Friday, October 2, 2020

तपाईंको स्मरण शक्ति कमजोर भएको यी ९ गल्तीले हो कि ?

- Advertisement -

मानिसको उमेर वृद्धिसँगै स्मरण शक्तिमा समेत कमी आउने गर्दछ । यसलाई सामान्य मानिन्छ । तर आजकल कतिपय युवा उमेरकै मानिसको स्मरणशक्ति कमजोर हुने गरको छ । यसको पछाडि भने धेरै कारणहरु रहने गरेका छन् ।

आजकल मुख्यतयाः दैनिक जीवनयापनका क्रममा मानिसबाट गरिने गलत बानिले मानिसको मष्तिकलाई कमजोर बनाउने गर्छ ।

जसको कारण धेरै मानिस छिट्टै विर्सने, देखेको भेटेको वा पढेको कुरा सम्झन नसक्ने लगायतका समस्याबाट गुज्रिन गरेका छन् । युवा अवस्थामा नै मानिसको स्मरणशक्ति कमजोर पार्ने केही गलत बानिहरु यस्ता छन्ः

१. खानामा अनियमितता

कतिपय मानिस कार्य व्यस्तताका कारण खाना समयमा नखाने, बजारमा पाइएको जे पनि खाने गर्दछन् । यसले शरीरसंगै मष्तिकलाई समेत कमजोर बनाउने गर्दछ । बिहान अबेरसम्म खाली पेट बस्दा मानिसको मष्तिकले काम गर्न सक्दैन र एकाएक अत्याधिक खाँदा मष्तिकमा उ’ल्झन उत्पन्न हुन्छ । जसले गर्दा मानिसको स्मरणशक्तिमा कमी आउँछ ।

२. धुम्रपानको लत

आजकल धेरै युवा धुम्रपान गर्दछन् । जो स्वास्थका लागि हानिकारक छ । यसले मानिसमा रोग भित्र्याउने र आयु घटाउने मात्र होइन मष्तिकको स्मरण शक्तिलाई समेत कमजोर पार्ने गर्दछ । धुम्रपानले मस्तिष्कको संवेदनशील भाग कर्टेक्सलाई सीधा असर गर्छ जसका कारण स्मरण शक्ति बिस्तारै गुम्न पुग्दछ ।

३. गलत जीवनशैली

प्रविधिको विकाससंगै आजकल धेरै मानिसको जिवनशैली परीवर्तन भएको छ । राति सबेरै सुत्ने मानिसहरु आजकल राति अबेरसम्म मोवाइल, ल्यापटप वा टेलिभिजनमा बिताउने गर्दछन् । राति अबेरसम्म नसुत्ने, शारीरीक व्यायाम नगर्ने लगायतका गलत जिवनशैलीले मानिसको मष्तिकमा असर पार्दछ र स्मरणशक्तिमा कमी आउने गर्दछ ।

४. पानी पिउने बानीमा कमी

धेरै मानिसहरुले शरीरलाई चाहिनेभन्दा कम पानी पिउने गर्दछन् । तर प्रसस्त पानी पिउने मानिसको मष्तिकले पानी नपिउनेको मानिसको भन्दा बढी स्मरण राख्न सक्छ । त्यसैले यदि तपाईँ कतै लामो दूरिको यात्रा वा लामो समयका लागी कुनै स्थानमा जादैं हुनुहुन्छ भने साथमा अनिवार्य पानी बोक्नुहोस् । यसले तपाईंको दिमागलाई ताजा बनाइ महत्वपूर्ण कुरा बिर्सनबाट जोगाउँछ ।

५. अल्छी स्वभाव

कतिपय मानिसमा काम गर्न अल्छी मान्दछन् । यस्ता अल्छेहरुको मष्तिक कम रचनात्मक हुनुका साथै कमजोर हुने गर्दछ । किनकी उनीहरु आफ्नो मष्तिकको प्रयोग कम गर्दछन् । मानिसले जति धेरै काममा आफूलाई ब्यस्त राख्दछ उनिहरुको मष्तिक पनि त्यति नै रचनात्मक र सिर्जनशील बन्छ ।

६. अत्यधिक त’नाव

भनिरहनु पर्दैन मानिसको शरीरका लागी त’नाव श’त्रु झै हो । यसैले मानिसलाई कुनै रचनात्मक काम गर्नबाट बन्देज गर्दछ । सधैँ तनाव लिइरहने मानिसको दिमागमा यसले नराम्रो असर पार्दछ । र जब मानिस तनावमा हुन्छ यसले मानिसको स्मरणशक्तिमा कमी ल्याउने गर्दछ ।

७. ईयरफोनको प्रयोग

हामीले शहर वा गाउँ सबैतिर आजकल धेरै मानिसलाई कानमा ईयरफोन लगाएर श्रब्य सामाग्री सुनिरहेको पाउँछौ । तर लामो समयसम्म ईयरफोनको प्रयोग गर्ने मानिसको कान सहित मष्तिकका तन्तुमा पनि असर पर्ने गर्दछ । यदि कोही मानिस लामो समयसम्म ईयरफोनको प्रयोग गर्छ उसको स्मरणशक्तिमा कमी आउने गर्दछ ।

८. अनिन्द्रा

प्रत्येक वयस्क मानिस दैनिक ७ देखि ८ घण्टा सम्म सुत्न आवश्यक छ । यसले मानिसलाई स्वस्थ्य र स्र्फुत राख्न राम्रो योगदान गर्दछ । तर पर्याप्न निन्द्राको फाइदा यतिमात्रमा सिमित छैन, यसले मष्तिकलाई समेत स्वस्थ राख्दछ । अन्यथा मष्तिकमा विभिन्न भागमा असर पार्ने र सम्झना शक्तिमा कमी आउने गर्दछ ।

९. एक्लोपन

धेरै भिडभाड, होहल्ला वा दिनभर थकान महशुस हुने काममा ब्यस्त हुने मानिस केहीबेर एकान्त बस्न खोज्नु स्वभाविक हो । तर यदि कोहि मानिस दिनहुँजसो एकान्त बस्न खोज्छ भने यसले पनि मानिसको स्मरणशक्तिमा कमी ल्याउने गर्दछ । समाचार वाटिका

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

अनुहारका पूराना भन्दा पूराना दाग हटाउन यसरी प्रयोग गर्नुहोस मह !

धेरै जसो समय अनुहारमा चमक हुँदा हुँदै पनि दाग(धब्बाको कारण हाम्रो अनुहारको प्राकृतिक सौन्दर्य छोटो समयमा फिक्का देखिन्छ। हामी यस्ता जि द्दी डग(धब्बाबाट छुटकारा...

आफ्नै घरको भान्सामा पाउने यस्ता कुराले यसरी गोरो अनि चम्किलो बनाउनुहोस...

भान्सामै हुने कतिपय औषधिहरुले तपाईंको छालालाई निकै फाइदा पुर्याउँछ । भान्सामा पाइने विभिन्न चीजहरुको प्रयोगबाट अनुहारमा भएको दागदब्बा र फोहोर हटाउन सकिन्छ । मह...

गुर्जो सेवन गर्ने विधि, फाइदा र नोक्सानको बारेमा जानकारी लिनुहोस

मानिसको शरीरमा रोग प्रतिरोधी क्षमता बढाउने गुर्जो नेपालका जहाँसुकै रोप्न सकिने अमूल्य जडिबुटी हो । नेपालमा धेरै ठाउँमा घर वरिपरि वा गमलामा रोपेर नियमित...

दिउँसो सुत्ने बानी स्वास्थको लागि राम्रो की नराम्रो? यस्तो सम्म हुन्छ...

को’रोना भ’य र लकाउनको कारण अधिकांश घरभित्रै खुम्चिए । घरभित्र बस्दा के गर्ने ? कामधन्दाको मेलोमेसो नपाएकाहरुलाई समय कटाउन गाह्रो भयो । भान्साको काम...

काँचो प्याज खाँदा निको हुन्छन यी रोग !

काठमाडौं (एजेन्सी) । बिश्वभर महामारीको रुप लिएको कोरोना भाइसरपछि मानिसहरु इम्युनिटी बढाउने खाने कुराको खोजीमा छन । कोरोनासँगै नेपाली भान्सामा पाइने औषधीजन्य खानेकुराको चर्चा पनि...

हामीले जान्नु पर्ने कुरा,मधुमेह रोगीका लागि ‘वि”ष’ हुन यी खानेकुरा, भुलेरपनि...

गर्मी महिना नजिकिंदै जाँदा बिभिन्न शारिरिक समस्याहरुसँग जुध्नु पर्ने हुन्छ । धेरै समस्याहरु कानाका कारणले गर्दा आउने गर्दछन्। गर्मीमा के खाने र के नखाने...

हामीले जान्नु पर्ने कुरा,मधुमेह रोगीका लागि ‘वि”ष’ हुन यी खानेकुरा, भुलेरपनि...

गर्मी महिना नजिकिंदै जाँदा बिभिन्न शारिरिक समस्याहरुसँग जुध्नु पर्ने हुन्छ । धेरै समस्याहरु कानाका कारणले गर्दा आउने गर्दछन्। गर्मीमा के खाने र के नखाने...

हामीले जान्नु पर्ने कुरा,मधुमेह रोगीका लागि ‘वि”ष’ हुन यी खानेकुरा, भुलेरपनि...

संसारभरी मधुमेह रोग निकै भयावह रूपमा बढीरहेको छ। मधुमेहलाई निकै खतरनाक रोग मानिन्छ । आधुनिक जीवनशैली र सुख सुविधाले मधुमेहजस्ता रोग बढीरहेको छ ।...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया