सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

करेलाको गुणै–गुण, तर कसरी पकाउने ?

अहिलेको मौसमी तरकारी करले । तीतो–टर्रो करेला अधिकांशलाई मीठो लाग्छ । मीठो मात्र हो र ? करेला आफैमा पोषक तत्वले भरिपूर्ण तरकारी पनि हो । यसमा प्रोटिन, क्याल्सियम, कार्बोहाइड्रेट, फस्फोरस, भिटामिन आदि तत्व पाइन्छ । मधुमेह, उच्च रक्तचाप जस्तो दीर्घ रोगमा पनि उत्तिकै लाभदायक हुन्छ करेला ।

त्यसो त करेलालाई थरीथरीको स्वादमा बनाएर खान सकिन्छ । भुटेर, झोल हालेर, अचार बनाएर । स्वाद अनुसार जसरी सेवन गरेपनि हुन्छ । यद्यपि करेला मीठो बनाउने चक्करमा धेरैले यसको पोषक तत्व नष्ट गर्छन् ।

अधिकांशले करेलालाई तेलमा तारेर खान्छन् । डिप फ्राइ गरेर करेला खाने गरिन्छ । तर, यसरी तयार गर्दा करेलामा रहेको पोषक तत्व नष्ट हुन्छ । करेलालाई उसिनेर सेवन गर्नु एकदमै लाभदायक हुन्छ । तपाईंलाई लाग्न सक्छ, उसिनेर पनि यसको स्वाद हुन्छ ?

World Link Ads
Mahakali Polytechnic

उसिनेको करेलालाई साँधेर खान सकिन्छ । यसको अचार निकै स्वादिलो हुन्छ । त्यसो त करेलाको जुस पनि उत्तिकै उपयोगी हुन्छ ।

Dirghayu Ads

यसरी स्वस्थ्यकर ढंगले सेवन गर्दा करेलाबाट कस्तो स्वास्थ्य लाभ मिल्छ त ?

१. कलेजोको रोगीलाई करेला सेवन लाभदायक हुन्छ ।

२. करेलाले रगत सफा गर्छ । साथै हेमोग्लोबिन बढाउँछ ।

Sana Kishan

३ं करेलले पाचनशक्ति दुरुस्त राख्छ, भोक जगाउँछ ।

४. दमको बिरामीले करेलाको सेवन गर्नु राम्रो हो ।

५. करेलाको रस कागतिमा मिसाएर पानीसँग पिउदा तौल नियन्त्रण हुन्छ ।

६. करेला चिसो हुन्छ । त्यसैले गर्मीबाट पैदा हुने रोगीका लागि यस

ले राम्रो काम गर्छ ।

७. कफको रोगीले करेला सेवन गर्नुपर्छ ।

८. मधुमेहका लागि पनि करेला रामबाण हुनसक्छ । यसले सुगर लेभल नियन्त्रण गर्छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.