Tuesday, October 27, 2020

पुरानै मोडलमा असम्भव, नयाँ विकल्प खोजिदै कक्षा १२ को परीक्षा दशैँ अगावै

- Advertisement -

काठमाडौँ- कक्षा १२ को परीक्षामा जुटेका विद्यार्थीलाई छिट्टै नै उच्च शिक्षामा अध्ययन गर्ने बाटो खुला हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीको स्थगित परीक्षाको निकास दिने गरी प्रक्रिया अगाडि बढाउने भएपछि विद्यार्थीको उच्च शिक्षा अध्ययन गर्ने बाटो खुल्ने भएको हो । बोर्डका (कक्षा ११ र १२ हेर्ने) परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी स्थगित परीक्षा छिट्टै लिने अन्तिम तयारीमा आफूहरू जुटेको र दशैँअघि नै हुने जानकारी दिनुभयो । विद्यार्थीलाई २१ दिनअघि नै पूर्वसूचना दिएर दशैँअघि नै परीक्षा लिने तयारी परिषद्का अधिकारीहरू जुटेका छन् ।

पुरानै मोडलमा असम्भव

बोर्डलाई स्थगित परीक्षाको निकास कसरी निकाल्न सकिन्छ भन्ने हिसाबमा विभिन्न सुझाव दिइएको छ । पुरानै मोडलमा देशभर एकै पटक विद्यार्थी कक्षाकोठामा बसेर परीक्षा लिन सक्ने अवस्था नरहेकाले परीक्षाको विभिन्न विकल्पका बारेमा छलफल भइरहे पनि कुन मोडेलबाट परीक्षा लिने भन्ने कुराको भने निर्णय हुन सकेको छैन ।

नयाँ विकल्प

बोर्डले विद्यार्थीको शैक्षिक सत्र सदुपयोग गर्ने गरी कुनै विधि अपनाएर परीक्षा सञ्चालन गरिनु पर्ने विषयमा छलफल चलाइरहेको छ । कक्षा १२ को परीक्षाले एक तहको शैक्षिक तह पूरा नै गर्ने र यसले अन्तर्राष्ट्रिय तहको मान्यता पनि पाउने भएकोले परीक्षा लिएर बाहेक अन्य विधिबाट काम गर्न सकिने अवस्था नरहेको परीक्षा नियन्त्रक शर्माले बताउनुभयो । यस क्रममा ५० अङ्कको लिखित तथा ५० को अन्य विधिबाट विद्यार्थीको मूल्याङ्कन गर्न सकिने, विद्यार्थी सङ्ख्या कम भएको ठाउँमा सामाजिक दूरी कायम राख्दै परीक्षा सञ्चालन र अनलाइन विधिबाट भए पनि परीक्षा लिन सकिने लगायतका विकल्प खुला गर्ने सम्भावना रहेको जनाइएको छ ।

 

वैधतामा प्रश्न उठ्न नदिऔँ

शिक्षाविद् प्रा.डा. वासुदेव काफ्ले कक्षा १२ का विद्यार्थीलाई परीक्षा तथा खुल्ला परीक्षा पद्धति गरी दुवै विधिको प्रयोग गरेर निकास निकाल्नुपर्ने बताउनुहुन्छ । विद्यार्थीलाई नजिकको विद्यालय या आफ्नै विद्यालयमा बोलाएर सामाजिक दूरी कायम गरी परीक्षा गर्न सकिने विकल्प सोच्नुपर्ने बताउँदै उहाँले परीक्षाको वैधतामा प्रश्नचिह्न उठन थालेकोले यसमा विचार गर्नुपर्ने बताउनुभयो । सरोकारवालाले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण नभएको स्थानीय तहमा कक्षा १२ को परीक्षा गर्न सुझाव दिएका छन् । यस खालको सुझाव स्थानीय तहबाट पनि आएको जनाइएको छ । परीक्षा नियन्त्रक शर्माले यसलाई पनि छलफलको विषयमा
बनाइएको बताउनुभयो ।upaharkhabar

प्रतिक्रिया

- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

आज दसैंको मुख्य दिन, टीका लगाउने उत्तम साइत १०ः१९ बजे

१० कात्तिक, काठमाडौं । नेपालीहरुको महान चाड विजयादशमीको आज मुख्य दिन, मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक...

क्यान्सर रोगीले खानैपर्ने पेय

क्यान्सर भन्नेबित्तिकै एउटा ठूलो रोगको रूपमा हामी सबैले बुझेका हुन्छौं । तर प्रारम्भिक दिनमै ठम्याएर उपचार गर्नसके क्यान्सर पूरै निको हुन सक्छ । यो...

आज महानवमी: दुर्गा भवानीको पूजा आराधना

काठमाडौं ः आज महानवमी पर्व दुर्गा भवानीको पूजा आराधना गरी मनाइँदैछ।​ महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी...

आज बडा दशैंको सातौं दिन, फूलपाती भित्र्याइँदै

काठमाडौँ, ७ कात्तिक । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँ घरमा फूलपाती भित्र्याइँदै छ । प्रत्येक वर्ष दुर्गा पक्ष...

प्रधानमन्त्रीलाई देउवाको आग्रह: कोरोना परीक्षण र उपचार निःशुल्क बनाऊ

६ कात्तिक, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने सरकारको निर्णय लज्जास्पद भएको बताएका छन्...

कञ्चनपुरमा सशस्त्रका तीन बिओपी स्थापना

कञ्चनपुर ः सीमा क्षेत्रको सुरक्षार्थ सशस्त्र प्रहरीका आज कञ्चनपुरमा तीन वटा बोर्डर आउट पोष्ट (बिओपी) स्थापना कार्य सम्पन्न गरिएका छन्। पुर्नवास नगरपालिका ११ डोकेबजार,...

कक्षा १२ को परीक्षा मंसिर दोस्रो सातादेखि

काठमाडौं ः कक्षा–१२ को परीक्षा मंसिर दोस्रो साताबाट सुरु हुने भएको छ। लकडाउनमा रोकिएको परीक्षा मंसिर दोस्रो साताबाट सुरु गर्ने निर्णय भइसकेको राष्ट्रिय परीक्षा...

भारतबाट उद्धार गरी २४ बालबालिका नेपाल ल्याइयो

भैरहवा, कार्तिक ४ रोजगारीका लागि भन्दै भारत पु¥याइएका २४ जना बालबालिकालाई उद्धार गरी नेपाल फिर्ता ल्याइएको छ। दिल्लीमा रहेको नेपाली दूतावास, दिल्ली प्रहरी, दिल्ली महिला आयोगको...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया