सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बेलौरीमा भ्रष्टाचारबिरुद्ध प्रर्दशनसहित वडा कार्यालयमा तालाबन्दी

महेन्द्रनगर १९ भदौ । कञ्चनपुरको बेलौरी नगरपालिका १० का स्थानीय भ्रष्टाचार र वेथिति विरुद्ध जागरुक भएका छन् । शुक्रबार स्थानीय युवा तथा महिलाहरुले संयुत्तः रुपमा भ्रष्टाचार विरुद्ध प्रदर्शन गरेका छन् ।

स्थानीयले वडा कार्यालयमा भ्रष्टाचार अनियमितता बढेको भन्दै बिरोध प्रर्दशनन गर्नेका साथै वडा कार्यालयमा तालाबन्दी समेत गरेका छन् ।
स्थानीय युवा अरुण जोशीले स्थानीय सरकारका काम कार्वाही पारदर्शि मितव्ययी हुनुपर्ने बताए । उनका अनुसार कार्यालयको गविविधिका पारदर्शि नभएपछि स्थानीय आन्दोलित भएका छन् ।

Sana Kishan

वडाका हरेक विकास निर्माणका योजना तथा गतिविधि मितव्ययी र पारदर्शि हुनु पर्छ भन्ने हाम्रो मान्यता हो । स्थानीय युवा जोशीले भने तर स्थानीय तहमा नियम अनुसार काम हुन सकिरहेको छैन्, बजेटको सदुपयोग होस् ।

World Link Ads
Mahakali Polytechnic

साथै स्थानीयले भ्रष्टाचार बिरुद्ध आन्दोलन गर्दा आफ्ना युवाहरुमाथि वडा सदस्य हिरालाल चौधरीले झुट्टा मुद्दा दायर गरेर पन्छिन खोजिएकोमा स्थानीय आक्रोशित बेनेका छन् ।उक्त मुद्दा फिर्ता लिई अव उपरान्त वडामा पारदर्शी काम गर्न प्रतिबद्धता जनाउनुपर्नेस्थानीयको माग छ ।

वडा सदस्य हिरालाल चौधरीले भने आफुलाई व्यक्तिगत रुपमा गाली गर्नेको नाममा मात्रै उजुरी दिएको बताए । वडा ध्यक्ष होरिलाल चौधरीले स्थानीयले उठान गरेका माग वार्ताका माध्यममबाट समाधान गरिने बताए ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.