Friday, September 25, 2020

बाइकको माइलेज बढाउने ८ तरिका

- Advertisement -

काठमाडौं । बाइक तथा स्कुटर चढ्ने मानिसले सबैभन्दा पहिला बुझने वा सोध्ने विषय माइलेज हो । अझ हाम्रो जस्तो इन्धन परर्निभर देशमा माइलेजले धेरै महत्व राख्छ ।

कुनैपनि बाइक किन्ने मानिसले गर्ने निर्णयमा सबैभन्दा महत्वपूर्ण विषय नै माइलेज हो । हाम्रो बजारमा बाइक बिक्रेता कम्पनीले सबैभन्दा बढी प्राथमिकता दिने विषय पनि आफ्नो बाइक तथा स्कुटरको माइले नै हो ।

बजारमा कम माइलेजकै कारण कतिपय बाइकहरु बिक्री हुन नसकेको हामीले देखेका छौं । त्यसैले हामी तपाईलाई माइलेज इम्प्रुभ गर्नको लागि र नयाँमा जस्तै माइलेज निरन्तर राख्नको लागि केही टिप्स दिन गइरहेका छौं ।

१. समयमै आफ्नो बाइकको सर्भिस गर्नुहोस् । समयमा बाइकको सर्भिसिङ गर्नाले मेसिनहरु छिटो बिग्रने सम्भावना कम हुन्छ । लामो समयसम्म सर्भिसिङ नगरिएका बाइकको इन्जिनले भन्दा सर्भिस गरिएका सफा इन्जिनले माइलेज धेरै दिन्छ । साथै, सर्भिसको समयमा बाइकमा कम्पनीले नै निर्धारण गरेको इन्जिन आयलको प्रयोग गर्नुहोस् ।

२. समयमै सर्भिसिङ गरिसकेपछि, राम्रो माइलेजका लागि कार्बुरेटर सेटिङ एडजस्ट गर्नुहोस् । बाइकले खराब माइलेज दिएको समयमा कार्बुरेटरलाई रिट्यून गरि माइलेज इम्प्रुभ गर्न सकिन्छ ।

३. माइलेजका लागि टायरको पनि महत्वपूर्ण भुमिका रहन्छ । टायरमा हावाको चाप कम भएका छ भने बाइकले कम माइलेज दिन्छ । त्यसकारण टायरको चापलाई ब्यालेन्सान राखेर चलाउँदा माइलेजल बढाउन सकिन्छ ।

४. थ्रोटललाई एकरुपताका साथ प्रयोग नगर्दा तथा अनावश्यक ब्रेकिङले पनि बाइकको फ्यूल खर्च बढी गर्छ । त्यसकारण बाइकलाई हलुकासँग एक्सलरेसन गर्नुहोस् । त्यस्तै, सर्ट गियरमा हुने हाई आरपीएम लेभलमा एक्सलेरेसन नगर्नुहोस् । साथै, बाइकलाई एउटै स्पिडमा तथा गियरको अनाबश्यक प्रयोग नगरि गुडाउनुहोस्, जसले राम्रो माइलेज दिन्छ ।

त्यसकारण पनि, अधिकांश २ ह्वीलर कम्पनीले बेस्ट माइलेजका लागि बाइकलाई ५०–६० किलोमिटर प्रतिघन्टाको स्पीडमा चलाउनुपर्ने बताउछन् । बाइकको स्पीडले नै माइलेज निर्धारण गर्छ ।

५. ट्राफिक जामको समयमा इन्जिनलाई चालु नराख्नुहोस् यसले खराब माइलेज दिन्छ । जाममा हुँदा इन्जिन बन्द गरेर बस्नुहोस् यसरी पनि बाइकको माइलेज बढाउन सकिन्छ । ट्राफिक लाइट बलिरहेको समयमा इन्जिनको स्विच अफ गर्न नबिर्सनुहोस् ।

६. बाइक पार्किङ गर्दा सिधा प्रकाशबाट जोगाउनुहोस् । घामको बढि तातोले केही मात्रामा इन्धन खर्च हुन्छ । सुरुमा थोरै मात्रै इन्धन खर्च हुने देखिएपनि ३० दिनसम्ममा यसको असर पर्छ ।

७. समय–समयमा बाइकको चेनलाई सफा गर्नुहोस्, र लुब्रिकेसन गर्नुहोस् । यदि तपाईं धुलो तथा बालुवाहरु भएको ठाउँमा हुनुहुन्छ भने, बाइकलाई क्लिनीङ तथा लुब्रिकेसनको आवश्यकता पर्छ । यसो गर्नाले बाइकको चेन घुम्न सहज हुन्छ भने माइलेज पनि बढी दिन्छ ।

८. बाइकको स्पेयर पार्टस जेनुयन प्रयोग नगर्दा पनि माइलेजमा ह्रास आउँछ । त्यसैले सधै जेनुयन पार्टको मात्रै प्रयोग गर्नु पर्छ । sidhaonlinepatra

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

फार्मेसी संगठनद्धारा ‘फार्मासिस्ट दिवस’को अवसरमा फलफुल र औषधी वितरण

महेन्द्रनगर ९ अशोज । सुदूरपश्चिम फामेर्सी संगठनले विश्व फार्मासिस्ट दिवस मनाएको छ । संगठनले दिवसको अवसरमा फलफुल तथा औषधि वितरण गरेको छ । शुक्रबार दिवसको अवसरमा...

संकट हटाउन कुन राशीका व्यक्तिले के गर्ने ? पुरा हेर्नुहोस

अत्यन्त परिश्रम र मेहनतका बावजुद पनि कुनै काममा सफलता पाइरहनु भएको छैन भने केहि दोष हुनसक्छ ।जीवनमा आर्थिक समस्या आइरहेको छ वा रोकिएको धन...

संकट हटाउन कुन राशीका व्यक्तिले के गर्ने ?

अत्यन्त परिश्रम र मेहनतका बावजुद पनि कुनै काममा सफलता पाइरहनु भएको छैन भने केहि दोष हुनसक्छ ।जीवनमा आर्थिक समस्या आइरहेको छ वा रोकिएको धन...

कुन रोगका कारण कहाँ आउँछ डण्डिफोर ? हटाउने सजिलो तरिका

अधिकांस किशोर र वयस्कलाई डण्डिफोरको समस्या हुने गर्दछ । हर्मोनल परिवर्तन र बाह्य कारकतत्व डण्डिफोरको साधारण कारण हुन्। यो अप्रिय स्थितीको असर तपाईंको आन्तरिक...

तनहुँको थानीमाई मन्दिरमा फूलको डोली चढाउनुहोस, चिताएको काम पुरा हुन्छ

तनहुँको भानु नगरपालिका–७ स्थित थानीमाई मन्दिरमा फूलको डोली चढाउन आज बिहानैदेखि भक्तजनको भीड लागेको छ । कात्तिक महिनाको प्रत्येक मङ्गलबार मन्दिरमा फूलको डोली चढाउने...

पशुपतिनाथ लाई स्वच्छ मनले दर्सन गर्दै आजको राशिफल पढ्नु होस तपाईंको...

वि.सं. २०७७ आश्विन ०८ गते बिहीबार तदनुसार ई. सं. २०२० सेप्टेम्बर २४ तारिख, प्रमादी नामक संवत्सर, शाके ः– १९४२, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं....

दुर्लभ ५ टाउके नागदेवताको दर्शन गर्दै पूरा पढेर ॐ लेखि सेयर...

सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ बिल्कुलै बेवास्ता नगर्नुहोला, ॐ लेखि सेयर गरौं!!! ॐ मात्र उच्चारण गर्नु भयो भने पुरा ब्रमाण्ड्को देबि देबताको शक्ति...

ॐ लेखेर एक कजबचभ गर्नुस सात दिनभित्रमा तपाइले सोचेको काम बन्नेछ...

भगवान शिवले बनाएको एउटा अनौठो गुफा र त्यसबारे बारे कैयौ मान्यता प्रचलित छन् । भनिन्छ कि, जसले यो गुफाको सुरुङभित्र जाने कोसिस गर्यो त्यो...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया