Friday, September 18, 2020

कोरोना खोप: कहिलेसम्म बजारमा आउला र मूल्य कतिसम्म पर्ला?

- Advertisement -

सबभन्दा पहिले गत डिसेम्बरमा चीनको वुहानमा देखापरेको कोरोना भाइरस तीव्र गतिमा विश्वभर फैलियो।

जसले अहिलेसम्म संसारका २ करोड ६६ लाखभन्दा बढी मानिसलाई संक्रमित बनाइसकेको छ भने तीमध्ये ८ लाख ७५ हजारभन्दा बढी बिरामीको त ज्यानै लिइसकेको छ। तर अहिलेसम्म यसलाई निर्मूल पार्ने कुनै खोप उपलब्ध भइसकेको छैन।

यही वर्ष अगस्ट ११ मा रुसले कोरोनाविरुद्ध विश्वमै पहिलो खोप दर्ता गराएको छ। जसको नाम स्पुत्निक(५ राखिएको छ। खोप अत्यन्त प्रभावकारी रहेको भन्दै रुसले विश्वको पहिलो सफल खोप यही भएको दाबी पनि गरेको छ।

तर कतिपय देशका विज्ञले रुसले अगाडि हुन तेस्रो चरणको परीक्षण नै नगरी हतारहतार खोप घोषणा गरेको भन्दै यसको प्रभावकारितामा शंका व्यक्त गरिरहेका छन्। तर रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले खोप स्वास्थ्य सुरक्षाका सबै मानकमा खरो उत्रिएको र आफ्नी छोरीलाई समेत लगाउँदा परिणाम राम्रो प्राप्त भएको दाबी गरिरहेका छन्।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार अहिले विश्वका ३४ कम्पनीले कोरोनाविरुद्ध खोप निर्माण गरिरहेका छन्।

जसमध्ये ७ वटा खोप तेस्रो चरणको परीक्षण (क्लिनिकल ट्रायल) मा पुगेका छन् भने तीनवटा खोप दोस्रो चरणको परीक्षण तहसम्म पुगेका छन्। डब्लूएचओका अनुसार अन्य १४२ कम्पनीले पनि कोरोना खोप बनाइरहेका छन् र ती अहिले प्रि(क्लिनिकल चरणसम्म मात्र आइपुगेका छन्।

डब्लूएचओका प्रमुख वैज्ञानिक सौम्या स्वामिनाथनका अनुसार अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको तथा एस्ट्रजेनेका कम्पनीले ठूलो मात्रामा उत्पादन गरिरहेको खोप नै अहिलेसम्मको सबैभन्दा उन्नत खोप हो।

स्वामिथानले सन् २०२१ को मध्यसम्ममा कोरोनाविरुद्धको खोप उपलब्ध हुने बताएका छन्। तर यसबीच कतिपय वैज्ञानिकसमेत आम सर्वसाधारणले केही महिनाभित्रै खोप उपलब्ध हुने आशा गरेका छन्।

तर अर्काे चिन्ता के भइरहेको छ भने खोपको मूल्य कति पर्ला? उता वैज्ञानिकलाई के चिन्ता छ भने कोरोना भगाउन खोप कतिपटक लगाउनु पर्ला?

खोपको मूल्यबारे अहिलेसम्म प्राप्त जानकारी

एस्ट्रजेनेकाले उत्पादन गरेको खोप
अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको खोप उत्पादन गरिरहेको एस्ट्रजेनेका कम्पनीले नाफा नकमाईकन सकेसम्म कम मूल्यमा खोप उपलब्ध गराउने प्रयास भइरहेको बताएको छ। गत महिना मेक्सिकोमा कम्पनीका प्रमुखले ल्याटिन अमेरिकामा खोपको मूल्य प्रतिडोज ४ डरलभन्दा कम नै हुने जानकारी दिएका थिए।

भारतमा यो खोप ठूलो मात्रामा उत्पादन गरिरहेको सिरम इन्स्टिच्युटले भारतलगायत विकासशील मुलुकका लागि खोपको मूल्य तीन डलर अर्थात् नेपाली ३५२ रुपैयाँ जति पर्ने जानकारी दिएको छ।

यस्तै इटलीको स्वास्थ्य मन्त्रालयले युरोपमा यसको मूल्य प्रतिडोज २.५ युरोसम्म पर्ने बताएको छ।

यो खोप उपलब्धताका लागि अस्ट्रेलियाले पनि उत्पादक कम्पनी एस्ट्रजेनेकासँग गत अगस्टमै सम्झौता गरिसकेको छ। अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले खोप आफ्ना सबै नागरिकलाई निःशुल्क उपलब्ध गराउने घोषणा गरेका छन्।

सनोफी पाश्चरको खोप
फ्रान्सको सनोफी पाश्चर कम्पनीका प्रमुख ओलिवियर बोगिलोटले शनिबार आफ्नो कम्पनीले विकास गरेको कोरोना खोपको मूल्य प्रतिडोज १० युरो (नेपाली रुपैयाँ १४४०) भन्दा कम हुने जानकारी दिएका छन्।

समाचार एजेन्सी रोयटर्सका अनुसार बोगिलोटले फ्रान्स इन्टर रेडियोसँग भनेका छन्, ‘अन्तिम मूल्य निर्धारण भइसकेको छैन। हामी आगामी महिना खोप उत्पादनमा लाग्ने लागतको आकलन गर्दै छौं। खोपको मूल्य १० युरोभन्दा कम नै हुने अनुमान गरेका छौं।’

चिनियाँ कम्पनी साइनोफार्मको खोप
चीनको औषधि कम्पनी साइनाफार्मका प्रमुख लिउ जिङगजेनले गत महिना आफ्नो कम्पनीले विकास गरेको खोपको तेस्रो चरणको परीक्षण पूरा भइसकेको जानकारी दिएका थिए। उनले खोप छिट्टै एक दिन बजारमा आउने र यसको दुई डोजको मूल्य १००० चिनियाँ युआन (नेपाली रुपैयाँ १६ हजार) भन्दा कम पर्ने बताएका थिए।

जानकारका अनुसार स्वास्थ्यकर्मी र विद्यार्थीलाई भने खोप निःशुल्क दिने तयारी छ। यो खोपको दुई डोज कम्पनीका प्रमुख लिउले नै लिइसकेको र यसको कुनै साइडइफेक्ट नदेखिएको उनले जानकारी दिएका छन्।

मडर्नाको खोप
गत अगस्टमा मडर्ना कम्पनीले आफूले उत्पादन गरेको खोप महामारीलाई विचार गरी प्रतिडोज ३३ देखि ३७ डलरसम्म (नेपाली रुपैयाँ ४ हजार) सम्म पर्ने जानकारी दिएको छ।

क्याम्ब्रिजस्थित उक्त कम्पनीका कार्यकारी प्रमुख स्टिफन बान्सेलले खोपको मूल्य सकेसम्म कमभन्दा कम गर्ने बताएका छन्। उनले भनेका छन्, ‘यो महामारीका बेला सबैले खोप पाउनुपर्छ। यसकारण मूल्य बाधक बन्नु हुँदैन।’

फायर्सफार्मामा प्रकाशित खबरअनुसार फाइजर र बायोएनटेक कम्पनीले आफूले उत्पादन गरेको खोप अमेरिकी सरकारलाई प्रति डोज १९.५० डलरमा बिक्री गर्ने योजना छ, जसमा ६० देखि ८० प्रतिशतसम्म फाइदा हुन सक्छ।

यो खोपको दुई सुरुवाती डोज र एक बुस्टर डोज दिन आवश्यक हुन्छ र यसका लागि सर्वसाधारणले ४० डरलसम्म तिर्नुपर्ने हुन सक्छ । -नेपाल खबर

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

एउटा यस्तो घर जसले चौतर्फी चर्चा पायो

एउटा सानो भर्याङमाथि बनेको घरले जापानको सोसल मिडियामा अत्यधिक चर्चा पाइरहेको छ । ‘च्याउ घर’ नाम दिइएको उक्त घर हेरेर नपत्याउने धेरै छन् । जापानी...

२६ वर्षकी महिला एक्लैले बनाइन् आफ्नो घर

दक्षिण अफ्रिकाकी महिला इन्जिनियरले एक्लैले आफ्नो घर बनाएकी छिन् । प्रायः पुरुषको मात्रै बर्चस्व हुने यस्ता निर्माण कार्यमा उनको एक्लो सहभागितालाई धेरैले प्रेरणाको रुपमा...

२२ हजार वर्ष पुरानो भालुको शव छालासहित भेटियो

आर्टिक सर्कलभन्दा धेरैमाथि दुर्गम साइबेरियन टापूहरु छन् । जहाँ, अस्थिपञ्जर व्यापारी र वैज्ञानिकहरु लोप भइसकेका प्राणीहरुको खोजीमा लागेका हुन्छन् । शताब्दीऔँ अघि लोप भएका यस्ता...

मोदीलाई जन्मदिनको शुभकामना दिँदै ओलीले भने– सम्बन्ध मजबुत बनाउन मिलेर काम...

१ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन् । उनले दुई देशबीचको सम्बन्ध मजबुत बनाउन मिलेर...

मुख, ओठ र जिब्रोमा खटिरा आयो ? चिन्ता नलिनुहोस् यस्ता छन्...

काठमाडौं । के तपाईको मुखमा साना(साना बिबिरा, फोका(फोकी आएर निकै सताएको छ ? मुखभित्र, जिब्रो, गिजा, ओठ लगायत मुखको कुना(कानी र कहिलेकाहीँ गालाको छेउसम्म...

मिठो भएपनि कहिले मिक्स गरेर नखानुस् यि खानेकुरा

हामी स्वादका हिसावले कतिपय खानेकुरा मिसाएर खान्छौं । केहि खाने कुरा यतिकै खानुमा भन्दा केहि अन्य चिजसँग मिसाएर खानुमा स्वादै नै बेग्लै हुुन्छ । https://youtu.be/K3x-1Ov4Vl8   तर,...

के भारत एकैपटक चीन र पाकिस्तानसँग लड्न सक्छ?

सुशान्त सिंह सेनाप्रमुख नरवणेले मे महिनामा भनेका थिए, ‘दुवै मोर्चामा शतप्रतिशत सक्रिय युद्ध होला भनेर सोच्नु गलत हुन्छ। दुईटा मोर्चा खुल्ने अवस्थामा एउटा प्राथमिक र...

आलुको बोक्रा कति उपयोगी

हरेकको भान्सामा नभई नहुने वस्तु हो, आलु । आलु धेरैको लागि प्रिय तरकारी पनि । यसलाई अनेक तरिकाले प्रयोग गर्न सकिन्छ । थरीथरीका परिकार...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -