Wednesday, September 23, 2020

५ महीनापछि खुल्यो नियमित अन्तरराष्ट्रिय उडान, यस्तो छ उडान तालिका

- Advertisement -

भदौ १६, काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमण नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको पाँच महीनापछि नियमित अन्तररााष्ट्रिय उडान सुचारु भएको छ ।

सरकारले बन्दाबन्दीको पाँच महीनापछि अर्थात भदौ १६ देखि निश्चित शर्तसहित नियमित अन्तरराष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको थियो ।
भदौ ४ गतेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ महामारीबाट बचेर सुरक्षित उडानका लागि पिसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको नियमित उडान गर्ने निर्णय गरेको हो ।

दैनिक ५०० यात्रु नकट्ने गरी उडान नियमित उडान सञ्चालन हुनेछ । यसबीचमा विभिन्न मुलुकबाट चार्टर उडान पनि सञ्चालन गरिनेछ ।
नेपालमा बन्दाबन्दी शुरु भएको चैत ११ देखि अन्तरराष्ट्रिय उडानमा प्रतिबन्ध लगाइएको थियो । आन्तरिक उडान पनि स्थगन गरिएको थियो । यस बीचमा कुनै पनि व्यावसायिक उडान भएनन् ।

विदेशमा अलपत्र नेपाली ल्याउन तथा बन्दाबन्दीले अड्किएका नेपाल र विदेश दुबैतर्फ नागरिक आवतजावतका लागि चार्टर उडानहरु भए । त्यस्तै अत्यावश्यक स्वास्थ्य सामग्री ल्याउन विभिन्न मुलुकबाट कार्गो उडान पनि सञ्चालन गरियो । बन्दाबन्दीको अवधिमा दैनिक १८ ओटासम्म चार्टर उडान भएका थिए ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै ५४ हजार ११५ जना यात्रु नेपाल आएका छन् । नेपालबाट २२ हजार १९६ जना यात्रु बाहिरिएका छन् ।विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीका अनुसार बन्दाबन्दी र त्यसपछि निषेधाज्ञाको अवधिमा अन्तरराष्ट्रिय विमानस्थल हुँदै ५४ हजार ११५ जना यात्रु नेपाल आएका छन् । नेपालबाट २२ हजार १९६ जना यात्रु बाहिरिएका छन् ।

कार्गोतर्फ उक्त अवधिमा विभिन्न देशबाट १४ लाख ४१ हजार ५४० कार्गो नेपाल भित्रिएको छ भने नेपालबाट १८ लाख २७ हजार ८४४ कार्गो विदेश पठाइएको छ । यो चैत ११ देखि भदौ १४ गतेसम्मको विवरण हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सेप्टेम्बर महीनाभरको नियमित र चार्टर दुबै उडानको तालिका सार्वजनिक गरिसकेको छ ।

पीसीआर परीक्षण सहज भएका मुलुकहरु मलेशिया, यूएई, दक्षिण कोरिया, थाइल्याण्ड, जापान, चीन, हंकङ, अष्ट्रेलिया, अमेरिका, क्यानाडा र यूरोपेली मुलुकबाट नेपाल सरकारको निर्णयअनुसार नेपाल आउन अनुमति भएका नेपाली नागरिक र नेपालस्थित विदेशी नियोगका कूटनीतिज्ञ, कर्मचारी, संयुक्त राष्ट्रसंघका कर्मचारीलगायतलाई मात्र नेपाल ल्याउने गरी नियमति उडान गरिनेछ ।

पीसीआर सहज नभएका मुलुकहरु कतार, साउदी अरब र कुवेतलगायत अन्य मुलुकबाट नियमित उडानमार्फत् यात्रु ल्याउन नपाइने निर्णय गरेको छ । नियमित उडानका लागि उडान अनुमति नभएका श्रमिक रहेका मुलुकबाट सम्बन्धित नेपाली कूटनीतिक नियोगबाट सिफारिस भएको नामावली बमोजिमका यात्रुका लागि चार्टर उडान गरेर ल्याउन पाइनेछ ।

यस्तै पीसीआर टेष्ट सहज नभएका मुलुकहरुमा चार्टर उडान मात्र सञ्चालन हुने बताइएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रियतर्फ तीन नेपालीसहित ३० ओटा वायुसेवा कम्पनीले उडान गर्दै आएका छन् ।

पहिलो उडान निगमको नारितामा

नियमित अन्तरराष्ट्रिय उडान शुरु हुने मंगलवार पहिलो दिन नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को एक मात्र उडान तालिका रहेको छ । निगमको वाइड बडी जहाजले मंगलवार राति १ ः ०० बजे जापानको नारिताका लागि उडान गर्ने विमानस्थलले बताएको छ । मंगलवारको लागि अन्य एयरलाइन्सको नियमित उडान तालिका छैन । चार्टरतर्फ मंगलवार पाँच ओटा उडान हुनेछन् ।
नेपाल एयरलाइन्सको जहाज बिहान गन्तव्यतर्फ उडिसकेको छ भने हिमालयको जहाज पनि उड्ने तयारीमा छन् । नेपाल एयरलाइन्सले दोहा र कुवेतबाट तथा हिमालयले दोहा र चीनको कुनमिङबाट नेपाली फर्काउने छ । एयर अरेबियाले सारजाहबाट नेपालीलाई घर फर्काउने उडान तालिका रहेको छ ।

उडान थोरै जनशक्ति र संरचना उत्तिकै

विमानस्थललाई कोभिड–१९ संक्रमणबाट बचेर सुरक्षित उडान गर्नुपर्ने एकातिर छ भने अर्कोतिर थोरै उडान सञ्चालन भएपनि जनशक्ति र संरचना उत्तिकै खर्चनुपर्छ । यसले विमानस्थलको खर्च, समय र जनशक्ति पनि बढी व्यवस्थापन गर्नुपर्ने भएकाले केही असहज हुने बताएको छ । नियमिततर्फ दैनिक दुई देखि तीन र चाटर्रका केही उडान सञ्चालन हुनेछन् ।

नेपालबाट उडान दिउँसो वा राति १० बजेसम्म मात्र सञ्चालन गर्न सरोकारवालासँग छलफल भएपनि विदेशी स्टेशनबाट उडान तालिका नमिल्ने भएकाले मध्यरातिमा पनि उडान गर्नुपर्ने विमानस्थललाई वाध्यता परेको छ । त्यसैले मंगलवार निगमको जहाज राति १ बजे नारिता उड्ने तालिका छ । विभिन्न मुलुकबाट आउने कनेक्टिङ फ्लाइटलाई पनि समस्या हुनेछ । मध्यरातमा विमानस्थल आउनुपर्दा व्यवस्थापनमा पनि कठिनाइ हुनेछ ।

विमानस्थलका महाप्रवन्धक केसीले थोरै उडान भएपनि सामान्य अवस्थामा जस्तै जनशक्ति र संरचना व्यवस्थापन गर्नुपर्ने भएकाले यसले विमानस्थलको खर्च बढाउनुका साथै जनशक्ति व्यवस्थापनमा पनि असहज हुने बताए ।

उनका अनुसार अहिले महामारीलाई मध्यनजर गर्दै विमानस्थललाई जुनसुकै अवस्थामा पनि सञ्चालन गर्नुपर्ने भएकाले एक तिहाई कर्मचारीबाट मात्रै सेवा सञ्चालन गरिरहेको छ । अर्को टोली जगेडामा राखिएको छ ।

उनले भने, ‘विमानस्थलमा रात्रिकालीन समयमा उडान नभइदिए हुन्थ्यो भनेर हामीले बारम्बार सरोकारवालासँग छलफल पनि ग¥र्यौं तर विदेशतर्फको तालिका नमिल्ने भएकाले मध्यरातमा पनि उडान गर्नुपर्ने बाध्यता छ । जतिसुकै उडान भएपनि सम्पूर्ण संरचना तयार हुनुपर्छ यसले विमानस्थलको खर्च र समय पनि बढाउँछ ।’

विदेशबाट आउने यात्रु विमानस्थलबाट सिधै होल्डिङ सेन्टरमा जानुपर्नेछ । प्रदेश अनुसारको सातै प्रदेशको छुट्टाछुट्टै होल्डिङ सेन्टरमा पुगेपछि यात्रुको पीसीआर विवरण तथा होटल बस्नुपर्ने हो वा घर जान पाउने हो टुंगो लाग्छ ।

पीसीआर रिपोर्ट नेगेटिभ भएकाले घरमा गएर होम क्वारेन्टाइमा बस्नुपर्छ । पीसीआर रिपोर्ट नभएकाले होटलमा सात दिन बसेर स्वास्थ्य परीक्षण गराएर आवश्यक प्रक्रिया पूरा गरेपछि मात्रै घर जान पाउनेछन् ।-आर्थिक अभियान  

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

कञ्चनपुरका सात प्रहरी निरीक्षकको सरुवा

नेपाल प्रहरीका ४ सय ८८ जना इन्सपेक्टरको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागले सोमबार ४ सय ८८ जना प्रहरी निरीक्षक...

मासिक ७ हजार ५ सय तिर्नेगरि किन्न सकिन्छ टीभीएस RTR 160...

काठमाडौं । टीभीएस १६० फोर भी सिंगल डिस्क किन्न चाहने ग्राहकले मासिक ७ हजार ५८० रुपैयाँ किस्ता तिर्नेगरि किन्न सक्ने छन् । कम्पनीले ल्याएको...

बजाजको दशैं अफर: २०% डाउन पेमेन्टमा पल्सर १२५ किन्दा यस्तो छ...

काठमाडौं । बजाज मोटरसाइकलको लागि नेपालका लागि आधिकारिक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनीले आजबाट चाडपर्व लक्षित ग्राहक योजना सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको...

विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक

काठमाडौं, असोज ६रशिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना, २०७७ सार्वजनिक गरेको छ। कोरोनाको महामारीका कारण शिक्षा क्षेत्रमा देखिएको समस्यालाई मध्यनजर गर्दै मन्त्रालयले...

विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक

काठमाडौं, असोज ६रशिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना, २०७७ सार्वजनिक गरेको छ। कोरोनाको महामारीका कारण शिक्षा क्षेत्रमा देखिएको समस्यालाई मध्यनजर गर्दै मन्त्रालयले...

नेपालका हर्कबहादर, जसले देखाउँदैछन् विश्वलाई ‘आइपीएल’

कैलालीः शनिबार देखि १३औँ इन्डियन प्रिमियर लिग(आइपिएल) सुरु भइसकेको छ। कोरोना महामारीका कारण यसपटकको आइपिएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म संयुक्त अरब इमिरेट्स...

वेदकोट नगरपालिकाले जडान ग¥यो राजमार्गका चोक-चोकमा नाईट भिजन क्यामेरा

महेन्द्य्रनगर ६ असोज । कञ्चनपुरको वेदकोट नगरपालिकाले पुर्व पश्चिम राजमार्ग क्षेत्रमा सिसि क्यामेरा जडान गरेको छ । वेदकोट नगरपालिकाले चोरी, दुर्घटना र अपराध नियन्त्रणका लागि...

वेदकोटलाई हरियो वन कार्यक्रमका उपलब्धी हस्तान्तरण, प्रभावकारी रहेको निष्कर्ष

महेन्द्रनगर ५ असोज । कञ्चनपुरको सामाजिक संस्था निड्स नेपाल र सिसिएनद्धारा सञ्चालित हरियो वन कार्यक्रमका उपलब्धि तथा सिकाई वेदकोट नगरपालकालाई हस्तान्तरण गरिएको छ ।...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया