सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एकपटक कोरोनाबाट मुक्त भएपछि कति समयसम्म सुरक्षित भइन्छ? आयो खुसीको खबर

आइसल्यान्डमा गरिएको एक अध्ययनले कोरोनाबाट मुक्त भएका व्यक्तिका लागि खुसीको खबर ल्याएको छ।

कोरोनाबाट मुक्त त्यहाँका ३० हजार जनामा गरिएको अध्ययनले कोरोना संक्रमणपछि बन्ने ‘एन्टिबडी’ (भाइरसप्रतिरोधी शक्ति) ले कम्तीमा चार महिना काम गर्ने पत्ता लगाएको हो।

यो नै पहिलो अध्ययन हो, जसले भाइरविरुद्ध एन्टिबडीले यति लामो समयसम्म काम गर्ने दाबी गरेको बीबीसीले जनाएको छ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

यो अध्ययन आइसल्यान्डस्थित बायोटेक कम्पनी जेनेटिक्सले गरेको हो। जुन अध्ययन प्रतिवेदन द न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित छ।

Dirghayu Ads

यसअघिका सीमित अध्ययनले कोरोना संक्रमणपछि शरीरमा बन्ने एन्टिबडीले केही (छोटो) समय मात्र काम गर्ने र हराएर जाने निष्कर्ष निकालेका थिए।

बीबीसीमा प्रकाशित खबरअनुसार आइसल्यान्डमा गरिएको यस अध्ययनबारे लेखिएको सम्पादकीयमा भनिएको छ( यो नतिजाले के आशा जगाएको छ भने घातक कोरोना भाइरसविरुद्ध बन्ने प्रतिरक्षा शक्ति चाँडै हराएर जाँदैन।’

विज्ञका अनुसार कोरोना भाइरसले संक्रमण गरेपछि शरीरमा त्यसविरुद्ध लड्ने शक्ति पनि विकास हुन्छ, जसलाई चिकित्सकीय भाषामा एन्टिबडी भनिन्छ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.