Monday, September 21, 2020

आज दिउँसो ३ बजे रातो मच्छिन्द्रनाथको रथ तानिने

- Advertisement -

काठमाडौं-‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ आज दिउँसो ३ बजे तानिने भएको छ । यस वर्ष मच्छिन्द्रनाथ रथयात्रा गरेर विगतका वर्षझैँ गाःबहाल हुँदै मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पुर्याउन सम्भव नदेखिएसँगै रथलाई आज ललितपुर महानगरपालिका अगाडिको सोह्रखुट्टे पाटीसम्म तानेर राख्न लागिएको हो ।

आज बिहानैदेखि १९ औँ जातीय खलः पुचःका ५०१ स्वयं सेवक खटाएर रथको मर्मत सम्भार गराउनका साथै रथ तान्ने व्यवस्थापनसमेत गराइरहेको पुचःका संयोजक चन्द्र महर्जनले बताए ।

उनले भने, “मुलुकमा दिनानुदिन फैलिरहेको कोरोना महामारीका कारण यसपटक लोकनाथलाई टोलटोलमा लगेर रथयात्रा तथा जावलाखेल पुर्याएर भोटोजात्रा गर्न सम्भव नहुँदा तीन–तीन फिट वा छ फिटको दूरीमा हरेक मानिसलाई राखेर हातैले रथ तान्ने भएका छौं । हाल रथ भएको स्थानबाट मात्र १५ देखि २० मिटर पर सोह्रखुट्टे पाटी भएकाले धेरै परसम्म रथ तान्नुपर्ने छैन ।” गाःबहालबाट महानगरपालिकाको ढोकासम्म करिब ५०० मिटर मीननाथको रथ पनि तानिने महर्जनले बताए ।

लोकनाथ र मीननाथका दुवै रथ तान्न १९ जातीय खलका मानिसका साथै पाटन टोलका चारदेखि पाँच मानिस सहभागी हुने महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए । उनले भने, “रथयात्रामा सहभागी हुने मानिसलाई पूर्णरूपमा कोभिड–१९ को मापदण्ड अपनाउन लगाउने छौं ।” रथयात्रा सम्पन्न भएपश्चात् पाटनवासीले आज घरघरमा छवयलाबु पर्व मनाउने महर्जनले जानकारी दिए ।

विगतका वर्षझैँ यस वर्ष टोलटोलमा रथयात्रा गर्न नसकेकाले शुक्रबार र शनिबार देशमा कुनै अनिष्ट नहोस् भनेर क्षमापूजा गरिएको थियो । आउँदो शुक्रबार सम्भव भएसँगै मच्छिन्द्रनाथलाई बुङ्मती पठाउने कुरा अघि बढिरहेको महर्जनको भनाइ छ ।

आर्यावलोकितेश्वरलाई गत साउन १० गते पुल्चोकमा निर्माण सम्पन्न भएको रथमा विराजमान गराइएको थियो । वि।सं ८०० मा राजा वरदेवले पुल्चोकमा रथ बनाउन लगाएका थिए । मच्छिन्द्रनाथ नेपाल आएको ८४ वर्षपछि रथ बनाउन शुरु गरिएको थियो ।

किंवदन्तीअनुसार एक पटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले भिक्षा नदिएपछि त्यसैको झोँकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए ।

यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आसनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुपकामाक्षबाट नेपाल ल्याइएको थियो ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

३७ वर्षमा सिताराम, भन्छन्–‘हरेक नेपालीलाई खुशी बनाउने सपना छ’

हाँस्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल आजबाट ३७ बर्षमा प्रवेश गरेका छन् । वि.सं २०४० साल असोज ४ गते जन्मिएका यी कलाकारले जिन्दगीमा...

पशुपतिनाथ मन्दिर खोल्न सरकारी निर्देशनको प्रतीक्षा

कोरोना महामारी सुरु भएपछि गत चैतमा बन्द भएको पशुपतिनाथ मन्दिरमा पूजा र दर्शन खुला गर्ने तयारी गरिएको छ । पशुपति क्षेत्र विकास कोषले दर्शनार्थीबीच दुई...

मन्त्रिपरिषदमा कसलाई पठाउने भन्ने विषयमा छलफल नभए पनि आवश्यक पर्ने मापदण्डका...

नेकपा सचिवालयमा मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल अनलाइनखबर २०७७ असोज ४ गते १५ः१५ मा प्रकाशित ण् प्रतिक्रिया   ४ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा मन्त्रिपरिषद् पुनर्गठनबारे...

यस्ता हुन्छन् भाग्यमानी युवतीका १२ लक्षण, तपाईमा कति वटा ?

शास्त्र अनुसार शारीरिक अंगको बनावट तथा रुप रेखा हेरेर कुनै पनि ब्यक्तिको भाग्य, गुण र जीवन सम्बन्धि विभिन्न कुरा भविष्यवाणि गर्न सकिन्छ । शिव...

अरेबियन महिलाहरु किन यती सुन्दर र का’मुक हुन्छन् ? यस्तो छ...

बान्की मिलेको अनुहार, छालाको चमक, आँखाको तेज, मुलायम एंव रसिलो ओंठ आदिले उनीहरुको सौन्दर्य खुल्ने गर्छअरेबियन महिलाहरुको छाला अन्य देशका महिलाहरुको तुलनामा धेरै सुन्दर...

हरेक पुरूषले जानी राखौं)आफ्नो श्रीमतीलाई सधै खुसी बनाउने सुत्रहरू

आजकल नेपाली समाजमा थुप्रै कारणहरुले डिभोर्सको घटना दिन प्रतिदिन बढ्दै छ । कतै तपाईले आफ्नो श्रीमतीलाई खुसि पर्न नसकेर तपाईको परिवारिक जीवनमा खटपट त...

भयङ्कर चलाख र बुद्धिमान हुन्छन् यी राशिका महिलाहरु, तपाई पनि पर्नुभयो...

काठमाडौँ । हामी कति बुद्धिमान या समझदार छौँ भन्ने कुरा हामी आफैँ बताउन सक्दैनौ । समझदारी या हाम्रो बुद्धि कौशलको अनुमान तब मानिसलाई थाहा...

ठप्प विकास निर्माण: नेपालका साइट खुलेनन्, श्रमिक भारततिर

निर्माण क्षेत्र विकासशील अर्थतन्त्रको मरुदण्ड हो । नेपाल निर्माण व्यवसायी महासंघका अनुसार नेपालमा वर्षमा करिब रु.८ खर्ब बराबरको आर्थिक कारोबार हुने गरी ठेक्कामार्फत काम...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया