Tuesday, October 27, 2020

कञ्चनपुरका संस्थागत विद्यालयका शिक्षक आन्दोलितः प्याब्सन र एनप्याब्सनको कार्यालयमा तालाबन्दी

- Advertisement -

महेन्द्रनगर २१ भदौ ।
कञ्चनपुरका संस्थागत विद्यालयका शिक्षक आन्दोलित बनेका छन् ।
नोबेल कोरोना भाईरस(कोभिड ,१९) का लगत देशव्यापी लकडाउनका कारण शैक्षिक संघ सस्था बन्द भएपछि कतिपय संस्थागत विद्यालयले कर्मचारी र शिक्षकलाई पारिश्रमीक नदिएपछि उनिहरु आन्दोलित बनेका हुन् ।

कोरोना संक्रमणको बिषम परिस्थितिमा गत शैक्षिक सत्रमा २०७६ मंसिर,पुस देखीको पारिश्रमिक नपाएको भन्दै संस्थागत विद्यालय शिक्षक युनियन कञ्चनपुरले तिन बुदे मागसहित प्याब्सन र एनप्याब्सन कञ्चनपुरको कार्यालयमा तालाबन्दी गरेको हो ।

शिक्षक युनियनका सचिव शंकर दत्त जोशीले कोरोना संक्रमणको कारण देखिउँदै संस्थागत शिक्षक कर्मचारीलाई पारिश्रमिक नदिदाँ आफुले आन्दोलित हुनु परेको बताए । उनका अनुसार गत शैक्षक शत्रको मंसिर पुस देखीकै तलब समेत शिकक्षहरुले तलब पाउन सकेका छैनन् ।

शिक्षक युनियनद्धारा जारी विज्ञप्तीमा भनिएको छ । ‘बिषम परिस्थितिमा पनि संस्थागत विद्यालय सञ्चालकहरु प्याब्सन ,एनप्याब्सनले कहिले तलब नदिने कहिले बेतलबि बिदामा पठाउने , कहिले व्यवहारिक मिलाउने जस्ता विज्ञप्ति , प्रतिक्रियाहरु सार्वजनिक गर्दै दादागिरी देखाएको स्पष्ठ देखीन्छ । गत शैक्षक शत्रको मंसिर पुस देखीकै तलब नपाएको अवस्थामा समेत निरन्तर शिक्षण सिकाई क्रियाकलापमा संग्लन शिक्षक कर्मचारीहरुको प्याव्सन ,एनप्याव्सन विद्यालय सञ्चालकहरुले पेटमा लात हान्ने काम गरेको छ कञ्चनपुरको हकमा केहि विद्यालयहरुले २०७६ सालको सवन महिना देखी तलब नदिएर ठुलो अपराध गरेको छ ।’

साथै संस्थागत विद्यालय शिक्षक युनियनले समय समयमा ज्ञापन पत्र , ध्यानकर्षण पत्र , विज्ञप्ति सम्बन्धित निकायहरुलाई बुझउँदा पनि जिल्ला भरिका संस्थागत विद्यलयका शिक्षक कर्मचारीहरुका समस्या समाधान गर्न गराउनमा सम्बन्धित निकायले चाँसो नदिएको युनियनको ठहर छ ।
त्यस्तै सरकारको निर्देशन नमाने प्याव्सन एनप्याव्सन तथा विद्यालय सञ्चालकहरुप्रति युनियनले आपत्ति प्रकट गरेको छ । भने ३ बुँदे माग समेत अघि सारेको छ ।
यस्ता छन् माग
१. २०७६ सालको सबै बक्यौता तलब र २०७७ सालको कम्तिमा तीन (३)महिनाको तलब तत्काल भुत्तानी गर्न गराउन सम्बन्धित सबै सरोकारवालाहरुमा अनुरोध गर्दछौ ।

२. सस्थागत विद्यालयका शिक्षक कर्मचारीहरुको एक लाख बराबरको कोभिड १९ बीमा सस्थागत विद्यालय बाट तत्काल गरियोस् ।
३. सस्थागत विद्यालयका शिक्षक कर्मचारीहरुलाई मानसिक तनाब , तलब माग्दा निष्काशीत गर्नेमा आबद्ध भएकै करण धम्काउने जस्ता अमानबिय कर्यहरु तत्काल बन्द गरियोस् ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

दशैंको मुखमा भजनीका बाढीपिडीतहरुलाई निड्स नेपालको राहत बितरण

कैलाली भजनी नगरपालिकाका बाढी प्रभावितहरुलाई निड्स नेपालले दशैको मुखमा खाधान्न तथा गैर खाधान्न राहत साम्रगी बितरण गरेको छ । भजनी नगरपालिकाको सहकार्य तथा समन्वयमा...

कैलालीमा २ किशोरीमाथि सामूहिक बलात्कार, ८ जना पक्राउ

कैलालीमा २ किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जिल्लाको जानकी गाउपालिका वडा नम्बर ५ मा १३ र १४ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको प्रहरीले...

दशैंमा कञ्चनपुरका सीमानाका सुनसान

महेन्द्रनगर । चाडपर्वका बेला गन्तव्यमा जाने यात्रुहरूको चाप हुने कञ्चनपुरका गड्डाचौकी र त्रिनगर नाका यस वर्ष भने कोरोना महामारीका कारण सुनसानप्रायः छन् । सुदूरपश्चिमको रोजगारीको...

जंगल सफारी खुला भयो शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा

कञ्चनपुर । शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जंगल सफारी र जंगल वाक खुला गरिएको छ । निकुञ्ज कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सुरक्षाका मापदण्ड पालना...

आज दसैंको मुख्य दिन, टीका लगाउने उत्तम साइत १०ः१९ बजे

१० कात्तिक, काठमाडौं । नेपालीहरुको महान चाड विजयादशमीको आज मुख्य दिन, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक...

कोरोनाबाट जोगिएर दशैँ मनाउन मुख्यमन्त्री भट्टको आग्रह

डोटी  । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोनाबाट सुरक्षित रहेर दशैँ मनाउन आग्रह गरेका छन् । मुख्यमन्त्री भट्टले स्वास्थ्यको विशेष ख्याल गरेर यसपालिको दशैँ...

कोरोनाका कारण उपचारथ बझाङका एक सवारी चालकको मृत्यु

बझाङ- सुदूरपश्चिममा कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ । जिल्ला अस्पताल बझाङमा उपचारका क्रममा मृत्यु भएका जयपृथ्वी नगरपालिका वडा नम्बर ८ बारिलका २८ वर्षीय...

कञ्चनपुरमा छोराको कुटपिटबाट आमा मृत्यु

महेन्द्रनगर ९ असोज । कञ्चनपुरमा छोराको निर्घात कुटपिटबाट आमा मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ३ स्थित सुकुम्बासी बस्तीमा बस्दै आएका...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया