Friday, October 2, 2020

उपत्यकाका मेयरहरुको सुझाव स् निषेधाज्ञा हैन, १५ दिन कफ्र्यु लगाऔं

- Advertisement -

काठमाडौं । उपत्यका नगरपालिका नगरपालिका फोरमले निषेधाज्ञाको सट्टा कफ्र्यु आदेश जारी गरी गर्नुपर्ने बताएको छ । नगरपालिका फोरमका सचिव एवम् मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले फोरमको भर्चुअल बैठकले उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई कफ्र्यु आदेश जारी गर्न सुझाव दिएको बताए ।

फोरमका सचिव श्रेष्ठले केही दिन अत्यावश्यक सामग्री किनमेलका लागि सहज बनाई थप १५ दिन कफ्र्यु आदेश जारी गरे मात्रै कोभिड १९ संक्रमणलाई नियन्त्रणमा लिन सकिने बताए ।

अहिले १५ दिनसम्म भएको निषेधाज्ञाको अवस्थामा संक्रमण फैलिन नपाएको र अझैपनि मानिसहरु बाहिर निस्कने काम भइराखेकाले यसलाई रोकेर संक्रमणलाई पूर्ण रुपमा नियन्त्रणमा लिन कफ्र्यु नै उत्तम विकल्प भएको बताए ।

कोभिड १९ संक्रमण समुदाय स्तरमा फैलिसकेको अवस्थामा मानिसहरुको आवागमनलाई पूर्ण रुपमा निषेध नगरीकन नियन्त्रणमा लिन कठिन हुने पनि उनले बताए ।

कडा खालको निषेधाज्ञाबाट विपन्न वर्गहरुमा समस्या पर्नेतर्फ उपत्यका नगरपालिका फोरम सचेत रहेको पनि उनले बताए । त्यसका लागि आफू बसेको वडा कार्यालयमा सम्पर्क गरे सहजै राहत उपलब्ध हुने पनि श्रेष्ठले बताए । अनलाइनखबर

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

चेतन बोहराको दशै गित ‘फूलको माला ’ सार्वजनिक(भिडियो सहित)

मदन गिरी महेन्द्रनगर १५ असोज । उदयमान युवा गायक तथा मोडेल चेतन बोहराको दशैँ गित फूलको माला सार्वजनिक भएको छ । गायक चेतना बोहरा र...

विजयादशमीको साइत सार्वजनिक

काठमाडौँ – नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । विसं २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको...

वेदकोटमा जेष्ठ नागरिक दिवसको अवसर पारेर स्वास्थ्य परिक्षण फोटो ( फिचर...

१५ असोज कञ्चनपुरको बेदकोट नगरपालिकाले रौटेला धाम स्थीत बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रमा रहेका जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरेको छ । ३० औ जेष्ठ...

निर्मला बलात्काररहत्या प्रकरणः निलम्बनमै सकियो ३ प्रहरीको जागिर, ३ जना काममा...

काठमाडौं, असोज १४ कन्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको मुद्दा अनुसन्धानका क्रममा निलम्बनमा परेका तीन प्रहरीले अवकाश पाएका छन्। सरकारले निलम्बन फुकुवाका लागि कानुन...

 अध्यक्ष धामी भन्छन्– ममाथि तेस्रो पटक आक्रमण भयो

महेन्द्रनगर । बेदकोट नगरपालिका ९ का अध्यक्ष रामसिह धामीसित मंगलबार राति साँघातिक आक्रमण भएपछि उनी घरमा आराम गरि रहेका छन् । पेट र छातीमा...

दल दर्ता गर्न संघीय संरचना अनिवार्य

काठमाडौं, असोज १५। निर्वाचन आयोगले आयोगमा नयाँ दल दर्ता गर्न संविधानअनुसार दलको संघीय संरचना अनिवार्य गरेको छ । https://youtu.be/bv4jKzJhvTM आयोगले संविधानमा भएको संघीय संरचनाअनुसारको मुलुकको ढाँचाको...

सुदूरपश्चिममा बुधवार थपिए १९६ जना कोरोना पुष्टी

– सुदूरपश्चिममा एकैदिन एक सय ९६ जना कोरोना संक्रमित थपिएका छन्। चार वटा प्रयोगशालामा भएको परीक्षणमा एक सय ९६ जनामा संक्रमण पुष्टि भएको हो। सामाजिक...

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक भएको छ । हाल रसुवागढी नाकाबाट निकै कम मात्र कन्टेनर नेपाल भित्रिएकामा दुवै नाका सहज बनाउन...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया