Wednesday, September 30, 2020

मासु नखाए के हुन्छ ?

- Advertisement -

मासु नखाए के हुन्छ ? यसको केही सकारात्मक जवाफ आउन सक्छ, ‘एउटा भान्साको व्यायभार घट्छ ।’ किनभने तुलनात्मक रुपमा मासु अरू तरकारीभन्दा महँगो हुन्छ । त्यसैगरी, मासु पकाउनका लागि आवश्यक समय र मेहनत बढी हुन्छ, मरमसला बढी हुन्छ ।

अर्कोतर्फ, मासु सेवन अहिले कतिपय दीर्घ रोगको कारण बन्ने गरेको छ। मासुले पाचनतन्त्रलाई बोझिलो बनाउनेदेखि शरीरमा बिकार पैदा गर्ने भय रहन्छ । त्यसैले, स्वस्थ जीवनका लागि मासु उपयुक्त मानिँदैन ।

तेस्रोमा यसले कम्तीमा पशुपन्छीमाथि हुने हाम्रो हिंस्रक व्यवहार केही हदसम्म भएपनि रोक्छ । काट्ने, मार्ने कुरालाई निरुत्साहित गर्छ ।

चौथोमा पर्यावरणमा सहयोग पुग्छ। साथसाथै यसको नकारात्मक जवाफ पनि छ । एक, मासु सेवन नगर्दा हाम्रो मेनुबाट एउटा मुख्य खान्की कटौती हुन्छ । दुई, चाडपर्व, उत्सव वा रमाइलोमा मासुजन्य परिकारको स्वाद मिल्दैन । तीन, शरीरमा आवश्यक कतिपय पोषक तत्वको अभाव हुन सक्छ ।

सन्तुलित आहारमा मासु पनि सामेल गरिन्छ । तर, अर्को तथ्य के पनि भने, मासुजन्य परिकारबाट जुन पौष्टिक तत्व प्राप्त हुन्छ, त्यो अन्य खाद्य पदार्थबाट पाउन सकिन्छ । त्यसैले मासु निर्विकल्प खाद्य स्रोत भने होइन ।

मासुको बदला सागपात सेवन गर्न सकिन्छ । फलफूल, गेडागुडी सेवन गर्न सकिन्छ । यस्ता खानेकुराले स्वास्थ्य राम्रो हुने मात्र होइन, अनावश्यक खर्च पनि कटौती हुन्छ । यसले पशुपन्छीप्रति हामीलाई निर्दयी बन्नबाट रोक्छ। पर्यावरणलाई सन्तुलित राख्न सहयोग गर्छ ।

मासुको लागि ठूलाठूला फार्ममा जनावरलाई अत्यन्तै क्रुर ढंगले पालिन्छ । मासु खान योग्य भएपछि उत्तिकै क्रुरतापूर्वक वध गरिन्छ । यी जनावरहरूले कहिल्यै पनि आफ्नो परिवार हुर्काउन, प्राकृतिक बासस्थानमा बस्न, गुँड बनाउन र अन्य प्राकृतिक कुराहरू गर्न पाउँदैनन्।

संयुक्त राष्ट्रसंघको प्रकाशित गरेको एक रिपोर्टका अनुसार मासु खानु विश्वको प्रमुख वातावरण समस्यामध्ये एक हो । रिपोर्टले मासु खानाले विश्वभर रहेका कार, बस, ट्रक, जहाजले उत्पादन गर्नेभन्दा ४० प्रतिशतभन्दा धेरै ग्रिनहाउस ग्यास उत्पादन गर्ने बताएको छ ।

स्वस्थ जीवनको लागि मासु त्याग्नु राम्रो विकल्प मानिन्छ । अहिले विभिन्न किसिमका रोगले गाँज्दै लगेपछि मानिसहरूले मासु खान छाडिरहेका छन् । मांसाहारी मानिसकोभन्दा शाकाहारी मानिसको औसत आयु १० वर्षभन्दा धेरै हुने पाइएको छ । स्वस्थ शाकाहारी खानाले जीवनभरको लागि स्वस्थरहन मद्दत गर्छ र मुख्य रोगहरू जस्तैः मुटुको रोग, क्यान्सर र हृदयघातबाट बचाउँछ ।

मासु खाने मानिसहरूलाई मुटुको रोग लाग्ने सम्भावना शाकाहारीलाई भन्दा ५० प्रतिशतले बढी हुन्छ । चिकित्सकहरूका अनुसार स्वस्थ शाकाहारी खानाले मुटु रोगलाग्ने जोखिम समेत घटाउँछ ।

 

प्रतिक्रिया

- Advertisement -
- Advertisement -
- Advertisement -

सम्बन्धित समाचार

दिउँसो सुत्ने बानी स्वास्थको लागि राम्रो की नराम्रो? यस्तो सम्म हुन्छ...

को’रोना भ’य र लकाउनको कारण अधिकांश घरभित्रै खुम्चिए । घरभित्र बस्दा के गर्ने ? कामधन्दाको मेलोमेसो नपाएकाहरुलाई समय कटाउन गाह्रो भयो । भान्साको काम...

काँचो प्याज खाँदा निको हुन्छन यी रोग !

काठमाडौं (एजेन्सी) । बिश्वभर महामारीको रुप लिएको कोरोना भाइसरपछि मानिसहरु इम्युनिटी बढाउने खाने कुराको खोजीमा छन । कोरोनासँगै नेपाली भान्सामा पाइने औषधीजन्य खानेकुराको चर्चा पनि...

हामीले जान्नु पर्ने कुरा,मधुमेह रोगीका लागि ‘वि”ष’ हुन यी खानेकुरा, भुलेरपनि...

गर्मी महिना नजिकिंदै जाँदा बिभिन्न शारिरिक समस्याहरुसँग जुध्नु पर्ने हुन्छ । धेरै समस्याहरु कानाका कारणले गर्दा आउने गर्दछन्। गर्मीमा के खाने र के नखाने...

हामीले जान्नु पर्ने कुरा,मधुमेह रोगीका लागि ‘वि”ष’ हुन यी खानेकुरा, भुलेरपनि...

गर्मी महिना नजिकिंदै जाँदा बिभिन्न शारिरिक समस्याहरुसँग जुध्नु पर्ने हुन्छ । धेरै समस्याहरु कानाका कारणले गर्दा आउने गर्दछन्। गर्मीमा के खाने र के नखाने...

हामीले जान्नु पर्ने कुरा,मधुमेह रोगीका लागि ‘वि”ष’ हुन यी खानेकुरा, भुलेरपनि...

संसारभरी मधुमेह रोग निकै भयावह रूपमा बढीरहेको छ। मधुमेहलाई निकै खतरनाक रोग मानिन्छ । आधुनिक जीवनशैली र सुख सुविधाले मधुमेहजस्ता रोग बढीरहेको छ ।...

तपाईको मधुमेह पूर्ण रुपमा नियन्त्रणमा हुन्छ यो फल सेवन गर्दा !

विरामीका लागि जामुन अत्यन्त फाइदाजनक हुन्छ । यसले मधुमेहलाई पूर्ण रुपमा नियन्त्रणमा लिने आयुर्वेदको दाबी छ । जामुनुको बाहिरी बोक्रा निकाल्नुहोस् र भित्रको वियालाई...

यस्ता संकेतबाट थाहा पाइन्छ तपाईको गर्भमा छोरा छ कि छोरी भनेर

छोरा या छोरी दुवै समान हुन् । हाम्रो समाजमा छोरा र छोरीमा गरिने भेदभाव तथा गर्भपतनका कारण गर्भवती महिलाको पेटमा रहेको बच्चाको लिङ्ग परिक्षण...

खानपानमा विशेष ध्यान दिए क्यान्सरबाट बच्न सकिन्छ: स्वास्थ्यमन्त्री ढकाल

काठमाण्डौ - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले खानपान र आहार(विहारमा ध्यान दिए क्यान्सर रोगबाट बच्न सकिने बताउनुभएको छ । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको...
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
प्रतिक्रिया