सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको महाकाली भन्सार कार्यालयले लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेन

भदो १६, बैतडी । बैतडीको महाकाली भन्सार कार्यालय जुलाघाटले लगातार तिन वर्षदेखि लक्षित राजस्व संकलन गर्न नसकेको पाइएको छ ।

भारत सरकारले लगाएको जीएसटी तथा बैतडीको सबै स्थानिय तहमा सडक पुगेपछि महाकाली भन्सार कार्यालय जुलाघाटको राजस्व संकलनमा प्रत्यक्ष असर परेको हो ।आर्थिक वर्ष ०७४⁄०७५ मा रू.१ करोड ९ लाख राजस्व उठाउने लक्ष्य लिएकोमा रू. ७१ लाख ७७ हजार मात्र राजस्व संकलन भएको थियो ।

त्यसै गरि आर्थिक वर्ष ०७५⁄०७६ मा पनि रू.१ करोड ९ लाख राजस्व उठाउने लक्ष्य रहेकोमा रू.८९ लाख ७७ हजार राजस्व संकलन भएको थियो । यस्तै गत आर्थिक वर्षमात झन उक्त कार्यालयले लक्ष्य अनुसारको राजस्व संकलन गर्न सकेन ।

World Link Ads
Mahakali Polytechnic

गत आर्थिक वर्ष मा रू.१ करोड ६ लाख राजस्व संकलन गर्ने लक्ष्य रहेता पनि उक्त कार्यालयले छोटी भन्सार दार्चुला र बैतडीबाट जम्मा रू.४३ लाख ४६ हजार मात्र राजस्व संकलन गरेको महाकाली भन्सार कार्यालय जुलाघाट बैतडीका प्रमुख सुभास पौडेलले बताए ।

Dirghayu Ads

‘राजस्व बढी संकलन हुने महीनामा कोभिड– १९ नियन्त्रण गर्नको लागि लगाएको नाकावन्दी र भारतले लागू गरेको जीएसटीको कारणले लक्षित राजस्व संकलनमा बाध पुगेको हो’, अधिकृत पौडेलले भने ।

Sana Kishan

महाकाली भन्सार कार्यालय बैतडीले दार्चुला र बैतडी हेर्दै आएको छ । गत आवमा छोटी भन्सार दार्चुलाबाट रू.१८ लाख २१ हजार र जुलाघाट बैतडीबाट रू.२५ लाख २५ हजार मात्र राजस्व संकलन भएको छ ।

भारतबाट सामान तथा नेपालबाट खरीढुंगा बाहेक अरु केही समान निर्यात नहुने गरेको भन्सार कार्यालयले जानकारी दिएको छ । गत आवमा निर्यातबाट रू.७ लाख ५५ हजार र बाँकी आयातबाट मात्र राजस्व संकलन भएको हो ।

जिल्लाको जुलाघाट बाहेक अरु ठाउँबाट चोरीनिकासी पैठारी हुने गरेको छ ।जिल्लाको दसरथचन्द नगरपालिका, पञ्चेश्वर र शिवनाथ गाउँपालिका भारतसँग जोडिएका छन् । यि तिन ओटै स्थानिय तहका १० ठाउँबाट भारतका विभिन्न बजार जान सकिन्छ ।

ती मध्ये दसरथचन्दको जुलाघाट भन्सार बाहेक अरु ठाउँबाट विना भन्सार समान आउने गरेको छ ।ती नौ ओटा स्थानमध्ये एक ठाउँमा मात्र शसस्त्र प्रहरीको क्याम्प रहेको छ भने बाँकी स्थानबाट चोरीनिकासी हुने गरेको छ ।

तत्कालिन समयमा पञ्चेश्वरको धर्मघाटमा छोटी भन्सार सञ्चालनमा रहेता पनि द्वन्द्वकालमा बन्द गरिएकोमा हालसम्म बन्द रहेको छ । सो स्थानमा छोटी भन्सार राख्न पहल भइरहेको स्थानीय पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्दले बताए ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.