सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मन्त्रिमण्डल पुनर्गठनको मोडालिटी तयारः यि हुन सम्भावित नयाँ मन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठनको गृहकार्य पूरा गरेका छन् । अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को पक्षमा पार्टी भित्रको समीकरण बदलिने गरी मन्त्रिपरिषद पुनर्गठनको नयाँ मोडालिटीमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको समेत मौन सहमति रहेको बालुवाटार निकट उच्च स्रोतले दाबी गरेको छ ।

पार्टीको सचिवालयमा आफ्नो पक्षमा बहुमत जुटाउने रणनीति सहित प्रधानमन्त्री ओलीले उपाध्यक्ष वामदेव गौतमलाई अर्थ, रक्षा सहित उपप्रधानमन्त्रीको जिम्मेवारी दिने तय भएको छ ।

दुई महत्त्वपूर्ण मन्त्रालय सहित सरकारमा दोस्रो वरियतामा रहने भएपछि उपाध्यक्ष गौतम पनि सरकारमा सहभागी हुन सहमत भएका छन् । यो सँगै उपप्रधानमन्त्री सहित रक्षामन्त्रीको जिम्मेवारी सम्हालीरहेका ईश्वर पोखरेलको सत्ता यात्रा भने समाप्त भएको छ ।

World Link Ads
Mahakali Polytechnic

प्रधानमन्त्री ओलीको निकट सहयोगीको भूमिकामा देखिएका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पनि बहिर्गमनको सूचीमा परेका छन् । एमसीसी परियोजना पास गर्न सहयोग गर्न नसक्ने जवाफ प्रधानमन्त्री ओलीलाई दिएका गृहमन्त्री बादलको ठाउँ जनार्दन शर्माले हात पार्ने तय भएको छ । यो सँगै गृहमन्त्री बादलको पनि सत्तायात्रा समाप्त भएको छ ।

Dirghayu Ads
Sana Kishan

कोरोना नियन्त्रण तथा रोकथाममा भन्दा भ्रष्टाचार र अनियमिततामा नाम मुछिदैं आएका भानुभक्त ढकालको स्थानमा खगराज अधिकारीलाई प्रधानमन्त्री ओलीले रोजेका छन् यो सँगै अर्थमन्त्री डा. युवराज खतिवडाले सम्हाल्दै आएको सञ्चार मन्त्रालयको जिम्मेवारी स्वर्गीय रवीन्द्र अधिकारी पत्नी विद्या भट्टराईलाई दिने पक्का भएको जनाइएको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डका बिच स्थायी कमिटी बैठकलाई लिएर भएको छलफलका क्रममा प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्ष प्रचण्डलाई मन्त्रिपरिषद पुनर्गठनको योजना प्रस्तुत गरेको र मन्त्रीपरिषद पुनर्गठनको कुरा प्रधानमन्त्रीको तजविजी अधिकार भएको जवाफ दिएको समेत स्रोतको दाबी छ ।

एमसीसीको पक्षमा रहेका नेताहरूलाई मन्त्रीमण्डमा समावेश गरेसँगै बुधबारलाई तय भएको स्थायी कमिटी बैठक बाटै एमसीसीको पक्षमा निर्णय गराउने प्रधानमन्त्री ओलीको योजना छ । एमसीसीलाई सहयोग नगर्नेहरुलाई मन्त्रीमण्डलमा समावेश गर्न नसकिने भन्दै प्रधानमन्त्री ओलीले एमसीसी विरोधीहरूलाई छानीछानी मन्त्री पदबाट हटाउन लागेका हुन् ।

यो सँगै सत्तारूढ नेकपाको ओली इतर समूहमा भने भूकम्प नै आएको बताइन्छ । आगामी २४ घण्टाभित्र देशको राजनीतिमा उथलपुथल आउने वि रोधी समूहको चे तावनी छ । एमसीसी पास नगरे आफ्नो राजनैतिक भविष्य नै जोखिममा पर्ने भन्दै प्रधानमन्त्री ओलीले जुनसुकै मूल्यमा एमसीसी पास गर्ने रणनीतिमा लागेको बताइन्छ ।

मन्त्रीपदबाट असमयमै हट्नु परेपछि उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री ओली गुट नत्यागेको अवस्थामा बाहेक अब स्थायी कमिटी बाट एमसीसी अनुमोदन हुन कुनै समस्या नरहेको र पोखरेलले अन्तिमसम्म आफ्नो साथ नछाड्नेमा प्रधानमन्त्री ओली ढुक्क रहेको समेत स्रोतको दाबी छ । -अनलाइन पानाबाट

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.