Saturday, September 26, 2020

सुदूरपश्चिमका चार नगरपालिकामा मेट्रिक ठेगाना प्रणाली लागू गरिँदै

- Advertisement -

धनगढी । सुदूरपश्चिम प्रदेशका चारओटा नगरपालिकामा सडक सञ्जालमा आधारित मेट्रिक ठेगाना प्रणाली लागू गरिने भएको छ । प्रदेशका धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, भीमदत्त नगरपालिका र शुक्लाफाँटा नगरपालिकाका घर नम्बर वैज्ञानिक प्रणालीमा लैजान लागिएको क्षेत्रीय शहरी विकास आयोजना कार्यालय, धनगढीले बताएको छ ।

शहरी विकास मन्त्रालय अन्तर्गत सञ्चालित क्षेत्रीय शहरी विकास आयोेजनाले धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, शुक्लाफाँटा नगरपालिका र भीमदत्त नगरपालिकामा यो प्रणाली लागू गर्न काम शुरू गरेको हो ।

सडक सञ्जालमा आधारित मेट्रिक ठेगाना प्रणाली अनुुसार सम्बन्धित नगरपालिकाभित्रका मुुख्य सडकलाई कोडिङ गरिनेछ । कोडिङपछि ती सडकको एउटा÷एउटा प्रवेश बिन्दुु र अन्तिम बिन्दुु लिइनेछ । प्रवेश बिन्दुुबाट प्रत्येक घरको मूल ढोकासम्मको दूरी मिटरमा नापिनेछ र त्यही नाप नै त्यो घरको घर नम्बर रहनेछ ।

बाटोहरूको नाम र घरघरमा नम्बर प्रदान गरेपछि कुनै पनि बाटो र घर यकिन गर्न सजिलो हुने क्षेत्रीय आयोजना कार्यान्वयन इकाइ धनगढीका आयोजना व्यवस्थापक परिक्षित कडरियाले बताए । यसका लागि संस्थागत विकास परामर्शदाताबाट कार्य भइरहेको उनले बताए । उनका अनुसार अहिले चारओटै नगरमा सर्वेक्षण टोली घरघरमा पुगिरहेका छन् ।

मेट्रिक ठेगाना प्रणालीमा प्रदान गरिने घर नम्बर मूल सडकको केन्द्रबाट घरको मूल गेटको दूरीमा आधारित भएको विज्ञ उमेश कुँवरले बताए । उनका अनुसार यसबाट बाटो पत्ता लाग्ने बित्तिकै घर कति टाढा छ भन्ने सजिलै थाहा पाउन सकिन्छ । घर नम्बर दिँदा बाटोको बायाँपट्टि बिजोर र दायाँपट्टि जोर नम्बर दिइने पनि उनले बताए ।

उक्त ठेगाना प्रणाली लागू भएपछि हरेक घरमा घर नम्बर देखिनेगरी राख्नुपर्नेछ । पछि थपिने घरहरूका लागि सम्बन्धित नगरपालिकाबाटै विशेष नम्बर प्रदान गरिने आयोजनाले बताएको छ । पूर्णरूपमा घर नम्बर प्रदान गरिसकेपछि पत्राचार लगायतको ठेगाना नयाँ ढाँचामै लेख्नुपर्ने र त्यसरी लेखिएको ठेगाना सहजै पहिचान हुने आयोजनाको भनाइ छ ।

अहिले स्थान र बाटोको नामकरण सम्बन्धी कार्यहरू भइरहेकाले स्थानीय चलनचल्ती, ऐतिहासिकता लगायत आधारमा नाम उपलब्ध गराउने कार्यमा सहयोग गर्न स्थानीयलाई आयोजनाले आग्रह गरेको छ । एकभन्दा बढी वडामा पर्ने सडकको नामकरण भने सम्बन्धित नगरपालिकाबाटै हुनेछ ।

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

खानपानमा विशेष ध्यान दिए क्यान्सरबाट बच्न सकिन्छ: स्वास्थ्यमन्त्री ढकाल

काठमाण्डौ - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले खानपान र आहार(विहारमा ध्यान दिए क्यान्सर रोगबाट बच्न सकिने बताउनुभएको छ । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको...

भारतसँग जोडिएको दार्चुलाको सीमा क्षेत्रमा अध्यागमन कार्यालयको स्थापना हुन्छ: गृहमन्त्री थापा

काठमाण्डौ-गृहमन्त्री रामबहादुर थापाले दार्चुलाको सीमा क्षेत्रलाई सरकारले विशेष प्राथमिकतामा राखेको बताउनुभएको छ । दार्चुलाको खलङ्गामा भएको कार्यक्रममा गृहमन्त्री थापाले दार्चुलाको उत्तरी सीमा क्षेत्र रणनीतिक महत्वको...

मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम कसरतमा ओली र प्रचण्ड, यस्तो छ तयारी

काठमाण्डौ- प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिमण्डल पुनर्गठनको अन्तिम तयारीमा जुट्नुभएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहनुभएका उहाँले मन्त्रिमण्डल पुनर्गठनबारे अर्का अध्यक्ष...

सरकारले मात्रै सीमाको रक्षा गर्न सक्दैन: गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले सीमाको सुरक्षा सुरक्षाकर्मीबाट भन्दा स्थानीय वासिन्दाबाट प्रभावकारी रुपमा गर्न सकिने बताएका छन्। ’सीमाको रक्षा सरकारले मात्र गर्न सक्दैन, सीमाको सुरक्षा सीमा क्षेत्रका...

बैतडीको पाटन नगरपालिका: कोरोना नियन्त्रणको नाममा ५३ लाख भ्रष्टाचार भएको ठहर

कोरोना नियन्त्रण र अन्य शीर्षकमा बैतडीको पाटन नगरपालिकामा गत आर्थिक वर्षमा ५३ लाख १५ हजार ७२१ रुपैयाँ अनियमितता भएको पाइएको छ । नगरपालिकाको छानबिन समितिले...

जोखिम कायमै छ, तत्काल विद्यालय नखोलौंः शिक्षामन्त्री

असोज १०, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन...

दार्चुलामा राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण संकलन शुरु

असोज ९, दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्यक्रमअन्तर्गत विवरण संकलनका काम शुरु गरेको छ । जिल्ला समन्वय समिति प्रमुख करवीर...

सुदूरपश्चिमका कोरोना पुष्टी भएका तीन जनाको एकैदिन मृत्यु

पछिल्लो २४ घण्टामा सुदूरपश्चिमका तीन कोरोना संक्रमितको मृत्यु भएका छ। बैतडीका ३० वर्षीय पुरुष, कैलालीका ३० वर्षीय पुरुष र बझाङका एक पुरुषको मुत्यु भएको...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया