सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीमा सडक हिल्लामे हुँदा यात्रुलाई सास्ती

मोहन चन्द
बैतडी । वर्षाले बैतडीका ग्रामीण सडक हिलाम्मे भएका छन् । हिल्लामे सडकमा यातायातका साधन चल्न नपाउँदा यात्रुहरूले सास्ती खेप्न परेको छ ।

केन्द्र, प्रदेश र स्थानीय सरकारले अहिले बैतडीका गाउँ गाउँमा जाने सडक निर्माण गरिरहेका छन् । निर्माण गरिएका र निर्माण गरिन लागेका कच्ची सडकमा पानीले हिल्लामे बनाएको छ । सडक हिल्लामे हुँदा गाडी आधा बाटोमै रोकिनाले यात्रुहरू बीचैमा अलपत्र पर्ने गरेका छन् ।

यी कच्ची सडकमा गुडने सवारीसाधनलाई धेरैजसो सवारीधनीले वर्षा अवधिभर घरमा थन्क्याएर राख्ने गरेका छन् । जिल्लाको पाटन–पञ्चेश्वर, ढोल्यामोड–पुर्चौडी, मेलौली–शर्माली, सुल्लेखान–पञ्चेश्वर, श्रीभावर–हाट र च्वाँगढ क्षेत्र जोड्ने दुदीलाखान–गाँजरी सडक हिल्लामे भएका छन् । यस्तै सतबाँझ–श्रीभावर, अनारखोली–कैलपाल, देहीमाडौं–गिरेगडा, देहीमाडौं–सलेना सडक पनि हिल्लामे भएर आवतजावत अवरुद्ध बनेका छन् ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

हिल्लामे भएर यातायातका साधन चल्न नपाएको सवारीधनी पदमसिं मंगोलाले बताए । मंगोलाले भने, ‘सडक हिलैहिलो भएको छ । जबरजस्ती जीप चलाए जीप सिलिप खाएर चिप्लिने डरले चलाएका छैनौं ।’ यसरी सडक हिल्लामे भएर अवरुद्ध हँुदा दैनिक उपभोग्य समान ढुवानी गर्न नसकिएको उनले बताए ।

ग्रामीण क्षेत्रतिरका कच्ची सडकमा वर्षामा गाडी नगुड्नाले अहिले पनि स्थानीयले एक ठाउँबाट अर्को ठाउँ जान हिँडेरै जानु परेको छ । केन्द्र र प्रदेश मातहतका कार्यालय सदरमुकाममा छन् ।

सेवाग्राहीले यी कार्यालयबाट सेवा लिन परे २ दिन हिँडेर जान पर्ने बाध्यता सृजना भएको शिवनाथ गाउँपालिकाका स्थनीय नरेन्द्र साउँदले बताए ।

बैतडीमा स्थानीय सरकार गठन भएयता ९०८ किलोमिटर सडक निर्माण गरिएको छ । स्थानीय तहहरूले पनि विकासको नाममा सडकलाई प्राथमिकता दिँदै आएका छन् । सडक निर्माण गर्ने तर स्तरोन्नति र मर्मत सम्भावर नगरिँदा वर्षाका बेला सडक कामै नलाग्ने बनेको छ ।

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.