सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको पञ्चेश्वर गाउँपालिकामा छ किसानलाई पढाउने पाठशाला

–नरेश तिवारी
बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिकाका किसान कृषि प्रविधि सम्बन्धि सिकेर खेतीपाती गर्न थालेका छन् । पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्दले स्थानीय तह निर्वाचनपछि कृषिलाई प्राथमिकता दिएर गर्मा बहुउद्देश्यीय नमूना

 

कृषि पाठशालाबाट सञ्चालन गरेपछि किसानहरु पाठशालाबाट कृषिका प्रविधि सम्बन्धि जानकारी लिँदै आएका छन् । अहिले किसानका लागि यो पाठशाला कृषि प्र्रविधि सम्बन्धि सिकाईको पाठशाला बनेको स्थानीय बताउँछन् ।

World Link Ads
Mahakali Polytechnic

गाउँपालिकाका अगुवा किसान भास्कर भट्टले पाठशालाबाट कृषि सम्बन्धि ज्ञान, सीप, प्रविधि र जानकारी हासिल गरिएको बताए ।

Dirghayu Ads

‘हामी सबै यहाँका वासिन्दा कृषि पेशा नै गर्छौ, यो पाठशालाबाट कृषिसंग सम्बन्धित नयाँ प्रविधि सिकेर खेतीपाती गरेका छौ’ उनले भने,‘यसरी सिकेर गर्दा आम्लानी पनि राम्रै भएको छ, यसले हामीलाई फाईदा नै भाको छ ।’

पाठशालाबाट सिकेर नर्सरी भट्ट उद्यमी बनेका छन् । उनले १० रोपनी जग्गामा नर्सरी स्थापना गरेका छन् । नर्सरीबाट वार्षिक दुईदेखि तीन लाखसम्म आम्दानी गरिएको उनी बताउँछन् ।

Sana Kishan

पाठशालाबाट स्थानीयले दैनिक मजदुरीको काम समेत पाएका छन् । किसानलाई कृषि प्रविधिसंग जोडेर कृषिमा आधुनिकरण गर्ने लक्ष्यले पाठशाला सञ्चालन गरिएको हो ।

स्थानीय तह निर्वाचनमा गरिएको वाचा अनुसार गाउँपालिकाका अध्यक्ष चन्दले पाठशाला सञ्चालनमा ल्याएका हुन् । पाठशालाले चौतर्फी प्रशंसा पाएपछि त्यसलाई विवादमा ल्याउने गरी प्रचार समेत गरिएको छ ।

अध्यक्ष चन्दले भने गलत प्रचारले आफूलाई केही नहुने बताए । भने,‘काम गर्ने हो, प्रचार गर्नेले के गर्छन् त्यसले केही असर पर्दैन ।’

पाठशालालाई जोडेर सामाजिक सञ्जाल फेसबुकबाट विवादमा ल्याउने कार्यमा केही स्थानीय सक्रिय रुपमा लागेका छन् ।
गाउँपालिकाका कृषि प्राविधिक गणेश दत्त जोशीले पाठशलालाई थप व्यवस्थित गरी अघि बढ्ने योजना रहेको बताए ।

अढाई वर्ष अघि सञ्चालन गरिएको यो पाठशाला गाउँपालिकाको वडा नं. ६ र ४ मा पर्छ । अहिले पाठशालामा विभिन्न प्रजातिका विरुवा उत्पादन गरिएका छन् ।

गाउँपालिकाले स्थानीयको बाँझो जमिनलाई भाडामा लिएर पाठशाला सञ्चालनमा ल्याएको हो । यो पाठशाला एक सय १० रोपनी जमिनमा सञ्चालन गरिएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.