सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कलुवापुर–बेलौरी सडक निर्माण कछुवा गतिमा

महेन्द्रनगर । कञ्चनपुरको कलुवापुर–बेलौरी सडक निर्माण सुस्त गतिमा भइरहेको पाइएको छ । सुदूरपश्चिम प्रदेश सरकारको गौरवको योजनाका रूपमा समेत रहेको उक्त सडकखण्डको निर्माणले गति लिन सकेको छैन ।

करीब ४ वर्ष अघिदेखि दुईओटा छुट्टाछुट्टै प्याकेजमा उक्त सडकको निर्माण थालिएको थियो । पहिलो प्याकेज अन्तर्गत निर्माण भइरहेको बन्साहा–लालझाडी खण्डको हालसम्म करीब ४० प्रतिशत मात्रै भौतिक प्रगति भएको पूर्वाधार कार्यालय कञ्चनपुरका प्रमुख एवम् इन्जिनियर धीरेन्द्र भट्टले बताए ।

२०७३ भदौमा शुरू भएको पहिलो प्याकेजको सडक निर्माण हाल म्याद थपेर अघि बढाइएको छ । पहिलो प्याकेज अन्र्तगत बन्साहा–लालझाडी ११ दशमलव पाँच किलोमिटर सडक कालोपत्र गरिनेछ । उक्त सडकखण्ड निर्माणका लागि ८ करोडमा ठेक्का सम्झौता गरिएकोमा हालसम्म ९० लाख रुपैयाँ निकासा भएको कार्यालयले बताएको छ ।

World Link Ads
Mahakali Polytechnic

त्यस्तै दोस्रो प्याकेज अन्तर्गत निर्माण भइरहेको सोही सडकको लालझाडीदेखि बेलौर बजारसम्मको सडकको काम पनि सुस्त देखिएको छ । पूर्वाधार कार्यालय कञ्चनपुरका अनुसार उक्त सडकखण्डको प्रगति हालसम्म करीब ३० प्रतिशत मात्रै रहेको छ ।

Dirghayu Ads
Sana Kishan

उक्त सडकखण्डका निर्माणका लागि रू. १० करोडमा ठेक्का सम्झौता भएको हालसम्म १८ लाख मात्र बजेट विनियोजन भएको छ ।

सन्तोषी थेगिम जेभीले निर्माणको जिम्मा पाएको उक्त सडक एउटैै योजना भए पनि दुई प्याकेजमा काम भइरहेको कार्यालय प्रमुख इन्जिनियर भट्टले बताए । उक्त सडकको निर्माण २०७५ जेठसम्ममा सक्ने सम्झौता भए पनि लक्ष्य पूरा हुन सकेन । कार्यालयले २०७७ फागुनसम्ममा निर्माण सम्पन्न गरिसक्ने गरी योजनाको म्याद थप गरको छ ।

केन्द्र सरकार अन्तर्गतको सडक डिभिजन कार्यलयले शुरू गरेको उक्त सडक योजनाको सामित्व हस्तान्तरणमा ढिलाइ हुँदा निर्माण प्रभावित बनेको कार्यालय प्रमुख भट्टको जिकीर छ ।

‘प्रदेश सरकारले जिम्मेवारी लिने बेलामा यस सडक योजनाको म्याद सकिएको थियो,’ उनले भने ‘शुरूमा स्वामित्व लिने कि नलिने भन्ने अन्योल रह्यो, स्वामित्व ग्रहणपछि प्रदेश सरकारको कानून अनुसार म्याद थप गर्दा १ वर्षसम्म योजनाको काम प्रभावित बन्यो ।’ कुल ७ दशमलव ५ मिटर र कालोपत्र ५ दशमलव ५ मिटर हुने यो सडकमा हाल ग्राभेल निर्माण भइरहेको कार्यालयले बताएको छ ।

पूर्व–पश्चिम राजमार्गसँग दक्षिणी क्षेत्र जोड्ने जम्मा २३ किलोमिटर लम्बाइको उक्त सडकखण्ड बेलैमा स्तरोन्नति नहुँदा यहाँका नागरिक कष्टकर यात्रा गर्न बाध्य छन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.