारी नेता हुन कोसिस गर्दछ समाजमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति । यसमा विद्यार्थी समूहलाई सामाजिक व्यवसायसँग सम्बन्धित केहि बिषय प्रदान गरिनेछ र जुन समूह अनक्याम्पस प्रोग्राममा उत्कृष्ट हुन्छ त्यो समुह अगाडि बढ्ने छ।

यस हल्ट प्राइजका सिइओ अहमद अस्कर हुन । हल्ट बिजनेस स्कुल , हल्ट प्राइज संस्था र सयुक्त रास्ट्र संघ सँग आबद्ध भएर खोलिएको हो हल्ट प्राइज । हल्ट प्राइजले विश्वव्यापी १० लाख भन्दा बढी विद्यार्थीहरूलाई दिगो र लाभदायक व्यवसायिक विचार स्थापना गर्न उचित अवसर दिएको छ एक पुस्ताको नेतृत्वपरिवर्तनका लागि । हल्ट पुरस्कार एक खुला प्लेटफर्म हो यसले विद्यार्थीहरुलाई नेटवर्क र उद्यमशीलता अगाडि बढाउन आइडिया दिन्छ । यसमा समाजमा ठुलो मात्रामा प्रभाव पार्ने सोच र बिचारलाई विशेष ध्यान दिईनेछ ।

यो सामाजिक आन्दोलन बिश्वभर हुनुको मुख्य उद्देश्य समाजमा भएका समस्याहरुको उठान र त्यसको समाधान केही फरक ढंग र बिचार बाट गर्ने हो । अहिलेसम्म शिक्षा, बिजुली, पानी जस्ता बिषयमा प्रतिस्पर्धा भैइसकेको छ।

यसमा हरेक बर्ष विश्वभरिबाट १२१ देशका २,५०० भन्दा बढी विश्वविद्यालयहरुबाट ३,००,००० भन्दा धेरै विद्यार्थीले सहभागीता जनाउदै आएका छन। चुनौती कसले र कस्तो बिषय छ्नोट हुन्छ ?? हरेक बर्ष चुनौति अमेरिकाका ४२ औं राष्ट्रपति बिल क्लिन्टनले चुनौती सार्बजनिक गर्ने गरेका छन् र उनले हरेक वर्ष यस्तै समाजलाई सकारात्मक परिवर्तन ल्याउने खालका विषय रोज्ने गरेका छन। हरेक बर्ष चुनौतीहरु सयुक्त राष्ट्र संघका दिगो बिकासका लक्ष्यहरु रहेर घोषण गरिन्छ ।। प्रतिस्पर्धीहरु यिनै चुनौतीमा रहेर आफनो बिजिनेस आईडिया प्रस्तुत गर्नुपर्ने छ ।

यो बर्षको चुनौती र लक्ष्य ?? यो बर्षको शिर्षक संयुक्त रास्ट्र संघले केही दिन अगाडि मात्र सार्बजनिक गरेको छ । यस बर्ष हल्ट प्राईजले “खानालाई बाँच्नको लागी आवस्यकताबाट समृद्धिको बाहनमा रूपान्तरण गर्ने चुनौती दिएको छ” or “FOOD FOR GOOD: transforming food into a vehicle for change”।

यसले भोकालाई खुवाउने छ, रोजगारिको सृजना गरी अर्थतन्त्र लाइ उत्प्रेरित गर्नेछ, आपूर्ति शृङ्खलाको पुन: कल्पना गर्नेछ , परिणाममा सुधार गरेर २०३० सम्म १ करोड व्यक्तिको जीवनमा परिवर्तन ल्याउने छ ।

कुन विद्यार्थी समूह यसमा भाग लिन सक्छन ?? यस कार्यक्रममा नेपाल भरिका सुदूरपश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गत पर्ने केन्द्रिय र सम्बन्धन प्राप्त क्याम्पसका स्नातक र स्नातकोत्तर अध्यनरत विद्यार्थीहरुले भाग लिन पाउने छन्। प्रत्येक क्याम्पस अथवा बिश्वबिद्धालयहरुमा हुने प्रतियोगिता अथवा समाजिक आन्दोलनलाई “अन क्याम्पस प्रोग्राम” को नाम दिएको छ । यसमा स्नातक र स्नातकोत्तर तहको विद्यार्थीहरूले ३–४ विद्यार्थीहरूको समूहसँग भाग लिन सक्दछ (४ भन्दा बढी विद्यार्थीहरूको समूह मान्य छैन । हल्ट प्राईजको चरणहरु के के छन ?? यसमा सबै भन्दा पहिला हुने चरण “अन क्याम्पस प्रोग्राम” हो जुन सम्बन्धित बिश्वबिद्धालय अथवा क्याम्पसमा हुन्छ ।

“अन क्याम्पस प्रोग्रामको” विजेताले “रिजनलको” लागि प्रतिस्पर्धा गर्ने छन्। प्रतिस्पर्धीहरुका लागि विभिन्न ट्रेनिङ, वर्कशप र सेमिनारहरु आयोजना गरिने जानकारी यस बिश्वबिद्धालयका हल्ट प्राइजका क्याम्पस निर्देशक प्रेम प्रकाश बुढाथोकीले जानकारी दिएका छ ।

“अन क्याम्पस प्रोग्रामको” विजेताले “रिजनलको” लागि सिधै प्रतिस्पर्धा गर्न पाउने छन्। रिजनलका बिजेता Accelerator मा पर्तिस्पर्धा गर्ने मौका पाउने छ्न् र Accelerator का बिजेताले Global Finals मा प्रतिस्पर्धा गर्न पाउने छन ।। हल्ट प्राईजको फाइनल मा पुगेको समुहले UN Headquarter मा गएर आफ्नो business idea प्रस्तुत गर्ने मौका को साथ साथै उक्त फाइनल जितेमा आफ्नो उद्धम सन्चालन गर्न १ million अमेरिकि डलर प्राप्त गर्ने मौका पाउने छन्।

कार्यक्रमसँग सम्बन्धित थप जानकारी लिन यस बिश्वबिद्धालयका क्याम्पस निर्देशक सँग सम्पर्क गरि जुन समयमा नि लिने सकिने बुढाथोकी बनाए ।। साथै सुदूरपश्चिमाञ्चल बिश्वबिद्धालयमा अध्ययनरत सम्पुर्ण बिद्यार्थीहरुमा बिश्वको सबैभन्दा ठुलो प्रतिस्पर्धा अथवा सामाजिक अभियानका लागी आफनो तयारी थाल्न र सुरु हुन बुढाथोकीले आग्रह गरेका छन।

प्रतिकुल परिस्थिति नभएता पनि डिसेम्बर १५ भित्र हुने उक्त कार्यक्रमको तयारी तीब्र गतिमा सुरु भईरहेको क्याम्पस निर्देशक बुढाथोकीले बताए ।।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

गृहमन्त्री थापाद्वारा छाङरुमा सशस्त्र प्रहरीको गुल्म शिलान्यास

दार्चुला — ब्यास गाउँपालिका १ छाङरुमा सशस्त्र प्रहरी गुल्मको शिलान्यास गरिएको छ । गृहमन्त्री रामबहादुर थापाले शुक्रबार दिउँसो सशस्त्र प्रहरी बल नेपाल नम्बर ५०...

कृष्णपुरको वाणिमा ६ कोठे विद्यालय भवन उद्घाटन

नरेश गिरी कञ्चनपुरको कृष्णपुर नगरपालिका २ वाणिमा रहेको सरस्वती माविमा ६ कोठे पक्की भवनको उद्घाटन गरिएको छ । सुदूरपश्चिम प्रदेश सभा सदस्य महेश दत्त जोशीको...

६ महिना आफ्नै घरमा राखेर भरतले बिदाइ गरे स्विस नागरिकलाई

कैलाली विश्वमा साइकल यात्रामा निस्किएर कैलालीमा रोकिएका स्विस नागरिक लुइस कर्नेली लाई बिदाइ गरिएको छ । कञ्चनपुरको गड्डाचौकी नाका हुँदै नेपाल प्रबेश गरेका उनी लक...

विद्यार्थी र शिक्षकका लागि यसरी लिनुहोस् टेलिकमको ह्याप्पी लर्निङ प्याक

काठमाडौं। नेपाल टेलिकमले देशैभरका विद्यार्थी र शिक्षकका लागि ह्याप्पी लर्निङ प्याक सञ्चालन गरिरहेको छ । यो प्याक टुजी, थ्रीजी र फोरजी गरी सबै नेटवर्कमा...

युवतीहरु विवाहपछि मोटाउनुको खास कारण यस्तो छ !

दुव्लो भएका युवा युवती विवाह पछि मोटाएका हामीले धेरै देखेका छौं । अझ साथी भाईहरुबीच त बिहेपछि त मोटाइस् नी भन्ने प्रतिक्रिया दिने गरिएको...

विवाहपछि धेरैजसो महिलालाई हुन्छ यी ५ कुराको पछुतो

यसमा धेरै जसो महिला यस्ता हुन्छन्, जसले पछि गएर आफूले गरेको फैसलामा पछुतो मान्ने गर्दछन्। कुनै समय त उनीहरुलाई विवाह गरेमै पछुतो हुने गर्दछ।...

नयाँ मन्त्री बन्नेको भिडः बालुवाटार र खुमलटारमा – यी नेता बन्दैछन्...

काठमाडौं( मन्त्रीमण्डल पुनर्गठन, संवैधानिक एवं राजनीतिक नियुक्तिको विषयमा सहमति जुटाउन सत्ताधारी दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी...

प्राधिकरणलाई ऊर्जामन्त्रीको प्रश्‍न किन जान थाल्‍यो झ्याप्प–झ्याप्प बत्ती ?

प्राधिकरणलाई ऊर्जामन्त्रीको प्रश्‍न ( कुलमान बिदा हुने वित्तिकै किन जान थाल्‍यो झ्याप्प–झ्याप्प बत्ती ? काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले पछिल्लो केही दिनयता...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया