सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मानव बेचबिखन तथा ओसारपसार विरुद्धको चौंधौं राष्ट्रिय दिवस भव्यताका साथ सम्पन्न

लाल बहादुर एस.के, पुनर्वास
मानव बेचविखन तथा ओसारपसारको अन्त्य, सुसस्कृत, सभ्य समाज र सामाजिक रुपान्तरण अवको गन्तव्य भन्ने मुल नाराका साथ जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिकाले भव्यताका साथ अन्तरकृया कार्यक्रम समपन्न गरेको नगरपालिकाले जनाएको छ ।

लकडाउनका कारण र्याली गरेर कार्यक्रम मनाउन नसकेपछि नगरपालिकाले सामाजिक दुरी कायम राख्दै अन्तरकृया कार्यक्रम समपन्न गरेको हो । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ का कारण विभिन्न कार्यक्रम गर्न नसकिएको नगरपालिकाले बताउदै यो क्षेत्र खुल्ला सिमा भएकोले बेचविखन अन्त्य पार्न समिक्षा गरेर अगाडी बढ्ने तयारी नगरपालिकाको रहेको जनाइएको छ ।

मानव बेचबिखन तथा ओसारपसार विरुद्ध कार्यक्रमका अध्यक्षताको आसन ग्रहण गरेको पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवन राज थापाले भने विगत लामो समयदेखि दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका खुल्ला सिमाना भएका कारणले विभिन्न ठाउँहरुबाट यस यहाँका खुल्ला नाकाहुदै मानव ओसारपसार तथा बेचबिखन त्यस्ता गतिविधि थुप्रै हुनसक्ने सम्भावना भएकाले र लागुऔषध लगायतका ओसारपसार हुन सक्ने भन्दै सिमा क्षेत्रमा खटिएका सिमा सुरक्षाबल सशस्त्र प्रहरी, इलाका प्रहरी कार्यालयलाई अझै बढी ध्यान दिनुपर्ने बताए ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

उहाँले भन्नु भयो अहिले विश्वव्यापीरुपमा कोरोना भाइरस महामारी फैलिएको बेला विगतका जस्तो भव्य र्याली लगायतका ठूला सभाहरू गर्न नसकिने अवस्थामा अहिलेको समय परिस्थिति अनुसार विभिन्न जिम्मेवारीबाट आफूहरुले गर्नुपर्ने महत्वपूर्ण भूमिकाहरु सबै पक्षबाट खेल्दिन सुरक्षाकर्मी, सञ्चारमाध्यम र स्थानीय सबैबाट विशेष भूमिका खेल्न आग्रह समेत गर्नु भयो ।

पुनर्वास नगरपालिकाकी उपप्रमुख शारदा विष्टले भने मानव बेचबिखनमा सचेत रहन र विभिन्न प्रलोभनमा पारि भारतलगायत तेस्रो मुलुकमा लगी बेचबिखन तथा मानसिक रूपमा यातना समेत दिने र अनैनिक कृयाकलाप लगायतका गतिविधिहरु गराउने, विभिन्न प्रलोभन देखाई कब्जा गर्ने हुदा कसैले पनि कुनै पनि प्रलोभनमा नपर्न समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा पुनर्वास नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र बहादुर खाती, विभिन्न वडाका वडा अध्यक्षहरु, संघ संस्थाहरु, प्रहरी, सशस्त्र प्रहरी, पत्रकार लगायत उपस्थित रहेको थियो । उक्त कार्यक्रमको सहजिकरण किसन भट्टले गरेका थिए ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.